कान्तिपुर व्यवस्थापनलाई गल्ती सच्याउने अवसर, यस्ता छन् पत्रकारका १२ माग

कान्तिपुर व्यवस्थापनलाई गल्ती सच्याउने अवसर, यस्ता छन् पत्रकारका १२ माग

  • आश्विन १४, २०८० आइतबार २१:१५

दशैँको मुखमा पत्रकारहरूलाई अवकाश पत्र थमाइएपछि कान्तिपुर पब्लिकेसन्स लिमिटेडस्थित नेपाल पत्रकार महासंघको शाखाले व्यवस्थापनसमक्ष १२ बुँदे माग पेश गरेको छ । 

नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले कान्तिपुर व्यवस्थापनलाई मागपत्र बुझाएको हो । यससँगै, कान्तिपुर व्यवस्थापन र कान्तिपुरस्थित पत्रकार महासंघको शाखाबीच वार्ता प्रक्रिया पनि सुरु भएको छ । 

नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले त्यहाँको व्यस्थापन समक्ष राखेका मागहरूप्रति महासंघ केन्द्रले पनि पूर्ण समर्थन र ऐक्यवद्धता प्रकट गरेको छ । 

महिनौँदेखि श्रम समस्यामा गाजिएको कान्तिपुरले दशैँको मुखमा करारमा रहेका ६८ पत्रकारलाई इमेलमार्फत् अवकाश पत्र थमाउँदै हतोत्साही गर्न खोजेपछि चरणबद्ध आन्दोलनको तयारीमा जुटेका पत्रकारहरूले व्यवस्थापनलाई गल्ती सच्याउने मौका दिएका हुन् । 

ऐन विपरीत करारका पत्रकारहरूलाई निष्कासन गर्ने निर्णय खारेज गर्न उनीहरूको माग छ । महिनौँदेखि बाँकी रहेको पारिश्रमिक पनि एकसाता भित्र भुक्तानी गर्न उनीहरूले माग राखेका छन् । 

नेपाल पत्रकार महासंघ, कान्तिपुर प्रतिष्ठान शाखाले व्यवस्थापन समक्ष राखेका मागहरू यस्ता छन्- 

१. हालसम्मको बाँकी रहेको पारिश्रमिक एक साताभित्र भुक्तानी हुनुपर्ने ।

२. पछिल्लो समय गरिएको श्रमजीवी पत्रकारको करार खारेजी, सरुवा तत्काल स्थगित गर्नुपर्ने । तर, पत्रकार दरबन्दी कटौती गर्नैपर्ने अवस्था आए प्रचलित ऐन कानुनअनुसार सम्पादकीय विभागमार्फत प्रक्रिया पूरा गर्नुपर्ने ।

३. स्पष्टीकरणका नाममा मानसिक यातना र हतोत्साही गर्ने काम तत्काल बन्द हुनुपर्ने ।

४. चाडपर्व भत्ता खाइपाई आएको तलबबराबर दिनुपर्ने ।

५. कार्यालयको परिचयपत्र र सूचना विभागको प्रेस प्रतिनिधि परिचय पत्र एक साताभित्र पाउने सुनिश्चितता हुनुपर्ने ।

६. प्रत्येक वर्ष अन्तिम महिनामा औषधोपचारबापत एक महिनाबराबरको तलब पाउनुपर्ने ।

७. पत्रकारले सम्झौताअनुरुप महिनाको अन्त्यमा पाउने कुल पारिश्रमिक नै उसको न्यूनतम पारिश्रमिक कायम हुनुपर्ने ।

८. कार्यरत पत्रकारको हकमा पारिश्रमिकअनुसार नै सञ्चय कोषमा जम्मा गर्नुपर्ने ।

९. सुत्केरी स्याहार १५ दिन, (५ दिन दिने गरिएको) ।

१०. कार्यरत पत्रकारको हकहित र सुरक्षाका लागि कल्याणकारी कोष बनाउनुपर्ने ।

११. सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारको कुल संख्याको १५ प्रतिशतमात्रै करार नियुक्ति हुनुपर्ने ।

१२. सरुवा भई जाने श्रमिक र निजका आश्रित परिवारका सदस्यालाई दैनिक तथा भम्रण खर्च उपलब्ध गराउनुपर्ने । खटिएको ठाउमा बसोबासको व्यवस्था गर्नुपर्ने अन्यथा बासस्थानबापत खर्च दिनुपर्ने ।

स्वेच्छिक अवकाश प्याकेजसम्बन्धमा

१. क्षतिपूर्तिबापत खाइपाई आएको तीन महिनाको पारिश्रमिक दिनुपर्ने ।

२. काम गरेको वर्षको आधारमा प्रतिवर्ष २ लाख रुपैयाँका दरले दिनुपर्ने ।

३. वर्षमा ५४ दिन बिदा दिनुपर्नेमा २४ दिन मात्र दिएकाले त्यसबापत प्रत्येक वर्ष एक महिनाबराबरको पारिश्रमिक दिनुपर्ने (बिदा नपाएकाहरूको हकमा) ।

४. सञ्चय कोषमा रकम जम्मा नभएका पत्रकारको हकमा सेवा अवधिको आधारमा एकमुष्ट रकम दिनुपर्ने । 

५. सेवाअवधि २५ वर्ष पूरा गरेको श्रमजीवी पत्रकारलाई व्यवस्थापकले सेवाबाट अवकाश दिँदा निजले पाउने सेवा सुविधा २५ वर्षकै मानिनु पर्ने । 


Related Story

नाङ्गो प्रेस स्वतन्त्रताको विपक्षमा

पत्रकारिताको आवरणमा भइरहेको अपराधकर्मलाई प्रेस स्वतन्त्रताको खोल ओडाएर संरक्षण गर्दा पत्रकारिताको झन् बदनामी बिहीबार (भदौ २६ गते) दिउँसो ४ बजेर २२

'जलवायु परिवर्तन र सीमान्तकृत समुदायका मुद्दामा नेपाली मिडियाको कम ध्यान' #VIBE #Report

नेपालका सञ्चार माध्यमले जलवायु परिवर्तन, विकास र सीमान्तकृत समुदायका पेचिला मुद्दामा कम ध्यान दिएको एक अध्ययनले देखाएको छ । युएसएआईडी नागरिक

कान्तिपुरमा पत्रकारको धर्ना, मुलुकको ठूलो मिडियाको श्रम सङ्कट बुझाउने १४ हेडलाइन

व्यवस्थापनले श्रमजीवी पत्रकारहरूलाई बलपूर्वक निष्कासन गरेको विरोधमा आज नेपाल पत्रकार महासंघसहितका संघसंगठन र प्रभावित पत्रकारहरूले कान्तिपुर पब्लिकेसन्स लिमिटेडमा धर्ना दिँदै

कान्तिपुरका पत्रकारमाथि व्यवस्थापनले गरेको अपमानको फेहरिस्त

कान्तिपुर पब्लिकेसन्स लिमिटेडबाट कानुनविपरीत निष्कासन तथा सरुवा गरिएका पत्रकारहरू बुधबार नेपाल पत्रकार महासंघको सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा आगामी रणनीति तय गर्न

दशैँको मुखमा पत्रकारलाई कान्तिपुरको अवकाश पत्र- '१५ दिनपछि अफिस नआउनू'

व्यवस्थापनले दशैँको मुखमा पत्रकार/कर्मचारीलाई इमेलमार्फत् अवकाश पत्र पठाएपछि कान्तिपुरमा आक्रोश केही समयदेखि मत्थरजस्तो देखिएको कान्तिपुरको श्रम समस्या पुनः बल्झिएको छ ।

Role Of Audience In Media Accountability

Harsha Man Maharjan - Can audience be a part of media accountability in Nepal? I think so. This role of audience