२०२४ प्रेसका लागि सबैभन्दा घातक वर्षः १२२ पत्रकारको हत्या, २५४ जेलमा

२०२४ प्रेसका लागि सबैभन्दा घातक वर्षः १२२ पत्रकारको हत्या, २५४ जेलमा

गाजामा मारिएका एक पत्रकारको शवयात्रामा आफन्त र सहकर्मीहरू । फोटोः Ahmad Hasaballah/Getty Images
  • पौष १७, २०८१ बुधबार ०५:३३

सन् २०२४ मा १४ महिलासहित १२२ जना पत्रकार र मिडियाकर्मी मारिएका छन् । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) ले ३१ डिसेम्बरमा विज्ञप्ति जारी गरी २०२४ पत्रकारहरूका लागि सबैभन्दा घातक वर्ष रहेको जनाएको छ । संयुक्त राष्ट्र संघले पत्रकारको सुरक्षा तथा संरक्षणका लागि अन्तर्राष्ट्रिय महासन्धि तत्काल अपनाउनुपर्ने आफ्नो दृढता आईएफजेले दोहोर्‍याएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस अर्थात् १० डिसेम्बरमा आईएफजेले यस वर्ष मारिएका पत्रकारहरूको प्रारम्भिक सूची प्रकाशित गरेको थियो । उक्त सूचीमा १०४ जना पत्रकार/मिडियाकर्मीको नामावली छ । 

३१ डिसेम्बरको अद्यावधिक सूचीमा मध्य पूर्व र अरब, प्यालेस्टाइन र सिरियामा मारिएका पत्रकारहरूको विवरण थपिएको छ ।


🔗🔗२०२४ मा नेपालमा प्रेस स्वतन्त्रता हननका ६० घटना


आईएफजेका महासचिव एन्थोनी बेलान्जरले यस वर्ष मारिएका १२२ पत्रकारका पछाडि १२२ वटा अधुरा कथाहरू रहेको भन्दै मृतक पत्रकारका परिवार र आफन्तहरूलाई समवेदना दिएका छन् ।

“पत्रकारहरूको मृत्यु दण्डहीन नहोस् र यो विपत्तिलाई सदाका लागि अन्त्य गर्न हामी संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई पत्रकार सुरक्षा सम्बन्धी बाध्यकारी महासन्धि अपनाउन आग्रह गर्दछौं”, आईएफजेका महासचिव बेलान्जरले भनेका छन्, “यस्तो महासन्धिले हरेक वर्ष दुःखद रूपमा पत्रकारहरूलाई मार्ने वा घाइते बनाउने कार्यको अन्त्य गर्ने लक्ष्य राख्नेछ ।"

csm_Map_in_EN_31.12.2024_52a814f6c4.png

मध्य पूर्व र अरब विश्व: ७१

गाजा र लेबनान नरसंहारमा सबैभन्दा बढी पत्रकारहरू मारिएका छन् । सन् २०२४ मा मारिएका पत्रकारहरूमध्ये ५८ प्रतिशत यही युद्धमा मारिएका छन् । प्यालेस्टिनी (६४), लेबनानी (६) र सिरियाली (१) गरी ७१ पत्रकार यहाँ मारिएका छन् । ७ अक्टोबर २०२३ देखि युद्ध सुरु भएयता मारिएका प्यालेस्टिनी पत्रकारहरूको संख्या कम्तिमा १४७ पुगेको छ । इजरायलले गाजामा गरिरहेको क्रूर आक्रमणमा २३ हजारभन्दा बढी मानिस मारिएका छन् भने ५० हजारभन्दा बढी मानिस घाइते भएका छन् । इराकमा तीन मिडियाकर्मी मारिएका छन् । २३ अगस्टमा दुई महिला र ४ डिसेम्बरमा सिरियामा एक फोटोग्राफर मारिएका छन् । १९ डिसेम्बरमा उत्तरी सिरियामा दुई कुर्द पत्रकार मारिएका छन्।

एसिया-प्यासिफिक: २२ 

आईएफजेले एसिया-प्यासिफिक क्षेत्रमा २२ पत्रकार मारिएको जनाएको छ । पाकिस्तानमा सात, बंगलादेशमा पाँच, भारतमा तीन, कम्बोडियामा एक र फिलिपिन्समा एक पत्रकारको हत्या भएको छ । यसका अतिरिक्त, म्यानमारको सैन्य शासनको निशानामा पत्रकारहरू परेका छन् जहाँ यस वर्ष तीन पत्रकार मारिएका छन् । इन्डोनेसिया र काजाकस्तानमा पनि एक-एक जना पत्रकारको मृत्यु भएको छ ।

अफ्रिका: १० 

सन् २०२४ मा अफ्रिकामा १० पत्रकार मारिएका छन् । यहाँ २०२२ मा चार जना पत्रकार मारिएका थिए भने २०२३ मा ९ जनाको हत्या भएको थियो । सुडानमा  मात्रै छ जना पत्रकारको मृत्यु भएको छ । यसका अतिरिक्त दुई सोमाली पत्रकार, एक चाड पत्रकार र डीआर कंगोमा एक पत्रकारले यस वर्ष ज्यान गुमाएका  छन् ।

उत्तर र दक्षिण अमेरिकाः ९ 

आईएफजेले २०२४ मा अमेरिकामा ९ जना पत्रकार मारिएको जनाएको छ । यो संख्या २०२२ मा ३० र २०२३ मा ६ थियो । पाँच मेक्सिकन, दुई कोलम्बियाली र दुई हैटियन पत्रकार समावेश छन् । विगतमा जस्तै यस क्षेत्रका पत्रकारहरूले मुख्यतया लागूपदार्थ तस्करीको रिपोर्टिङका कारण धम्की, डर, अपहरण र हत्याको सामना गरेका छन् । मेक्सिको दुई दशकभन्दा बढी समयदेखि यस्तै समस्यासँग जुधिरहेको छ । 

युरोप: ४ 

युक्रेन युद्धले पनि पत्रकारको ज्यान लिएको छ । यहाँ २०२४ मा चार पत्रकार मारिएका छन् । यहाँ २०२२ मा १३ र २०२३ मा ४ जनाको हत्या भएको थियो । यो युद्धका बाबजुद युरोप पत्रकारहरूका लागि विश्वकै सबैभन्दा सुरक्षित महादेश रहेको आईएफजेले उल्लेख गरेको छ।

जेलमा रहेका पत्रकार: ५१६ 

journalism is not a crime.jpg

REUTERS/Osman Orsal


आईएफजेले ५१६ जना पत्रकारहरू विश्वका विभिन्न जेलहरूमा रहेको जनाएको छ । जेलमा रहेका पत्रकारहरूको संख्या २०२३ मा ४२७ र २०२२ मा ३७५ थियो । 

आईएफजेका अनुसार चीन (हङकङ सहित) मिडियाकर्मीहरूका लागि विश्वकै सबैभन्दा ठूलो जेल बनेको छ । यहाँ १३५ पत्रकारहरू जेलमा छन् । यसपछि इजरायल पत्रकारहरूका लागि ठूलो जेल हो । यहाँ ५९ प्यालेस्टिनी पत्रकारलाई जेलमा थुनिएको छ । म्यानमारमा ४४ पत्रकार जेलमा छन् । 

एसिया-प्यासिफिक क्षेत्रमा मात्र २५४ पत्रकार जेलमा छन् । युरोपमा  १४२, मध्य पूर्व र अरबमा १०२ जना, अफ्रिकामा १७ जना र ल्याटिन अमेरिकामा  १ जना पत्रकारलाई जेल हालिएको छ । 


Related Story

प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई भिडियो खिच्न अवरोध भएको हो ? प्रम सचिवालय र महासंघका भिन्न दाबी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको विषयमा नेपाल पत्रकार महासंघ र प्रधानमन्त्रीको सचिवालयबीच परस्पर विरोधी दाबी

सुरुमा विज्ञापनको लोभ, नमाने जरिवानाको त्रासः कोशी सरकारको मिडिया नियन्त्रण रणनीति

संविधानविपरीत प्रसारणमा रोक लगाउनेदेखि जरिवानाको अधिकारसम्मः कोशी प्रदेशको विवादास्पद आमसञ्चार विधेयक जसले पत्रकारहरूलाई सडकमा ल्यायो कोशी प्रदेश सरकारले ल्याएको कोशी प्रदेश

पहिचान मिडियालाई ब्लु डायमन्ड सोसाइटीका पदाधिकारीको धम्की

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको संस्था ब्लु डायमन्ड सोसाइटीका पदाधिकारीहरूले अमेरिकी सहयोग नियोग (युएसएआइडी) को ८ करोड रुपैयाँको पारदर्शिता माग्दा पहिचान

'एक दशकपछि पत्रकार हत्याको पुनरावृत्ति: नेपालमा प्रेस स्वतन्त्रता गम्भीर मोडमा'

नेपालमा एक दशकभन्दा बढी समयपछि रिपोर्टिङकै क्रममा पत्रकारको हत्याका घटना पुनः देखिन थालेपछि प्रेस स्वतन्त्रता गम्भीर मोडमा पुगेको सरोकारवालाहरूले औंल्याएका

नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा वृद्धि: एक वर्षमा २ पत्रकारको हत्या, २४ माथि दुर्व्यवहार

नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा वृद्धि भएको

विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२५: नेपाल १६ स्थान तल झर्दै ९० औं स्थानमा

प्रेस स्वतन्त्रताको अवस्था अनुगमन गर्ने अग्रणी संस्था, रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) द्वारा हालै सार्वजनिक २०२५ को विश्व प्रेस स्वतन्त्रता सुचकांकले

मिडिया एक्सन नेपालको प्रतिवेदन: एक वर्षमा ३२ प्रेस स्वतन्त्रता उल्लंघन

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को पूर्वसन्ध्यामा मिडिया एक्सन नेपालले त्रासदेखि दण्डहीनतासम्म: नेपालमा मिडियामाथि बढ्दो खतरा शीर्षकको वार्षिक प्रतिवेदन सार्वजनिक

सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पत्रकार महासंघको आपत्ति

सरकारले संघीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका 'केही प्रावधान' प्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति