त्रिवि पत्रकारिता केन्द्रीय विभाग प्रमुखमा कुन्दन अर्याल

त्रिवि पत्रकारिता केन्द्रीय विभाग प्रमुखमा कुन्दन अर्याल

  • आषाढ १५, २०८१ शुक्रबार २३:३८

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा सह-प्राध्यापक डा. कुन्दन अर्याल नियुक्त भएका छन् ।  

यसअघिका प्रमुख प्रा. प्रबलराज पोखरेलले अनिवार्य अवकाश पाएपछि विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बरालले अर्याललाई चार वर्षका लागि  विभागीय प्रमुखमा नियुक्त गरेको विश्वविद्यालयले जनाएको छ । 

१६ गतेबाट लागु हुनेगरी सह-प्राध्यापक डा.अर्याललाई विभागको प्रमुखमा नियुक्त गरेको त्रिभुवन विश्वविद्यालयका सूचना अधिकारी भिमबहादुर श्रेष्ठले जानकारी दिए ।

"प्रबलराज पोखरेल अनिवार्य अवकाशमा गएसँगै डा.कुन्दन अर्याललाई विभागको प्रमुखमा नियुक्त गरिएको हो",सूचना अधिकारी श्रेष्ठले मिडिया कुराकानीसँग भने,"यही १६ गतेबाट लागु हुने गरी उहाँलाई नियुक्त गरिएको हो ।"

पत्रकारिता र प्राज्ञिक क्षेकमा सक्रिय अर्यालले विभागीय प्रमुखमा नियुक्त भएपछि मिडिया कुराकानीसँगको कुराकानीमा समाचार कक्ष र कक्षाकोठाबीचको खाडल पुर्न काम गर्ने बताए ।

"पत्रकारितालाई नियमसंगत बनाउनको लागि न्युज रुम र क्लास रुमबीचको ग्यापलाई फुलफिल गर्ने काममा म केन्द्रित हुने छु," उनले भने । अर्यालले यसअघि पनि पत्रकारिता र यसको उच्च शिक्षालाई बलियो बनाउन न्युज रुम र क्लास रुमबीच सहकार्य हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

को हुन् कुन्दन अर्याल ?

हाल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्षसमेत रहेका डा.अर्याल लामो समयदेखि पत्रकारिताको पेशागत र प्राज्ञिक क्षेत्रमा सक्रिय छन् । 

नेपाल प्रेस इन्सिच्युटबाट पत्रकारिता शिक्षा आरम्भ गरेका अर्यालले हातेमालो नामक पत्रिकाको नेतृत्व गर्दै पत्रकारिता थालेका थिए । 

त्यसयता उनले विभिन्न साप्ताहिक पत्रिकाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । अर्यालका मानव अधिकार र प्रेस, छापामा कार्टुन लगायतका पुस्तक समेत प्रकाशित छन् । 

अर्याल उपप्राध्यापकका रुपमा २०६८ सालदेखि त्रिविमा प्रवेश गरेका थिए । विश्वविद्यालय सेवा प्रवेशपूर्व उनले हिमाल खबर पत्रिकाको सम्पादकका रुपमा जिम्मेवारी सम्हालेका थिए । 

उनले २०७४ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारका रुपमा समेत काम गरेका थिए ।

२०४६ सालपछि नेपालको छापा पत्रकारिता कसरी दलीय पक्षधरताबाट व्यावसायिकतातर्फ उन्मुख भयो भन्ने विषय (‘ट्रान्जिसन अफ न्युजपेपर जर्नालिज्म फ्रम पार्टेसनसीप टू कमर्सिलिज्म इन पोस्ट १९९० नेपाल’) मा उनले विद्यावारिधि गरेका हुन् । 

लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित त्रिविको पत्रकारिता केन्द्रीय विभाग अहिले बल्खुस्थित नवनिर्मित भवनमा सरेको छ । 


Related Story

सञ्चारले कक्षाकोठालाई कसरी रूपान्तरण गर्न सक्छ ?

हामी मानिसले दैनिक जीवनमा अत्यधिक मात्रामा गर्ने दुईवटा कार्य छन् पहिलो हामी निरन्तर सास फेर्छौै र दोस्रो हरेक क्षण अन्तरक्रिया

सञ्चार र मिडिया सम्बन्धी काठमाडौं सम्मेलन आइतबारदेखि

सञ्चार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन २०२४ आइतबारदेखि सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र

स्नातक तहमा पत्रकारिता पढ्ने विद्यार्थीका लागि सूचना विभागको छात्रवृत्ति आह्वान

नेपाल सरकारको सूचना तथा प्रसारण विभागले स्नातक तहमा पत्रकारिता अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्तिको आवेदन आह्वान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा

आरआर क्याम्पसबाट आफ्नै सुविधासम्पन्न भवनमा सर्‍यो त्रिविको पत्रकारिता केन्द्रीय विभाग

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन उद्घाटन समारोहका उद्घोषक घमराज लुइँटेल कार्यक्रम सञ्चालनकै क्रममा स्मृतिमा पुगे जतिबेला उनी

सञ्चारका तहहरू

निर्मलमणि अधिकारी-  सञ्चारका तहअन्तर्गत अन्तरनिहीत वा आन्तरिक सञ्चार, अन्तरव्यक्ति सञ्चार, समूह सञ्चार, साङ्गठनिक सञ्चार र आमसञ्चारको चर्चा गरिन्छ। कतिपय सञ्चारविद्ले समूह

सञ्चार विधाको विपश्चिमीकरण

डा. निर्मलमणि अधिकारी - नेपालमा सञ्चार विधाको औपचारिक एवं विशिष्टिकृत पठनपाठन विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मै भइरहेको छ । अन्य विधाभित्र संसारमा

मिडिया अध्ययनका डेढ दशक

डा. निर्मलमणि अधिकारी -  काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ को प्रस्तावनामा कला, विज्ञान, व्यवस्थापन, प्रविधिजस्ता विविध क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धानका लागि

पत्रकारिता शिक्षा ‘इन्ट्रा डिसिप्लिनरी’ कि ‘इन्टर डिसिप्लिनरी’ ?

भानुभक्त आचार्य - नेपालमा पत्रकारिता शिक्षा वि.सं. २०३३ बाट सुरु भयो। त्यसबेला पत्रकारिता शिक्षा सुरु हुनुमा लाल देउसा राई, भारतदत्त कोइराला,