स्नातक तहमा पत्रकारिता पढ्ने विद्यार्थीका लागि सूचना विभागको छात्रवृत्ति आह्वान

स्नातक तहमा पत्रकारिता पढ्ने विद्यार्थीका लागि सूचना विभागको छात्रवृत्ति आह्वान

Photo by Priscilla Du Preez 🇨🇦 on Unsplash
  • कार्तिक २, २०८१ शुक्रबार १८:५७

नेपाल सरकारको सूचना तथा प्रसारण विभागले स्नातक तहमा पत्रकारिता अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्तिको आवेदन आह्वान गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा कुल १४ जना विद्यार्थीहरूलाई यो छात्रवृत्ति प्रदान गरिने विभागले जारी गरेको सूचनामा जनाइएको छ । 

छात्रवृत्तिका लागि योग्य विद्यार्थीहरूले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदकहरूले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र सम्बन्धित क्याम्पसको सिफारिस पत्र सहितका आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ ।

छात्रवृत्ति वितरणमा विभिन्न समूहहरूलाई समावेश गरिएको छ जसमा खुला, महिला, दलित, आदिवासी/जनजाति, मधेशी, मुस्लिम, अपाङ्ग र पिछडिएको क्षेत्रका विद्यार्थीहरू समेटिएका छन्।

इच्छुक विद्यार्थीहरूले Google Forms मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । थप जानकारी विभागको वेबसाइटबाट प्राप्त गर्न सकिन्छ ।  

suchana bhibhag.jpg


Related Story

सञ्चारले कक्षाकोठालाई कसरी रूपान्तरण गर्न सक्छ ?

हामी मानिसले दैनिक जीवनमा अत्यधिक मात्रामा गर्ने दुईवटा कार्य छन् पहिलो हामी निरन्तर सास फेर्छौै र दोस्रो हरेक क्षण अन्तरक्रिया

सञ्चार र मिडिया सम्बन्धी काठमाडौं सम्मेलन आइतबारदेखि

सञ्चार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन २०२४ आइतबारदेखि सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र

त्रिवि पत्रकारिता केन्द्रीय विभाग प्रमुखमा कुन्दन अर्याल

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा सह-प्राध्यापक डा. कुन्दन अर्याल नियुक्त भएका छन् ।   यसअघिका प्रमुख प्रा. प्रबलराज

आरआर क्याम्पसबाट आफ्नै सुविधासम्पन्न भवनमा सर्‍यो त्रिविको पत्रकारिता केन्द्रीय विभाग

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन उद्घाटन समारोहका उद्घोषक घमराज लुइँटेल कार्यक्रम सञ्चालनकै क्रममा स्मृतिमा पुगे जतिबेला उनी

सञ्चारका तहहरू

निर्मलमणि अधिकारी-  सञ्चारका तहअन्तर्गत अन्तरनिहीत वा आन्तरिक सञ्चार, अन्तरव्यक्ति सञ्चार, समूह सञ्चार, साङ्गठनिक सञ्चार र आमसञ्चारको चर्चा गरिन्छ। कतिपय सञ्चारविद्ले समूह

सञ्चार विधाको विपश्चिमीकरण

डा. निर्मलमणि अधिकारी - नेपालमा सञ्चार विधाको औपचारिक एवं विशिष्टिकृत पठनपाठन विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मै भइरहेको छ । अन्य विधाभित्र संसारमा

मिडिया अध्ययनका डेढ दशक

डा. निर्मलमणि अधिकारी -  काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ को प्रस्तावनामा कला, विज्ञान, व्यवस्थापन, प्रविधिजस्ता विविध क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धानका लागि

पत्रकारिता शिक्षा ‘इन्ट्रा डिसिप्लिनरी’ कि ‘इन्टर डिसिप्लिनरी’ ?

भानुभक्त आचार्य - नेपालमा पत्रकारिता शिक्षा वि.सं. २०३३ बाट सुरु भयो। त्यसबेला पत्रकारिता शिक्षा सुरु हुनुमा लाल देउसा राई, भारतदत्त कोइराला,