अस्थिर राजनीति र अपूर्ण प्रेस स्वतन्त्रता

अस्थिर राजनीति र अपूर्ण प्रेस स्वतन्त्रता

  • चैत्र १५, २०७७ आइतबार ०९:३३

  • जन्मदेव जैसी -

हामी २१औँ शताब्दीको सञ्चार युगमा छौँ र यसले ल्याएको सूचना–प्रविधि क्रान्तिको उपभोग गरिरहेका छौँ । सूचना प्रविधिले हाम्रा आदत, जीवनशैली र परम्परागत बुझाइलाई समेत परिवर्तन गरिदिएको छ । तर, यसैको जगमा हुर्किएको फरक राजनीतिक संस्कारले हाम्रो परम्परागत राज्य प्रणाली नै खल्बल्याइदिएको छ । युगअनुरूपको राज्य प्रणाली र आमसञ्चारको विकाससँग मेल खाने राजनीतिक संस्कार नहुँदा आधुनिक भनिएको लोकतन्त्र पनि मुठ्ठीभर वर्गकै हातमा जबर्जस्त कायम छ ।

राज्यको मुख्य नेतृत्वले मुलुकमा कस्तो राजनीतिक संस्कार हुर्काइरहेको छ भन्ने आधारमा राज्य प्रणाली र व्यवस्थाको भविष्य निर्धारण हुन्छ । प्रगतिशीलतासहितको पूर्ण लोकतन्त्रका लागि करिब सात दशकसम्म प्रत्येक दशककै अन्तरमा निरन्तर क्रान्ति, संघर्ष र आन्दोलन भए, तर हामीले सभ्य राजनीतिक संस्कारसहितको पूर्ण लोकतन्त्र प्राप्त गर्न सकेका छैनौँ ।

यही स्थितिमा स्वतन्त्र प्रेसको महत्त्वलाई उजागर गर्न र राज्य तहबाट हुने प्रेस स्वतन्त्रताविरोधी षड्यन्त्र चिर्न सञ्चार सम्बद्ध साझा संस्थाको भूमिका अझ बढेर गएको छ । आसन्न पत्रकार महासंघको निर्वाचनका सन्दर्भमा त यो मुद्दा मुख्य नै बनाइनुपर्छ । किनकि, नीतिसहितको नेतृत्वबारे बहस नगरी अस्थिर राजनीतिमा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता हुन सक्दैन । सधैँ अस्थिर राजनीति र त्योसँगै हुर्केको अपूर्ण प्रेस स्वतन्त्रताको जोखिममा पूर्ण लोकतन्त्रलाई संस्थागत गर्न सम्भव छैन ।

निरन्तरको अस्थिर राजनीतिबाट हुर्किएको अराजनीतिक कु–संस्कार एवं नोकरशाही प्रवृत्तिले फेरि पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकका राजनीतिक अधिकार खोस्न सक्छ । यसको रक्षार्थ लागिपर्नु हामी पत्रकार र त्योसँग सम्बिन्धत संस्थाको मुख्य कर्तव्य हो । पछिल्ला तीन वर्षमा करिब अढाई सयको हाराहारीमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भए । समाचार लेखेकै कारण पत्रकार गिरफ्तार पर्ने, बेपत्ता पारिने, धम्की खेप्ने जस्ता प्रेस स्वतन्त्रताविरोधी घटना बढ्नुले नेपाली प्रेस जगत् अझै सुरक्षित छैन भन्ने स्पष्ट हुन्छ । पढ्नुस् जन्मदेव जैसीको नयाँ पत्रिका दैनिकमा प्रकाशित लेख 


Related Story

आफ्नै न्युज रुममाथि गम्भीर आरोप लगाउँदै सम्भव सिरोहियाले दिए कान्तिपुरबाट राजीनामा

सम्भवले भने- म विनाशको सहयोगी बन्न सक्दिनँ कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले निवर्तमान गृहमन्त्री सुधन गुरुङका बारेमा कान्तिपुरमा गरिएका

यौनहिंसा र मिडिया ट्रायल

स्थापित र नाम चलेका मिडिया हाउसहरूले कुनै प्रकरण वा मुद्दा विशेषको आधारभूत तथ्य र प्रमाणबिना आफ्नो क्षेत्राधिकार नाघ्ने स्तरमा ओर्लेर

मिडिया र एजेण्डा सेटिङ

डा. कुन्दन अर्याल- उत्तरआधुनिक विश्वमा सार्वजनिक महत्त्वका यावत् विषयलाई मिडियाको आँखाले अवलोकन गर्ने चलन सर्वव्यापी छ । जसले गर्दा आममानिस धारणा