नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न नेपाली महिला गएकी भनिएको समाचार गलत

नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न नेपाली महिला गएकी भनिएको समाचार गलत

  • फाल्गुण १८, २०८० शुक्रबार २१:१६

By Basanta Khadka/NepalFactCheck.org


के नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न नेपाली महिला गएकी हुन्?

बुधबार (१६ फागुन २०८०) को दिन चल्तिका केही अनलाइन मिडियाहरुमा नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो महिला भएको दावी गर्दै एउटा समाचार प्रकाशन भयो। यो समाचारलाई विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि सेयर गरे। तर हाम्रो तथ्यजाँचले भने यो समाचार भ्रामक भएको देखाएको छ।

के छ समाचारमा ?

रातोपाटी अनलाइनले ‘सगरमाथा आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला’ लेखेको छ । त्यस्तै समाचारमा लेखिएको छ, ‘नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै बुधबार अध्ययनका लागि नासा प्रस्थान गरेकी हुन् ।

समाचारको स्क्रिनसट


समाचारको आर्काइभ लिंक

नेपालखबर, नेपालप्रेस, नेपालभ्यूजले पनि सोही विवरणसहितको समाचार प्रकाशित गरेका छन ।

नेपालखबरमा प्रकाशित समाचारको स्क्रिनसट


समाचारको आर्काइभ लिंक

नेपाल प्रेसमा प्रकाशित समाचारको स्क्रिनसट


समाचारको आर्काइभ लिंक

नेपालभ्यूजमा प्रकाशित समाचारको स्क्रिनसट


समाचारको आर्काइभ लिंक

त्यस्तै अनलाइन खबरले आफ्नो ट्वीटर एकाउन्टमा भिडियो राख्दै लेखेको छ ‘नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली बनेकी रोजिता बुद्धाचार्य के भन्छिन् ?’

भिडियोको आर्काइभ लिंक

गोरखापत्रले आफ्नो युटुव च्यानलमा ‘ नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली बनिन् रोजिता बुद्धाचार्य’ शीर्षकमा भिडियो राखेको छ । भिडियोको  लिंक 

चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दले समेत रोजिता बुद्धाचार्यले नासामा पूर्ण छात्रवृत्ति पाएको र उनी त्यहाँ अध्ययन गर्ने पहिलो नेपाली रहेको उल्लेख गरेको छ ।

रुटिन अफ नेपाल बन्दले पोस्ट गरेको विवरणको स्क्रिनसट 

अरु पनि थुप्रै मूलधारका अनलाइन मिडियाहरुमा यो समाचार आएको देखिन्छ।

के हो तथ्य ?

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको सन् २०२४ को छात्रवृत्ति घोषणा हुनै बाँकी नै छ । यसका लागि आवेदन दिने म्याद  अप्रिल ३० सम्म छ । यस विषयमा नासाको आधिकारिक साइटमा उल्लेख गरिएको छ ।

नासाको साइटमा उल्लेखित विवरणको स्क्रिनसट


मिडिया र सोसल मिडियाले समाचारमा नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो महिला दाबी गरेकी रोजिता बुद्धाचार्यले स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा सन् २०१७ मा समर इन्टर्नसिप गरेकी थिइन ।
यस विषयमा सन २०१७ मा प्रकाशित समाचारको स्क्रिन सर्ट

छोटकरीमा एटिएसआई भनिने स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा रोजिताले सन् २०१७ मा समर इन्टर्नसिप गरेकी हुन्। उक्त संस्था सन १९८१ मा स्थापना भएको कम्युनिटीबेस्ड साइन्स सेन्टर हो । एसोसिएसन अफ युनिभर्सिटिज फर रिसर्च इन एस्ट्रोनोमीले नासाका लागि सञ्चालन गरेको यो सेन्टरमा रोजिताले २०१७ अगस्त ७ मा प्रस्तुति पनि दिएकी थिइन, जसलाई यहाँ क्लिक गरी हेर्न सकिन्छ ।

रोजिता छात्रवृत्तिमै पढ्नका लागि हाल बेलायत पुगेकी छिन् । उनले बेल बर्नेल ग्रेजुएट स्कलरसिप प्राप्त गरेकी हुन् । यो छात्रवृत्ति युनिभर्सिटी अफ म्यानचेस्टरले छात्रवृत्ति डक्टरल स्कलरसिप फन्ड अन्तर्गत भौतिकशास्त्र (फिजिक्स) अध्ययनका लागि दिन्छ । यस बारेको थप जानकारी यहाँ छ ।

छात्रवृत्तिमा उनी सहित छनोटमा परेकाहरुको नामलिस्टको स्क्रिनसर्ट

यस विषयमा रोजिता आफैले पनि फेसबुक पोस्टमार्फत स्पष्ट पारेकी छिन् । उनले आफू बेलायतको लिभरपुलमा रहेको खुलाउँदै आफूले ‘नबोलेका, नभनेका, कहीँ कतै सेयर नगरेका नलेखेका कुरालाई भेरिफाइ नगरी’ लेखिएको दावी गरेकी छिन्।

उनको फेसबुक पोस्टको स्क्रिनसट


उनको फेसबुक पोस्टको आर्काइभ लिंक

तथ्यजाँच

दाबीः नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन रोजिता बुद्धाचार्य

दाबीकर्ताः रातोपाटी, नेपालखबर, नेपालप्रेस, नेपालभ्यूव, गोरखापत्र, अनलाइन खबर र रुटिन अफ नेपाल बन्द

तथ्यः भ्रामक। रोजिता बुद्धाचार्यले स्कलरसिप पाएको साँचो हो। तर अमेरिकाको नासामा हैन बेलायतमा। त्यहाँको युनिभर्सिटी अफ म्यानचेस्टरले डक्टरल स्कलरसिप फन्ड अन्तर्गत भौतिकशास्त्र (फिजिक्स) अध्ययनका लागि स्कलरसिप दिएको हो। उनले सन् २०१७ मा अमेरिकाको बाल्टिमोरस्थित स्पेश टेलिस्कोप साइन्स इन्स्टीच्यूटमा ३ महिने समर इन्टर्नशिप गरेकी थिइन । रोजिता आफैले पनि यो विषयमा सामाजिक सञ्जालमा स्पष्ट पारेकी छिन्। त्यसैले मिडिया र सोसल मिडियामा गरिएका दाबी भ्रामक भएको निष्कर्षमा हामी पुग्यौँ ।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको