पल शाह प्रकरणलाई यसरी गिजोल्दैछन् युट्युबर र कथित अभियन्ता

पल शाह प्रकरणलाई यसरी गिजोल्दैछन् युट्युबर र कथित अभियन्ता

  • फाल्गुण १९, २०७८ बिहीबार ०२:४४

अनिल यादवनिर्भीकजंग रायमाझी-

मंगलबार झिसमिसेमै जिल्ला प्रहरी कार्यालय तनहुँका केही प्रहरी गेटअगाडि बाँस र डोरीले बार लगाइरहेका थिए। धेरैलाई लागिरहेको थियो, अघिल्लो दिनसम्म सर्वसाधारणका लागि खुला रहेको त्यस क्षेत्रमा एक्कासि तारबार गरिनुको कारण शिवरात्रि नै हुनुपर्छ। 

प्रहरी कार्यालय अगाडि नै छ, दमौलीको पुरानो मार्फाली होटल। होटलको आँगनमा उभिएका छन् केही हुल युट्युबर। अनि, उनीहरूको साथमा छन्, कथित अभियन्ता पुण्य गौतम। गफैगफमा प्रहरी कार्यालयतिर नजर तेर्स्याउँदै एक युट्युबर ठट्यौली शैलीमा भन्दैछन्, ‘ओहो, एकाबिहानै बार पो लगाएछन्। हामीसँग डराए कि क्या हो!’

भलै उनीहरू ठट्टा गरिरहेका थिए, तर यथार्थ पनि उनीहरूको अनुमानभन्दा पर छैन। 

बिहानै जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले नेपाल समयसँगको कुराकानीमा यसलाई स्वीकारे। उनले भने, ‘युट्युबर र कथित अभियन्ताको भीड रोक्न बार नलगाई भएन। यद्यपि यस्ता भीडले हामीलाई निष्पक्ष अनुसन्धान गर्नबाट रोक्दैन। ढुक्क हुनुस्, अलिकति पनि प्रभाव पार्न सक्दैन।’

तारबारको अवस्था किन आइपुग्यो? यसको कारण बुझ्न आइतबार र सोमबारको दृश्यमा फर्कनैपर्छ।

एक नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कलाकार पल शाह आइतबारदेखि उक्त प्रहरी कार्यालयको न्यायिक हिरासतमा छन्। फरार भएको चार दिनपछि मात्रै उनी जिप्रका दमौली पुगेका थिए। 

पल हिरासत पुगेपछि उनलाई पछ्याउँदै केही हुल युट्युबर र कथित सामाजिक अभियन्ता पनि दमौली आइपुगेका छन्। क्यामेरा बोकेर प्रहरी कार्यालयको गेट अगाडि उभिनु, पललाई भेट्न आउने–जानेहरूको बयान लिनु र पलको समर्थनमा माहोल बनाउनुजस्ता काम सोमबारदेखि उनीहरूको नियमित भएका छन्। 

सोमबार त उनीहरूले पलको समर्थनमा जिल्ला प्रहरी कार्यालयको गेटअगाडि नाराबाजी नै गरे। नाराबाजीको नेतृत्व गरिरहेका थिए, कथित अभियन्ता बनेर युट्युबर 'बोक्दै' हिँड्ने पुण्य गौतम, शर्मिला वाइबा र कलाकारसमेत रहेका जयकिशन बस्नेत।

उनीहरूले ‘पल शाहलाई रिहा गर’, ‘दुर्गेश थापा मुर्दावाद’ जस्ता नारा लगाउँथे, युट्युबरहरू भने त्यसैलाई फोकस गरीगरी खिच्थे।  यतिसम्म कि उक्त भीडमा उमेरले १८ पनि नकटेका किशोरकिशोरीसमेत पलको पक्षमा चिच्याइरहेका थिए। नेपाल समय डट कममा पूरा पढ्नुहोस् ।


Related Story

१० डलरको सेवालाई ‘प्रिमियम कन्टेन्ट’को नाममा २६ डलर तिर्न पाठक तयार होलान्?

न्युयोर्क टाइम्स र रिपब्लिक मिडियाबीच भएको अनौठो सहकार्यले नेपाली पाठकलाई फाइदा हुन्छ कि बोझ मात्र थप्छ ? नेपाल रिपब्लिक मिडिया लिमिटेड

के अबको पत्रकारिता भिजुअल नै हो? युट्युबमा नेपाली मिडियाका ठूला नाम

ठूला समाचार कक्षको नेतृत्व गरेका सम्पादकहरूको भिडियो प्लेटफर्म युट्युबमा बलियो उपस्थिति गत जेठ अन्तिम साता कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले

के अबको पत्रकारिता भिजुअल नै हो ? युट्युबमा नेपाली मिडियाका ठूला नाम

ठूला समाचार कक्षको नेतृत्व गरेका सम्पादकहरूको भिडियो प्लेटफर्म युट्युबमा बलियो उपस्थिति गत जेठ अन्तिम साता कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले

Aiding the Digital Revolution in Global Financial Inclusion

Expanding people’s access to finance, reducing the cost of digital transactions, and channeling wage payments and social transfers through financial

नयाँ माध्यम र सामाजिक सञ्जाल

निर्मलमणि अधिकारी- ‘नयाँ माध्यम’ (न्यू मिडिया) शब्दावलीमा आएको ‘नयाँ’ शब्दको अर्थ सन्दर्भअनुसार लगाउनु पर्ने हुन्छ । कुनै जमानामा छपाइ मेसिन (मुद्रण यन्त्र)

Nepal’s Interface with Information

New survey shows that as mobile ownership spreads, the social web is far ahead of the mainstream press new survey of

डिजिटल पत्रकारिताको रफ्तार

डिजिटल पत्रकारिताका बारेमा एउटा खुसीको खबर छ भने अर्को दुःखद खबर । खुसीको खबर के छ भने इन्टरनेटमा जोकोही आफूलाई पत्रकार

डेटिङ एपको सहारामा शृंखलाबद्ध ठगी गर्ने कुख्यात अपराधी [The Tinder Swindler]

‘द टिन्डर स्वीन्ड्लर’ इन्टरनेटको दुनियाँमा बाँचिरहेको जोसुकैका लागि एउटा चेतावनी हो । र, आमनागरिकको न्यायका निम्ति गरिएको सचेत पत्रकारिताको कथा पनि