गोरखापत्रप्रतिको विश्वास र भरोसा

गोरखापत्रप्रतिको विश्वास र भरोसा

  • फाल्गुण १४, २०७८ शनिबार ०३:३२

कुनै बेला अखबार भन्नु नै गोरखापत्र थियो, गोरखापत्र भन्नु नै अखबार । अर्थात्, अखबारको पर्याय गोरखापत्र । अझै पनि गाउँघरमा सबै अखबारलाई गोरखापत्र भनेर सम्बोधन गर्नेहरू मनग्ये भेट्टिन्छन् । आजभन्दा १२१ वर्षअघि राणा प्रधानमन्त्री देवशमशेर राणाले प्रकाशन आरम्भ गरेको गोरखापत्रको साख अझै पनि उँचो छ । परिस्थिति र परिवेश फेरिएको छ तर गोरखापत्रको साख उस्तै छ । प्रविधि र पहुँचले पत्रकारिताको परिभाषा बदलिएको होला तर नागरिक तहमा गोरखापत्रप्रतिको विश्वास र भरोसा उस्तै छ ।

सयौँको सङ्ख्यामा दैनिक अखबार प्रकाशित भइरहेका छन् । रेडियो र टेलिभिजनको क्रेज बढेको छ । अझ न्यू मिडियाको आक्रमक र प्रभावशाली उपस्थितिले धेरै विषय र सन्दर्भ बदलिएको छ । आमजनतामा भने गोरखापत्रप्रतिको विश्वास र आस्था अझै चुलिएको छ । अन्यत्र जेसुकै समाचार आओस् तर जबसम्म गोरखापत्रले त्यो विषयमा लेख्दैन नागरिकले भरोसा गर्दैनन् । अरू सबै सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण भए पनि गोरखापत्रमा आएपछि मात्रै विश्वासिलो मानिने आमविश्वासले गोरखापत्रको उपस्थिति अझै सान्दर्भिक बनेको छ । गोरखापत्रका लागि यो नै सबैभन्दा ठूलो पुँजी र सम्पत्ति हो ।

देशमा ठूल्ठूला परिवर्तन भए तर गोरखापत्र आफ्नो अलग पहिचानका साथ सतिसाल जस्तो उभिएको छ । इतिहासका हरेक कालखण्डको जिउँदो साक्षीका रूपमा रहेको गोरखापत्रले आजको युगअनुकूल आफूलाई रूपान्तरणको जमर्काे गरेको छ । राणा शासनका बेला स्थापित गोरखापत्रले ००७ सालको प्रजातन्त्र, २०१७ सालको पञ्चायत प्रणाली,२०४७ सालको प्रजातन्त्र पुनस्र्थापना हँुदै २०६३ सालको राजनीतिक परिवर्तनलगायत हरेक कालखण्डको साङ्गोपाङ्गो अनुभूति सगर्व गरेको छ । इतिहासको जुनसुकै कालखण्डमा गोरखापत्रले आफूलाई विश्वसनीय अखबारको पहिचान कायमै राखेको छ । आज अखबार त धेरै छन् तर नागरिकको भरोसा गोरखापत्रप्रति अधिक भएकाले यसको पहिचान सुरक्षित राख्न हामीले अझै मिहिनेत र परिश्रम गर्नुछ । गोरखापत्रले पत्रकारिताको धर्मलाई मूलमन्त्र बनाएकैले यो विश्वास र भरोसा आर्जन गरेको हो ।

गोरखापत्रमा प्रकाशित लेख पढ्नुहोस् ।


Related Story

चुनौतीको चाङमा पत्रकार महासंघको नयाँ नेतृत्त्व

झण्डै सात दशकको इतिहास बोकेको नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व आएसँगै महासंघमा रहेको अन्यौलता तत्कालका लागि हटेको छ । यस

विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट

तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने, कपालमा भरिसकेका रौँहरू फेरि पलाउने, अनुहारमा भएका चायाहरू

मिडियाका सम्पादक र लगानीकर्ताबीच एक-अर्काको विषयमा रिपोर्टिङ नगर्ने अघोषित सम्झौता छ

सन् २०१८ मा अमेरिकामा रिपब्लिकन पार्टीका सिनेटर टम कटनले ‘काला जातीको आन्दोलन प्रायोजित हो त्यसकारण बलपूर्वक भए पनि दबाउनुपर्छ’ भनेर

आमसञ्चारको भविष्य

आम मानिसले आफ्नो सूचना, जानकारी र ज्ञानको स्रोत आमसञ्चारका माध्यमका सट्टा सामाजिक सञ्जाललाई मात्रै बनाउन थालेकाले राष्ट्रिय परिवेशमा लोकतन्त्रहरू नै

भ्रम र सत्यको द्वन्द्वमा नेपाली पत्रकारिता

किशोर नेपाल- यतिबेला पत्रकारिताको सिद्धान्त सूत्रका रूपमा स्थापित आफ्ना छ जना परम मित्रहरू(छ वटा ‘क’- अंग्रेजीमा पाँच डब्ल्यू र एक एच)को

पत्रकारिताको अर्को आयाम

दीपक आचार्य बुहारी पत्रकारिता तालिम लिएर स्वयंसेवीरूपमा रेडियोमा प्रवेश गर्नुभएकी लहानकी सञ्जु कुमारीको पत्रकारिता यात्रा रेडियो समग्र लहानको कार्यक्रम व्यवस्थापकसम्म पुग्छ

मिडिया काउन्सिल विधेयकको सकस

सुरेश आचार्य- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राष्ट्रिय सभामा पेस गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको अढाई वर्षपछि

पत्रकारिताको कसीमा ‘युट्युबर’

विपुल पोखरेल- के युट्युबर पत्रकार हुन् ? आजकल यो प्रश्न धेरैले सोध्ने गरेको पाइन्छ। प्रविधिको विकाससँगै सूचना प्रवाहका माध्यम पनि थपिएका