गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

  • माघ १५, २०८२ बिहीबार ०४:२०

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन

नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार गगनकुमार थापा जनताबाट लखेटिएको दावी गरिएका फोटो सामाजिक सञ्जालमा देखिएको छ।  तर, हाम्रो तथ्य जाँचले त्यो फोटो एआई निर्मित मिथ्या भएको पुष्टि गरेको छ।

के हो दाबी ?

मिस पबि ४१ (Miss Pabi 41) नामको फेसबुक पेजमा मंगलबार बिहान नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार गगनकुमार थापालाई प्रहरीले समातेको र वरपर मानिसहरूको भीड लागेको फोटो सार्वजनिक भयो। शीर्षकमा लेखिएको छ, ‘भोट माग्न जाँदा सर्लाही ४ का जनताबाट गगन थापा लखेटिए, सही कि गलत कमेन्ट गर्नुहोला।’

उक्त फेसबुक पोस्टमा हामीले तथ्य जाँच गर्दासम्म तीन हजार ३ सय बढी लाइक, एक हजार ६ सय कमेन्ट र एक सय ५१ पटक शेयर गरिएको छ।

हेर्नुहोस् स्क्रिनसट-
gagan.jpg

उक्त फेसबुकमा पोस्ट गरिएको फोटोको लिङ्क :

के हो तथ्य ?

हामीले उक्त दाबीको तथ्य जाँचको क्रममा गगन थापा जनताबाट लखेटिएको कुनै पनि समाचार फेला पार्न सकेनौँ।

त्यसपछि हामीले गुगलबाट Synth ID पनि परीक्षण गर्‍यौँ। गुगलको Synth ID Check भनेको गुगलले विकास गरेको SynthID प्रविधि हो, जसले एआईले बनाएको फोटो, अडियो, भिडियो वा टेक्स्टमा अदृश्य डिजिटल वाटरमार्क राख्छ र त्यसको माध्यमबाट सामग्री एआई जेनेरेटेड हो कि होइन भनेर पहिचान गर्न मद्दत गर्छ।

Screenshot-2026-01-28-193216.jpg

गुगलले यो फोटोमा अदृश्य वाटरमार्क रहेको देखायो। यसको अर्थ हो- फोटो एआईबाट बनेको पुष्टि हुनु।

त्यसपछि हामीले उक्त तस्वीरलाई इमेजह्विस्पररमा जाँच गर्‍यौँ। इमेज ह्विस्पररले उक्त तस्वीर एआई निर्मित भएको पुष्टि गर्‍यो।

हेर्नुहोस्, इमेज ह्विस्पररमा गरिएको तस्वीर जाँचको नतिजा :

हामीले उक्त तस्वीरलाई हाइभ मोडरेसन पनि जाँच गर्यौ । हाइभ मोडरेसनले पनि तस्वीर एआई निर्मित भएको नतिजा निकाल्यो ।

हेर्नुहोस्, हाइभ मोडरेसन गरिएको तस्वीर जाँचको नतिजा :
gagannn-1-e1769607453329.jpg

तथ्य जाँच :
दावी : गगन कुमार थापा सर्लाही क्षेत्र नं. ४ का जनताबाट लखेटिएको भन्दै गरिएको दाबी ।

दावी कर्ता : मिस पवि ४१ नामक फेसबुक पेज ।

तथ्य : मिथ्या सूचना। गगनकुमार थापा सर्लाही क्षेत्र नं. ४ का जनताबाट लखेटिएको भन्दै दाबीका साथ भाइरल भएको फोटो एआई निर्मित हो।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको

नकाबधारीसँग बालेनले गोप्य बैठक गरेको भन्दै फैलाइएको भिडियोको तथ्य यस्तो छ

प्रविण भट्ट/NepalFactCheck काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले रातारात नकाबधारी मानिसहरुसँग गोप्य बैठक बसिरहेको दावी गर्दै एउटा भिडियो फेसबुकमा भाइरल भइरहेको