पत्रपत्रिका वर्गीकरणमा भ्रम र यथार्थ

पत्रपत्रिका वर्गीकरणमा भ्रम र यथार्थ

Photo : nepalitimes.com
  • फाल्गुण ८, २०७८ आइतबार ०३:२४

दीपक खनाल -

पत्रपत्रिकाको मूल्याङ्कनको अवधारणा, बहस र प्रयासले २०३० सालमै प्रवेश पाएको थियो । सञ्चार मन्त्रालयले प्रेस काउन्सिल नेपालसँग पत्रपत्रिका मूल्याङ्कनका लागि राय मागेपछि २०३० साल जेठ १६ गते बसेको काउन्सिल बैठकले समाचार, सम्पादकीय, लेख, रचनाको मात्रा ७० प्रतिशतको सट्टा ६० प्रतिशत र ३० प्रतिशत विज्ञापनको सट्टा ४० प्रतिशत हुनुपर्ने सुझाव दिएको थियो । सोही साल असार १९ गते बसेको बैठकले पत्रपत्रिकाको मूल्याङ्कनका विषयमा दैनिक र साप्ताहिकका लागि फरक फरक मापदण्ड हुनुपर्ने धारणा सार्वजनिक गरेको थियो । २०३१ साल फागुन २३ गते बसेको काउन्सिल बैठकले अध्यक्ष नयनबहादुर खत्रीको अध्यक्षतामा पत्रपत्रिका मूल्याङ्कन सुधार उपसमिति गठन गरेको थियो ।

यस्तै शाही प्रेस आयोग, २०३८ ले वितरण सम्परीक्षणका लागि छुट्टै शाखा हुनुपर्ने सुझाव दिएपछि वितरण सम्परीक्षण शाखा खोल्ने बहस सुरु भयो । छापाखाना र प्रकाशन ऐन, २०३९ को दफा ३४(ङ) मा समेत काउन्सिललाई पत्रपत्रिका मूल्याङ्कनको थप दायित्व दिइएपछि २०४० साल मङ्सिर २९ गते बसेको काउन्सिल बैठकले पत्रपत्रिकाको वितरण सङ्ख्या निश्चित गरी (तत्कालीन) श्री ५ को सरकारलाई त्यसको जानकारी दिने व्यवस्था गर्न काउन्सिल सचिवालयमा वितरण सम्परीक्षण शाखा (अडिट ब्युरो अफ सर्कुलेसन) खोल्नु वाञ्छनीय हुने निर्णय गर्‍यो । उक्त शाखालाई ६ बुँदे प्रमुख कार्य तोकिनुका साथै कार्य सञ्चालनका लागि छैटौँ तहको एक अधिकृत र एक/एक नायव सुब्बा, खरिदार, टाइपिष्ट र पियन राख्न प्रेस काउन्सिल कार्यव्यवस्था नियमावलीको दरबन्दीमा उल्लिखित पद समावेश गरी निर्णयार्थ श्री ५ को सरकारमा पठाउने निर्णय गरियो ।

यसपछि भने ऐनमा नै वितरण सम्परीक्षण समितिको व्यवस्था गरेको पाइन्छ । प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० मा नेपाल सरकारले काउन्सिलको परामर्श लिई पत्रपत्रिका वितरण सम्परीक्षण समिति गठन गर्ने प्रावधान छ । उक्त समितिमा प्रेस रजिस्ट्रार अध्यक्ष हुने र सञ्चार मन्त्रालय, प्रेस काउन्सिल, लेखा परीक्षण सङ्घ, विज्ञापन सङ्घ वा एजेन्सी, व्यापारिक वा औद्योगिक संस्थाबाट एक÷एक जना सदस्य र काउन्सिलले तोकेको अधिकृत सचिव रहने व्यवस्था छ । पछिल्लो प्रावधान र अहिलेसम्मको अभ्यासलाई हेर्दा प्रेस रजिष्ट्रार भनेको सूचना (हाल प्रसारण पनि) विभागको महानिर्देशक हो । उक्त विभागको महानिर्देशक नेपाल सरकारको सहसचिव हुन्छ । उक्त ऐनको दफा १० मा नै नेपाल सरकारले काउन्सिलको परामर्श लिई त्यस्तो समिति गठन गर्न सक्ने भनिएकाले यो सरकारकै समिति हो भन्दा फरक पर्दैन । किनकी उक्त समितिमा त अन्य प्रतिनिधिजस्तै काउन्सिलको एक जना मात्रै प्रतिनिधि रहन्छ ।

गोरखापत्रमा प्रकाशित लेख पूरा पढ्नुस् ।


Related Story

चुनौतीको चाङमा पत्रकार महासंघको नयाँ नेतृत्त्व

झण्डै सात दशकको इतिहास बोकेको नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व आएसँगै महासंघमा रहेको अन्यौलता तत्कालका लागि हटेको छ । यस

विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट

तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने, कपालमा भरिसकेका रौँहरू फेरि पलाउने, अनुहारमा भएका चायाहरू

मिडियाका सम्पादक र लगानीकर्ताबीच एक-अर्काको विषयमा रिपोर्टिङ नगर्ने अघोषित सम्झौता छ

सन् २०१८ मा अमेरिकामा रिपब्लिकन पार्टीका सिनेटर टम कटनले ‘काला जातीको आन्दोलन प्रायोजित हो त्यसकारण बलपूर्वक भए पनि दबाउनुपर्छ’ भनेर

आमसञ्चारको भविष्य

आम मानिसले आफ्नो सूचना, जानकारी र ज्ञानको स्रोत आमसञ्चारका माध्यमका सट्टा सामाजिक सञ्जाललाई मात्रै बनाउन थालेकाले राष्ट्रिय परिवेशमा लोकतन्त्रहरू नै

भ्रम र सत्यको द्वन्द्वमा नेपाली पत्रकारिता

किशोर नेपाल- यतिबेला पत्रकारिताको सिद्धान्त सूत्रका रूपमा स्थापित आफ्ना छ जना परम मित्रहरू(छ वटा ‘क’- अंग्रेजीमा पाँच डब्ल्यू र एक एच)को

पत्रकारिताको अर्को आयाम

दीपक आचार्य बुहारी पत्रकारिता तालिम लिएर स्वयंसेवीरूपमा रेडियोमा प्रवेश गर्नुभएकी लहानकी सञ्जु कुमारीको पत्रकारिता यात्रा रेडियो समग्र लहानको कार्यक्रम व्यवस्थापकसम्म पुग्छ

मिडिया काउन्सिल विधेयकको सकस

सुरेश आचार्य- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राष्ट्रिय सभामा पेस गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको अढाई वर्षपछि

पत्रकारिताको कसीमा ‘युट्युबर’

विपुल पोखरेल- के युट्युबर पत्रकार हुन् ? आजकल यो प्रश्न धेरैले सोध्ने गरेको पाइन्छ। प्रविधिको विकाससँगै सूचना प्रवाहका माध्यम पनि थपिएका