नेपाली मिडिया क्रान्तिका पथप्रदर्शकः कान्तिपुर र संस्थापक श्याम गोयन्का #Podcast

नेपाली मिडिया क्रान्तिका पथप्रदर्शकः कान्तिपुर र संस्थापक श्याम गोयन्का #Podcast

  • माघ २७, २०८० शनिबार १९:०९

आउनुस् कान्तिपुरका संस्थापक श्याम गोयन्काको गुमनाम परोपकारको चर्चा गरौँ ।  को हुन् श्याम गोयन्का ? गोयन्काले कान्तिपुरको स्थापना किन गरे ? र, उनी एक वर्ष नहुँदै कान्तिपुरबाट किन बाहिरिए ? आज उनी कहाँ छन् ? के गर्दै छन् ? आउनुहोस्, नेपालको स्वतन्त्र मिडियाका पथप्रदर्शक श्याम गोयन्कालाई सम्मान गरौँ र उनले स्थापना गरेको सञ्चार संस्था कान्तिपुरको जन्मदिन मनाउँ ।    


गैरसरकारी स्तरबाट पत्रपत्रिका प्रकाशन तथा सञ्चालनका साना–ठूला प्रयत्न यसअघि पनि नभएका होइनन् । तर ‘कान्तिपुर’ यस्तो कोशे ढुङ्गो बन्यो जसले नेपालमा व्यावसायिक मिडियाको जग हाल्यो । एकातिर यसले २०४६ सालमा पुनःस्थापित बहुदलीय लोकतन्त्रलाई संस्थागत गर्न पहरेदारको भूमिका निर्वाह गर्‍यो भने अर्कातिर अन्य मिडिया स्थापनाका लागि समेत उत्प्रेरक बनेर आफ्नो भूमिकालाई विस्तार गर्‍यो, प्रतिस्पर्धीहरू पनि जन्मायो ।

दैनिक पत्रिका प्रकाशनका लागि ठूलो स्रोत–साधन चाहिन्थ्यो । तर घाटाको व्यापार गर्न कोही पनि तयार थिएनन् । यस्तो अवस्थामा स्वतन्त्र मिडिया स्थापनाको हुटहुटी बोकेका श्याम गोयन्काले स्थापना गरेको ‘कान्तिपुर’ प्रकाशनको पहिलो दिनदेखि नै मुलुकको प्रभावशाली सञ्चार संस्था रहेको छ ।

नेपाल अधिराज्यको संविधान, २०४७ मा दर्ता खारेजी र छापाखाना जफत नहुने लगायतका व्यवस्था भएपछि ‘पञ्चायतकालमा फस्टाउनै नसक्ने बनाइएको’ छापा माध्यमले फक्रने वातावरण पायो । संवैधानिक प्रत्याभूति भए पनि ठूलो जनसमुदायलाई लक्ष्य गरेर सञ्चार माध्यम सञ्चालन गर्ने आँट कतैबाट नभइहालेको अवस्थामा २९ वर्षीय गोयन्का त्यसखालको भिजनसहित काठमाडौंमा देखा परेका थिए । 

सुन्नुस् मिडिया कुराकानी पड्कास्टः

लोकतन्त्रका आधारभूत मान्यताहरूलाई संस्थागत गर्न कुन चाहिँ राजनेता, दल, उद्योगी–व्यवसायी वा संस्थाले यत्तिको महत्त्वपूर्ण भूमिका खेलेको छ ? राष्ट्रका लागि अत्यावश्यक अभियानका लागि आफ्नो बलिदानी दिने श्याम गोयन्काको योगदानलाई स्मरण गर्नु वा कदर गर्नु राष्ट्रको कर्तव्य बन्छ कि बन्दैन ? के हामी यति कृतघ्न हुन सक्छौँ कि फल खाइरहौँ, तर जसले बोट रोप्यो ऊप्रति सामान्य कृतज्ञता पनि व्यक्त नगरौँ ? विस्तृत पढ्नुहोस् । 


Related Story

भाइरलको भुमरीमा निमोठिएको एउटा बालापनः सचिन परियार #Podcast

"के छ हजुर ?, ठिक छ हजुर !" यो वाक्यांश सुन्ने बित्तिकै प्रायःको मष्तिष्कमा एउटै नाम ठोक्किन्छ- सचिन परियार ।

नेपालमा सोसल मिडिया कसरी कसरी प्रयोग भइरहेको छ ? #Podcast

विश्वव्यापी रूपमा डिजिटल मिडिया र विशेषगरी सामाजिक सञ्जालको बढ्दो प्रभावले नेपालको मिडिया क्षेत्रमा पनि गहिरो छाप छोडेको छ । पत्रपत्रिका,

महामारीका बेला रिपाेर्टिङ कस्ताे हुनुपर्छ ? #Podcast #Covid19

सबैभन्दा महत्त्वपूर्ण कुरा सुरक्षा हो । हामी सुरक्षित भएनौँ भने आम पाठकलाई सूचना दिन सक्दैनौँ । कोभिड १९ को पहिलो

'पलायनवादी' पत्रकार : पत्रकारिता प्रेम र पत्रकार महासंघको चुनावी गन्थन #FNJElection | featuring all hosts! #Podcast

आफ्नो उर्जाशील समयमा समाचारद्वारा देश बनाउँछु भन्दै बेफुर्सदी रहेका, सक्रिय पत्रकारिताको करिब दुई दशकपछि आफ्नो प्रेस पास जन्मदेशमै छाडेर एक्स-प्रेस

नेपाली मिडियाको विश्वासनियता र प्रभाव #FreedomChautari Podcast

वरिष्ठ पत्रकार तारानाथ दाहाल र एभिन्यूज टेलिभिजनका प्रधान सम्पादक केदार कोइरालाबीचको यो संवाद नेपाली मिडियाको समसायिक समस्याहरूमा केन्द्रित छ ।

#Gufgaaf with Umesh Shrestha ‘Salokya’ (Blogger/Fact Checker) by TheDeepeshShow

Umesh Shrestha (Salokya) is the first Nepali video blogger and a well-known digital journalist. He has worked for Pahilo Post

The death of a journalist #Podcast from the Record

Everybody who reads the newspapers in Nepal knows the story of Dekendra Thapa of Dailekh. He was a journalist, well