विश्वव्यापी रूपमा डिजिटल मिडिया र विशेषगरी सामाजिक सञ्जालको बढ्दो प्रभावले नेपालको मिडिया क्षेत्रमा पनि गहिरो छाप छोडेको छ । पत्रपत्रिका, रेडियो र टेलिभिजन जस्ता परम्परागत माध्यमहरू नयाँ चुनौती र अवसरहरूको सामना गरिरहेका छन् । यस्तो परिवर्तनशील परिदृश्यमा नेपाली मिडियाको वर्तमान अवस्था र भविष्यका सम्भावनाहरू के के हुन सक्छन् ? यो पड्कास्टमा मिडिया विज्ञ उज्ज्वल आचार्यसँगको कुराकानी । आचार्यले बिबिसी नेपाली सेवा, कान्तिपुर पब्लिकेसन र अन्नपूर्ण पोस्ट जस्ता प्रमुख मिडियाका समाचार कक्षको अनुभव संगालेका छन् । न्यू मिडियामा विशेष अध्ययन, अनुसन्धान र प्रशिक्षणको क्षेत्रमा सक्रिय आचार्यसँग नेपालमा परम्परागत र डिजिटल मिडियाको अन्तरसम्बन्ध, चुनौती र सम्भावनाहरूबारे विस्तृत छलफल गरिएको पड्कास्ट सुन्नुहोस् ।