कसरी सुधार्ने एआई नीतिको मस्यौदा ?

कसरी सुधार्ने एआई नीतिको मस्यौदा ?

  • फाल्गुण २, २०८१ शुक्रबार २३:३३

नेपाल सरकारले सार्वजनिक गरेको कृत्रिम बुद्धिमत्ता (एआई) नीतिको मस्यौदामा कमजोरीहरू रहेको विज्ञहरूले औंल्याएका छन् ।

डिजिटल राइट्स नेपाल र एआई एसोसिएसन नेपालले संयुक्त रूपमा सार्वजनिक गरेको विश्लेषण प्रतिवेदनमा एआई नीतिको प्रक्रियागत र विषयगत दुवै पक्षमा सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख छ ।

प्रस्तावित नीतिमा समावेश गरिएका ‘एआई अनुसन्धान र नवप्रवर्तन प्रवर्द्धन गर्ने नीति, नैतिक तथा उत्तरदायी एआई विकासलाई प्राथमिकता दिने दृष्टिकोण, र डाटा गोपनीयता तथा संघ, प्रदेश र स्थानीय तह एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय एवम् सहकार्य गर्ने’ नीतिगत व्यवस्थाहरू स्वागतयोग्य रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एआई नीतिको मस्यौदा तयार, एआई नियमन परिषद् गठन गर्ने सरकारको तयारी एआई नीतिको मस्यौदा तयार, एआई नियमन परिषद् गठन गर्ने सरकारको तयारी प्रतिवेदनले नीतिमा देखिएका प्रमुख कमजोरीहरूमा कार्यान्वयन योजनाको अभाव, मानव अधिकारको सुनिश्चितता न्यून प्राथमिकतामा परेको, डाटा संरक्षण र सूचना अखण्डताको सवाल पर्याप्त नसमेटिएको, र निगरानीका लागि एआईको प्रयोग गर्न सकिने जोखिमपूर्ण प्रावधान रहेको औंल्याएको छ ।

विश्लेषण प्रतिवेदनले एआई र हरित ऊर्जाको विषय, लैंगिक दृष्टिकोण, सीमान्तकृत वर्गमा एआईले पार्ने प्रभावको विश्लेषण, र सार्वजनिक-निजी साझेदारी प्रवर्धन जस्ता विषयहरू पनि नीतिमा समावेश गर्न सिफारिस गरेको छ ।

डिजिटल राइट्स नेपाल र एआई एसोसिएसन नेपालले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनमा नीतिका समस्या र समाधानका उपायको चर्चा गरिएको छ ।

समस्या र चुनौतीहरूः

१. नीति निर्माणमा समावेशिताको अभाव

नीति निर्माण प्रक्रियामा नागरिक समाज, अनुसन्धानकर्ताहरू, सूचना प्रविधि विज्ञहरू, मानव अधिकार संस्था, तथा डिजिटल अधिकारको क्षेत्रमा कार्यरत निकायहरूको पर्याप्त सहभागिता नभएको देखिन्छ । यसले नीति निर्माणलाई सीमित क्षेत्रभित्रै केन्द्रित गराएको आरोप लागेको छ ।

२. कार्यान्वयन रणनीति अस्पष्ट

नीति राम्रो भए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ठोस योजनाहरू उल्लेख छैनन् । प्रमुख चुनौतीहरू:

  • प्राथमिकता निर्धारण गरिएको छैन ।
  • नीति कार्यान्वयनको स्पष्ट समयरेखा छैन ।
  • वित्तीय तथा संस्थागत स्रोतसाधन व्यवस्थापनको कुनै स्पष्ट खाका छैन ।

३. मानव अधिकारको सुरक्षामा अस्पष्टता

नीतिले एआई प्रविधिले मानव अधिकारमा पार्ने प्रभावलाई गम्भीर रूपमा सम्बोधन गर्न सकेको छैन । उदाहरणका लागि एआईबाट उत्पन्न भेदभाव, निगरानी प्रविधिको दुरुपयोग, तथा डिजिटल अधिकार उल्लङ्घन रोक्ने ठोस उपाय नीति मस्यौदामा उल्लेख छैनन् ।

४. डाटा सुरक्षाको अनिश्चितता

नेपालमा अझैसम्म ठोस डाटा सुरक्षा ऐन छैन । यस्तो अवस्थामा एआई नीति लागू गर्दा नागरिकहरूको व्यक्तिगत तथा संवेदनशील डाटाको सुरक्षा कसरी गर्ने भन्ने प्रश्न उठ्छ। विशेषगरी:

  • डाटा संकलन, भण्डारण र प्रयोग सम्बन्धी कानूनी स्पष्टता छैन ।
  • डाटा सुरक्षाको उल्लङ्घन भएमा पीडितलाई क्षतिपूर्ति तथा कानूनी उपचारका उपायहरू छैनन् ।

५. निगरानीका लागि एआईको प्रयोगको सम्भावना

नीति मस्यौदाले "नागरिक सुरक्षा, अपराध अनुसन्धान, आपत्कालीन प्रतिकार्य" जस्ता क्षेत्रमा एआई प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको देखिन्छ ।

  • यदि एआई प्रविधिलाई नागरिक निगरानीका लागि प्रयोग गरियो भने व्यक्तिगत गोपनीयता तथा लोकतान्त्रिक अधिकारमा प्रतिकूल असर पार्न सक्छ ।
  • अन्तर्राष्ट्रिय स्तरमा निगरानी प्रविधिहरूले राज्य शक्तिको दुरुपयोगलाई बढावा दिएको उदाहरणहरू छन् ।

सुधारका उपायहरूः

१. नीति निर्माण प्रक्रियामा बहुसरोकारवालाको सहभागिता अनिवार्य

  • नीति निर्माणमा नागरिक समाज, अनुसन्धानकर्ता, निजी क्षेत्र, मानव अधिकार संस्था, तथा डिजिटल अधिकारका पक्षधरहरूको समावेशिता सुनिश्चित गर्नुपर्छ ।
  • नेपालमा एआईसम्बन्धी बहसलाई बढावा दिन सरोकारवालाबीच थप संवाद आवश्यक छ ।

२. कार्यान्वयन रणनीति स्पष्ट बनाउनु आवश्यक

  • प्राथमिकता निर्धारण गर्दै पहिलो चरणमा कुन क्षेत्रमा नीति लागू गर्ने भन्ने विषय स्पष्ट हुनुपर्छ ।
  • समयसीमा तोकिनुपर्छ – एआई नीति कार्यान्वयनका लागि छोटो, मध्यम र दीर्घकालीन योजना हुनुपर्छ ।
  • वित्तीय तथा स्रोतसाधन व्यवस्थापनको स्पष्ट खाका बनाउनुपर्छ ।

३. मानव अधिकार संरक्षणलाई प्राथमिकता दिनुपर्छ

  • निगरानीका लागि एआईको प्रयोग रोक्नुपर्ने प्रावधान राख्नुपर्छ ।
  • भेदभावरहित एआई प्रणाली विकासका लागि कडा मापदण्ड अपनाउनुपर्छ ।
  • नागरिकहरूलाई एआईको प्रभावका बारेमा सचेत गराउन शिक्षा तथा प्रशिक्षण कार्यक्रमहरू ल्याउनुपर्छ ।

४. डाटा सुरक्षासम्बन्धी ठोस कानूनी ढाँचा निर्माण गर्नुपर्छ

  • डाटा गोपनीयताको संरक्षणका लागि डाटा सुरक्षा ऐन बनाउनुपर्छ ।
  • सरकारी तथा निजी क्षेत्रका निकायहरूले डाटा संकलन, प्रयोग, भण्डारण, तथा साझेदारी गर्दा डाटा गोपनीयताको अन्तर्राष्ट्रिय मापदण्ड अपनाउनुपर्छ ।
  • डाटा उल्लङ्घनको घटनामा कानूनी कारबाहीको स्पष्ट व्यवस्था हुनुपर्छ ।

५. एआई एथिक्स कमिटी तथा एआई गभर्नेन्स फ्रेमवर्क आवश्यक

  • नेपालमा एआईको जिम्मेवार उपयोग सुनिश्चित गर्न एउटा AI Ethics Committee गठन गर्नुपर्छ ।
  • पारदर्शिता तथा उत्तरदायित्वका लागि AI Governance Framework बनाइ मानव पर्यवेक्षणको स्पष्ट नीति तय गर्नुपर्छ ।

विज्ञहरूले नीतिलाई अझ परिष्कृत, व्यवहारिक र समावेशी बनाउन सरकारले थप छलफल र परामर्श गर्नुपर्ने सुझाव दिएका छन् ।


Related Story

एआईबाट बनाइएका भिडियोकाे पहिचान कसरी गर्ने ?

चुनावको बेला एआईले बनाएका Deepfake भिडियोले तपाईँ हामीलाई सजिलै झुक्याउन सक्छन् आगामी फागुन २१ गते हुने संसदीय निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार,

AI बनाउनेहरू बने Time वर्ष व्यक्ति | Time's 2025 Person of the Year

सन् १९५० मा कम्प्युटर 💻 लाई वर्ष व्यक्ति घोषणा गर्दै Time ले हेडलाइन राखेको थियो the thinking machine अर्थात्

एआई नीतिको मस्यौदा तयार, एआई नियमन परिषद् गठन गर्ने सरकारको तयारी

नेपाल सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (AI) नीति २०८१ को मस्यौदा सार्वजनिक गरेको छ। सूचना तथा प्रविधि मन्त्रालयले तयार पारेको यो

विश्वकै पहिलो मिस एआई केन्जा लइलीलाई चिन्नुहोस् #MissAI #KenzaLayli

मोरक्कोकी केन्जा लइली विश्वकै पहिलो मिस एआई घोषित भएकी छन् । वर्ल्ड एआई क्रिएटर अवार्ड्स (वाइका)द्वारा आयोजित मिस एआई प्रतियोगितामा

विश्वकै पहिलो मिस एआई प्रतियोगिता: यी हुन् उत्कृष्ट १० मेसिन सुन्दरी

मिस युनिभर्स, मिस वर्ल्ड, मिस नेपाल जस्ता वर्षैपिच्छे भइरहने सुन्दरी प्रतियोगिताबारे तपाईँलाई पक्कै थाहा छ । तर मिस एआई तपाईँका

नेपालमा पहिलोपटक एआईको प्रयोग सम्बन्धी अवधारणापत्र तयार [पूर्णपाठ]

सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स(एआई) अर्थात् कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास