पाठ्यक्रममा अब डिजिटल मिडिया

पाठ्यक्रममा अब डिजिटल मिडिया

चित्रः नयाँ पत्रिका
  • पौष १३, २०७७ सोमबार २०:२०

विश्वविद्यालयका समाज विज्ञान र मानविकीको पाठ्यक्रममा डिजिटल मिडियालाई कम प्राथमिकता दिइएको देखिन्छ । यसरी कम प्राथमिकता दिनु भनेको विश्वविद्यालयका पाठ्यक्रम निर्माताले डिजिटल मिडियाका कारण भएको सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनलाई बेवास्ता गर्नु हो, डिजिटल मिडिया र समाजबारे विद्यार्थीलाई सचेत हुने र विचार विमर्श गर्ने अवसर नदिनु हो ।

डिजिटल परिवर्तन : संसारका अरू देशमा झैँ नेपालमा पनि इन्टरनेटको प्रयोग र पहुँच बढ्दै छ । कोरोना महामारीले त समाजलाई डिजिटल माध्यमको प्रयोग गर्न उत्प्रेरित गरिरहेको छ । भौतिक र सामाजिक दूरी कायम गर्दा डिजिटल उपयोगी माध्यम भएको छ । तथ्यांकले पनि नेपालमा इन्टरनेटमा पहुँच बढेको देखाउँछ । केन्द्रीय तथ्यांक विभागले भर्खरै सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण, ०७५/०७६ मा प्रत्येक घरपरिवारको ५१.१ प्रतिशत व्यक्तिमा केही न केही उपकरणमार्फत इन्टरनेटमा पहुँच भएको देखाएको छ । प्रदेशगत रूपमा हेर्दा बागमतीमा सबैभन्दा बढी ६८.७ प्रतिशत अनि र सुदूरपश्चिममा सबैभन्दा कम २४.३ प्रतिशत पहुँच भएको पनि देखाएको छ । हुन त नेपाल दूरसञ्चार प्राधिकरणको ०७७ भाद्रको तथ्यांकले ७६.५८ प्रतिशत जनसंख्यामा ब्रोडबान्ड इन्टरनेटमा पहुँच भएको देखाएको थियो । साथै १२३.४० प्रतिशत जनसंख्याले मोबाइल प्रयोग गरेको पनि देखाउँछ । यस तथ्यांकलाई आलोचनात्मक तरिकाले हेर्नुपर्ने हुन्छ किनभने यो सत्य हो भने प्रत्येक नेपालीसँग मोबाइल हुनुपर्‍यो । सायद बाँडिएको सिमको संख्यालाई आधार मान्दा यस्तो तथ्यांक निस्केको हुनुपर्छ । तैपनि इन्टरनेटको पहुँच दिनदिनै बढ्दै गएको नकार्न भने मिल्दैन । पढ्नुस् नयाँ पत्रिकामा प्रकाशित हर्षमान महर्जनको लेख


Related Story

चुनौतीको चाङमा पत्रकार महासंघको नयाँ नेतृत्त्व

झण्डै सात दशकको इतिहास बोकेको नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व आएसँगै महासंघमा रहेको अन्यौलता तत्कालका लागि हटेको छ । यस

विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट

तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने, कपालमा भरिसकेका रौँहरू फेरि पलाउने, अनुहारमा भएका चायाहरू

मिडियाका सम्पादक र लगानीकर्ताबीच एक-अर्काको विषयमा रिपोर्टिङ नगर्ने अघोषित सम्झौता छ

सन् २०१८ मा अमेरिकामा रिपब्लिकन पार्टीका सिनेटर टम कटनले ‘काला जातीको आन्दोलन प्रायोजित हो त्यसकारण बलपूर्वक भए पनि दबाउनुपर्छ’ भनेर

आमसञ्चारको भविष्य

आम मानिसले आफ्नो सूचना, जानकारी र ज्ञानको स्रोत आमसञ्चारका माध्यमका सट्टा सामाजिक सञ्जाललाई मात्रै बनाउन थालेकाले राष्ट्रिय परिवेशमा लोकतन्त्रहरू नै

भ्रम र सत्यको द्वन्द्वमा नेपाली पत्रकारिता

किशोर नेपाल- यतिबेला पत्रकारिताको सिद्धान्त सूत्रका रूपमा स्थापित आफ्ना छ जना परम मित्रहरू(छ वटा ‘क’- अंग्रेजीमा पाँच डब्ल्यू र एक एच)को

पत्रकारिताको अर्को आयाम

दीपक आचार्य बुहारी पत्रकारिता तालिम लिएर स्वयंसेवीरूपमा रेडियोमा प्रवेश गर्नुभएकी लहानकी सञ्जु कुमारीको पत्रकारिता यात्रा रेडियो समग्र लहानको कार्यक्रम व्यवस्थापकसम्म पुग्छ

मिडिया काउन्सिल विधेयकको सकस

सुरेश आचार्य- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राष्ट्रिय सभामा पेस गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको अढाई वर्षपछि

पत्रकारिताको कसीमा ‘युट्युबर’

विपुल पोखरेल- के युट्युबर पत्रकार हुन् ? आजकल यो प्रश्न धेरैले सोध्ने गरेको पाइन्छ। प्रविधिको विकाससँगै सूचना प्रवाहका माध्यम पनि थपिएका