'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

  • चैत्र २०, २०८२ शुक्रबार ०३:४५

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण


शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन् ? के अमेरिकी सेना नेपाली सीमामा आइसकेको हो ? 

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनअघिका चार र मतदानको एक साता यस्तै दाबीहरू सोसल मिडियामा भाइरल भए । तर ती कुनै पनि सत्य थिएनन् । 

सेन्टर फर मिडिया रिसर्च नेपालको प्रारम्भिक विश्लेषणअनुसार २०८२ माघ १८ देखि फागुन २३ गते सम्मका पाँच सातामा मिथ्या सूचनाको मात्रा उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ । 

नेपालका तीन तथ्य जाँच संस्थाले यसअवधिमा जम्मा १२५ तथ्य जाँच प्रकाशित गरेका थिए । यी मध्ये ११३ वटा निर्वाचनसम्बन्धी तथ्यजाँचलाई सेन्टर फर मिडिया रिसर्चले विश्लेषणको आधार बनाएको छ ।

यसअवधिमा नेपाल प्याक्टचेकले ६९, टेकपाना फ्याक्टचेकले ५४ र नेपालचेकले दुई वटा तथ्य जाँच सामग्री प्रकाशित गरेका थिए । 

चुनावअघिका चार साता तथा मतदानको एक साता गरी पाँच साताको समयमा फैलिएका मिथ्या सूचनाका तथ्य जाँचहरूलाई  विश्लेषणमा समेटिएको छ । 

बिहीबार अन्तर्राष्ट्रिय तथ्य जाँच दिवसका अवसरमा काठमाडौँमा भएको कार्यक्रममा नेपाल फ्याक्टचेकका सम्पादक उमेश श्रेष्ठले ‘निर्वाचन २०८२ का मिथ्या सूचनाका प्रवृत्ति र तथ्यजाँच’ शीर्षकमा प्रारम्भिक निष्कर्ष प्रस्तुत गरेका थिए । उनले अघिल्ला चुनावको तुलनामा मिथ्या सूचनाको मात्रा उल्लेखनीय रूपमा बढी भएको बताए । 

umesh shrestha.jpg

नेपालफ्याक्टचेकका सम्पादक उमेश श्रेष्ठ । तस्बिरः सिएमआर नेपाल


“तर मिथ्या सूचनाले अन्तिम चुनावी नतिजालाई प्रत्यक्ष रूपमा परिवर्तन गर्‍यो भन्ने निर्णायक प्रमाण भने हामीसँग छैन”, श्रेष्ठले भने, “हाम्रो अध्ययनले देखाएको सबैभन्दा चिन्ताजनक पक्ष भनेको धर्म, जाति र क्षेत्रीय पहिचानमा आधारित मिथ्या सूचनाको वृद्धि हो ।” 

धेरैजसो मिथ्या सूचनाहरू पूर्णरुपमा नक्कली नभई गलत सन्दर्भमा आधारित भएको अध्ययनले देखाएको छ । अर्थात् निर्वाचनमा 'डिपफेक' भन्दा 'चिपफेक' बढी प्रयोग भयो ।

चिपफेक भन्नाले पुराना भिडियो तोडमरोड गरिएका वा प्रसंग बिगारेर सम्पादन गरिएका क्लिप तथा तस्बिरहरूमा भ्रामक क्याप्सनको प्रयोग गरी बनाइएका सामग्री हुन् । यस्ता सामग्रीलाई shallow fake पनि भनिन्छ । 

मिथ्या सूचनाहरूको प्रवृत्ति हेर्दा नीतिगत विषयभन्दा पनि प्रमुख नेता केन्द्रित भएको प्रारम्भिक अध्ययनको निष्कर्ष छ । 

मिथ्या सूचनाको प्रवृत्ति

CMR Nepal.jpg

कार्यक्रमका सहभागीहरू । तस्बिरः सिएमआर नेपाल


पहिलो साता (माघ १८–२४): यो साताका तथ्य जाँचहरू हेर्दा धार्मिक जातीय विद्वेष र चरित्रहत्याको प्रवृत्ति हावी रहेको श्रेष्ठले बताए । राजेन्द्र लिङ्देनलाई दलितविरोधी देखाउने विकिपिडिया सम्पादनदेखि स्वर्णिम वाग्ले र हर्क साम्पाङलाई 'पास्टर' भनी चित्रण गर्ने प्रयास भए। एमाले कार्यकर्तामाथि खुकुरी प्रहार भएको भनी एआई निर्मित फोटो प्रयोग गरेर हिंसा भड्काउने प्रयास पनि भयो ।

दोस्रो हप्ता (माघ २४–फागुन ३): यो साता बास्तविक समाचार माध्यमको जस्तो शैलीमा भ्रम छरियो । फेसबुक रिल्समा सञ्चार माध्यमकै जस्तो गरी एआई एङ्कर प्रयोग गरी केपी ओलीलाई जेल हाल्ने जस्ता भ्रामक 'खुलासा' फैलाइए । बालेनकी पत्नी चर्च गएको भिडियोलाई 'क्रिस्चियन प्रमाण' भनी धार्मिक भावना उत्तेजित पार्ने काम पनि भयो ।

तेस्रो हप्ता (फागुन ४–९): विदेशी हस्तक्षेपको भ्रम छरी राष्ट्रवादी मनोविज्ञान भड्काउन खोजियो । अमेरिकी र चिनियाँ सेना नेपाल आएको, सीमामा सेना जम्मा भएको जस्ता एआई सामग्री भाइरल बनाइए । केपी ओली र स्वर्णिम वाग्लेका पुराना भाषणलाई सन्दर्भ हटाएर प्रस्तुत गरियो । 

चौथो हप्ता (फागुन १०–१६): प्रविधिको प्रयोग गरेर भ्रामक सामग्री फैलाउने तथा चरित्रहत्या गर्ने काम भए । केपी ओलीलाई घनले हानेको, सूर्य थापालाई जुत्ताको माला लगाएको लगायतका एआई निर्मित तस्बिरहरू व्यापक बनाइए । मुस्लिम समुदाय लक्षित अतिरञ्जित सामग्री र उम्मेदवारहरूलाई आतंकवादी संगठनसँग जोड्ने द्वेषपूर्ण दाबीहरू देखिए ।

पाँचौं हप्ता (फागुन १७–२३): मतदानको समय नजिकिँदै गर्दा एआई प्रविधिको प्रयोग गरेर नियोजित खालका नक्कली र भ्रामक सामग्री फैलाइयो। शाहरुख खान, अमिताभ बच्चन, रणवीर सिंह र नरेन्द्र मोदीका एआई निर्मित भिडियो प्रयोग गरी उम्मेदवारको समर्थन गरेको भान पार्ने काम भयो । आशिका तामाङ, गगन थापा, सोबिता गौतम जस्ता उम्मेदवारको उम्मेदवारी खारेज भएको तथा पक्राउ परेको भन्ने अपुष्ट सामग्री फैलाइए ।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको

नकाबधारीसँग बालेनले गोप्य बैठक गरेको भन्दै फैलाइएको भिडियोको तथ्य यस्तो छ

प्रविण भट्ट/NepalFactCheck काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले रातारात नकाबधारी मानिसहरुसँग गोप्य बैठक बसिरहेको दावी गर्दै एउटा भिडियो फेसबुकमा भाइरल भइरहेको