नुवाकोटकी महिलाले पाँच बच्चा जन्माएको भाइरल सूचनाले यसरी फैलायो भ्रम #FactCheck

नुवाकोटकी महिलाले पाँच बच्चा जन्माएको भाइरल सूचनाले यसरी फैलायो भ्रम #FactCheck

  • श्रावण २०, २०८२ मंगलबार १२:१९

नुवाकोटकी एक महिलाले पाँच जना बच्चा जन्माएको दावी गरिएको पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक रहेको ठहर गरेको छ। पाँच जना बच्चा जन्मिएको त हो, तर अहिले होइन। ५ वर्षअघिको घटनालाई सन्दर्भ र मिति उल्लेख नगरी एआई तस्बिरसमेत प्रयोग गरी भ्रामक बनाई हालैको घटना जसरी भाइरल गराइएको हामीले पायौँ।

के छ दावी ?

पाँच लाख २३ हजार फलोअर्स रहेको मिडिया क्लब नेपाल नामक फेसबुक पेजले अगस्त ३ मा ‘नुवाकोटमा एक महिलाले एकै पटक ५ ओटा बच्चालाई जन्म दिएकी छिन्’ क्याप्सन राखेर एआईबाट तयार पारिएको फोटो पोस्ट गरेको छ।

त्यस्तै, उक्त पोस्टको कमेन्टमा सोही पेजले, ‘यो सत्य हो! तस्बिर चैं एआई हो। मिडिया क्लबबाट दिइने समाचार सत्य तथ्य बुझेर मात्र प्रसारण गरिन्छ’ दावी गरेको छ।

हेर्नुस्, स्क्रिनसट। अर्काइभ लिङ्क

nuwakot.jpg

यो तथ्यजाँच तयार गर्दासम्म उक्त पोस्टमा १५ हजार रियाक्सन, ८९१ कमेन्ट र २८९ पटक सेयर गरिएको छ।

यही फोटोसहित यस्तै दावी २ लाख ५७ हजार फलोअर्स भएको नारी नामको फेसबुक पेजमा पनि देखिन्छ। हेर्नुस् अर्काइभ लिङ्क।

त्यस्तै, तीन लाख ९२ हजार फलोअर्स रहेको राम कुमार लिम्बु‍ ‍- राम नामको फेसबुक पोस्टमा पनि फरक एआई तस्बिर राखी यस्तै दावीसहितको पोस्ट गरिएको छ।

यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा २६ हजार रियाक्शन, २५  सय कमेन्ट र ६९० पटक सेयर गरिएको छ।

हेर्नुस्, स्क्रिनसट। हेर्नुस्, अर्काइभ लिंक

ramkumarlimbu.jpg

तथ्य के हो ?

यसबारे तथ्य बुझ्नका लागि हामीले सुरुमा जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी कृष्ण रिजाललाई सम्पर्क गर्‍यौँ।

उनले जिल्लाको कुनैपनि स्वास्थ्य संस्थाले यस्तो सूचना नदिएको बताए। उनका अनुसार, जिल्लाभरका विभिन्न स्वास्थ्य संस्थाले यस्ता जटिल किसिमका घटना हुँदा जानकारी गराउँछन्। “यदि त्यो घटना सत्य हो भने यतिबेलासम्म हामीलाई जानकारी प्राप्त हुन्थ्यो, हल्ला मात्रै होला,” उनले भने।

त्यसपछि हामीले जिल्ला अस्पताल त्रिशुलीका निर्देशक डा. राजेन्द्र लामालाई सम्पर्क गर्‍यौँ। उनले यस्तो जटिल किसिमको केस त्यहाँ नआएको बताए । त्यस्तै, यस्ता जटिल किसिमका केस जिल्लाका स्वास्थ्य संस्थाले हेर्न नसक्ने भएकाले काठमाडौँतिरका अस्पतालमा लगेकाले उतै जन्माएको हुनसक्ने उनले अड्कल काटे।

“मान्छे नुवाकोटकै भएतापनि काठमाडौँको अस्पतालमा बच्चा जन्माएको पो हो कि, एक पटक त्यतै बुझ्नुस् न” उनले भने।

त्यसपछि हामीले थापाथलीस्थित प्रसुति गृहका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई सम्पर्क गर्‍यौँ । उनले त्यस्तो घटना हालसालै नभएर सन् २०२० तिरको भएको बताए। “अहिले यस्तो केस आएको छैन, त्यो पुरानो हो,” उनले भने।

हामीले ‘नुवाकोट, महिला, पाँच बच्चा’ कीवर्ड राखेर गुगलमा सर्च गर्‍यौँ। त्यो क्रममा २०७७ असोज १९ गते प्रकाशित विभिन्न समाचार भेटिए। ती समाचारमा नुवाकोटकी सोमिका तामाङले थापाथलीस्थित प्रसुति गृहमा शल्यक्रियामार्फत् पाँच जना शिशुलाई जन्म दिएको उल्लेख छ। पाँचमध्ये जन्मँदा एक बच्चा मृत जन्मिएको समेत समाचारमा उल्लेख छ।

हेर्नुस् स्क्रिनसट-

deshsanchar-2025-08-05-140101.jpg

देशसञ्चारमा प्रकाशित समाचारको स्क्रिनसट। अर्काइभ लिङ्क

अरु विभिन्न मिडियामा प्रकाशित समाचारहरु-

तथ्यजाँच

दावी : नुवाकोटको एक महिलाले हालै पाँच जना बच्चा जन्माइन्।

दावीकर्ता : फेसबुक पेजहरु मिडिया क्लब नेपाल, रामकुमार लिम्बु।

तथ्यजाँच : भ्रामक सूचना । हालसालै नुवाकोटको कुनै महिलाले पाँच जना बच्चा जन्माएकी छैनन् । २०७७ असोजमा नुवाकोटकी एक महिलाले थापाथलीस्थित प्रसुती गृहमा शल्यक्रिया मार्फत पाँच जना बच्चा जन्माएकी थिइन् । त्यही घटनालाई अहिले सन्दर्भ तथा मिती उल्लेख नगरि भाइरल गराइएको हो।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको