एकै ठाउँका फरक दृश्यः होटलभित्र कान्तिपुरको श्रम समिट, बाहिर श्रमजीवीको प्रदर्शन

एकै ठाउँका फरक दृश्यः होटलभित्र कान्तिपुरको श्रम समिट, बाहिर श्रमजीवीको प्रदर्शन

  • माघ २५, २०८० बिहीबार २१:४९

बिहीबार काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा कान्तिपुरको श्रम समिट चलिरहँदा होटल बाहिर कान्तिपुरकै श्रमजीवी पत्रकारहरूले प्रदर्शन गरे । कान्तिपुरले ‘कान्तिपुर इम्प्लोइमेन्ट, माइग्रेसन एन्ड रेमिट समिट २०२४’ गरिरहँदा श्रमजीवी पत्रकारहरूले प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् । 

kantipur summits.jpg

होटल र्‍याडिसनमा आयोजित समिटको एक सेसन । फोटो साभारः काठमान्डु पोस्ट डटकम


गैरकानुनी ढङ्गले निष्कासन, सुरुवा तथा घटुवामा परेका श्रमजीवी पत्रकारहरूले बिहीबार कार्यक्रमस्थल बाहिरै विरोधस्वरुप प्रदर्शन गरेका हुन् । 

kantipur.jpg

श्रमजीवी-पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीको अगुवाईमा पाँच तारे होटलको मुल गेटमा १० बजेदेखि ११:३० सम्म डेढ घण्टा कान्तिपुरकर्मीहरूले धर्ना दिएका हुन् ।

उनीहरूले बोकेका प्लेकार्डहरूमा 'श्रमिकको अपमान, केएमजीको नारामा श्रम सम्मेलन?', 'Kantipur Publications, respect Journalists Right, Pay Salary on Time', 'WB ASIA, Stop funding Kantipur, the Labor Right Exploiter' लगायत लेखिएका थिए । 

kmg2.jpg

बुधबार नेपाल पत्रकार महासंघले उक्त समिटका लागि कान्तिपुर मिडिया ग्रुपसँग सम्झौता नगर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई आग्रह गरेको थियो । 

प्रचलित ऐन नियम उल्लंघन गर्दै श्रमजीवी पत्रकारको श्रम शोषण गर्ने मिडियालाई पक्षपोषण नगर्न सचेत गराउँदै महासंघले मन्त्रालयमा पत्र बुझाएको थियो । ‘कान्तिपुर मिडिया ग्रुपले गर्न लागेको ‘कान्तिपुर इम्प्लोइमेन्ट माइग्रेसन एन्ड रेमिट समिट २०२४’ को साझेदारको रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र त्यस मातहतका विभिन्न निकाय रहेकोप्रति हाम्रो गम्भीर चासो र चिन्ता रहेको छ,’ महासंघले बुझाएको पत्रमा उल्लेख छ

kmg3.jpg

सुत्केरी अवस्थामा रहेका महिला पत्रकारलाई समेत कार्यसम्पादन भएन भन्दै राजीनामा दिन लगाउने अमानवीय कार्य भएको महासंघले जनाएको छ । 

‘त्यहाँ कार्यरत पत्रकारले पाउनुपर्ने सुविधा माग गर्दा सम्बोधन गर्नुको साटो कान्तिपुरको सम्पादकीय व्यवस्थापन तथा मानव संशोधन विभागबाट स्पष्टीकरण सोध्ने, सरुवा गर्न सिफारिस गर्ने, कुनै सुविधा नदिने, राजीनामा दिनुहोस् भनी सेवाबाट हटाउने धम्की दिनेलगायतका काम भइरहेको छ’, महासंघको पत्रमा उल्लेख छ । 


नेपालको प्रभावशाली मिडिया कान्तिपुरमा के भइरहेको छ ? कान्तिपुरको श्रम सङ्कटमाथि मिडिया कुराकानीको निगरानी पढ्नुहोस् ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उक्त मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्ड, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोष लगायतका सरकारी निकायसहितका अन्य संस्थासँगको सहकार्यमा कान्तिपुर मिडिया ग्रुपले 'इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट समिट' गरेको हो ।


Related Story

रेडियो र टिभीबाट ठूलो संख्यामा कर्मचारी कटौती गर्दै कान्तिपुर

गत वर्ष कान्तिपुर पब्लिकेसन्सबाट भारी मात्रामा पत्रकार कर्मचारी कटौती गरेको कान्तिपुर मिडिया ग्रुपले टेलिभिजन र रेडियोबाट पनि ठूलो संख्यामा कर्मचारी

कान्तिपुरमा पल्टिएको आन्दोलनको खिल

कान्तिपुरमा सहमति कार्यान्वयनका लागि पत्रकार महासंघको दबाब नेपालको ठूलो सञ्चारसंस्था कान्तिपुर मिडिया ग्रुपबाट कयौँ श्रमजीवी पत्रकार कमर्चारीहरू निस्कासित तथा सरुवा भए,

सहमति कार्यान्वयन गर्न कान्तिपुरकर्मीले दिए २१ दिनको अल्टिमेटम

नेपाल पत्रकार महासंघ र कान्तिपुर पब्लिकेसन्स लिमिटेडबीच भएको चार बुँदे सहमतिलाई ‘अपूर्ण’ ठहर गर्दै कान्तिपुरका प्रभावित पत्रकार कर्मचारीहरूले सहमति कार्यान्वयनका

कान्तिपुर र पत्रकार महासंघबीच भएको ४ बुँदे सहमतिमा के छ ?

कान्तिपुर पब्लिकेसन्स लिमिटेडमा देखिएको श्रम समस्या समाधानका लागि नेपाल पत्रकार महासंघ र कान्तिपुर मिडिया ग्रुपबीच सहमति भएको छ । शुक्रबार भएको

पत्रकार महासंघको कान्तिपुरलक्षित आन्दोलनका परिमार्जित कार्यक्रममा के छ ?

नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकार तथा कर्मचारीहरूको गैरकानुनी निष्कासन तथा सरुवाको विरोधमा जारी दोस्रो चरणको आन्दोलनको कार्यक्रम

पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहालले पनि 'कान्तिपुर' छाडे

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका पत्रकार मणि दाहालले 'कान्तिपुर' दैनिकबाट राजीनामा दिएका छन् । कान्तिपुर पब्लिकेसन्स लिमिटेडमा जारी पत्रकारहरूको

मालिकसँग सम्पादक र सम्पादकसँग पत्रकार डराउने स्थिति छः कलेन्द्र सेजुवालसँग कुराकानी

कान्तिपुरबाट अचानक राजीनामा किन? नेपाल पत्रकार महासंघका कोषाध्यक्ष समेत रहेका कान्तिपुर दैनिकका पत्रकार कलेन्द्र सेजुवालले गत शुक्रबार कान्तिपुरबाट राजीनामा दिए ।

१५ फोटोमा हेर्नुहोस्, कान्तिपुरमा सम्पादक 'हराएको' दुःखद खबर

सम्पादकले समाचार कक्षमा पत्रकारलाई काम लगाउँछ, मार्गनिर्देशन गर्छ, पठनीय समाचार लेख्न प्रेरित गर्छ । लुकेर बसेका विषयको खोजी गर्न सम्वाददाताहरूलाई