उज्ज्वल प्रसाई
सन् १९७१ को ‘बंगलादेश लिबरेसन वार’ताका भएको विस्थापनमा परेर केही परिवार भारतका असम र पश्चिम बंगाल हुँदै नेपाल आए । आफू नेपालीभाषी भएको दाबी गर्ने तीमध्ये केही मेचीनगरमा छन् । पञ्चायतकालमा सरकारकै पहलमा आफू यता आएको बताउँछन् उनीहरू । त्यसरी दशकौं पहिलेदेखि काँकरभिट्टाका बासिन्दा बनेका एक वृद्ध ऊ बेला संयुक्त राष्ट्रसंघको कुनै संस्थामा आबद्ध भएर काम गरेको तर त्यसबापत हुनुपर्ने उचित मूल्यांकन नभएको गुनासो गरिरहन्छन् ।
राजा महेन्द्रकै अग्रसरतामा यता आएपनि राज्यले अहिलेसम्म कुनै खोजखबर नगरेकामा पनि उनको चित्तदुखाइ छ ।
बंगाली लवजमिश्रित पर्वते नेपालीमा बोलेर टहलिरहने उनी हतारहतार कतै हिँडिरहेका भेटिए । पुराना चिनारु भएकाले जम्काभेट हुँदा हतारमै भएपनि कुशलक्षेम भयो । उही पुराना समस्या कसैलाई बताउन दगुरेका रहेछन् । धेरै प्रयासपछि सही मान्छे फेला परेका कारण आफ्नो गुनासो सम्बोधन हुने विश्वास बलियो भएको थियो उनको । पछिल्लो समय लगातार भाषण र अन्तर्वार्ता दिएर युट्युबमार्फत चर्चामा आएका एक ‘अभियन्ता’लाई गुनासा सुनाउन समय मागेका रहेछन् । हतारमा बाटो लाग्दै भने, ‘हामी सादासीधा मान्छेको कुरा बुझ्ने, सरकारलाई बुझाइदिने अब उही त हो नि !’
केही दिनपछि अर्को भेटमा उनी गुनासा सम्बोधन हुनेमा विश्वस्त देखिन्थे । सुनाए, ‘उसले मेरो कुरा उठाइदिन्छु भनेको छ । यूएनसँग कुरा गरिदिन्छु भनेको छ । नेपाल सरकारलाई पनि भनिहाल्छ ।’ वक्तृत्वकलामा कुशलता प्रमाणित गरेका यी ‘अभियन्ता’बाट राजनीतिक क्षेत्रका ‘ठूला मान्छे’ले पनि नजानेको र थाहा नपाएको कुरा सिक्छन्, उनले दाबी गरे । करिब एक वर्ष पहिलेदेखि युट्युब र टीभीमा दिनहुँ ‘अभियन्ता’का भाषण र अन्तर्वार्ता हेरेकाले उनको विश्वास गाढा भएछ । अत्यन्तै जानकार, सूचित र जेसुकै विषयमा पूर्ण आत्मविश्वासका साथ धारणा राख्न सक्ने मात्रै होइन, जस्तासुकै शक्तिशाली व्यक्ति र संस्थालाई पनि औंलो ठड्याएर चुनौती दिने मान्छेले आफ्ना समस्याको निदान खोजिदिन्छ भन्नेमा उनी ढुक्क थिए । पढ्नुस् उज्ज्वल प्रसाईको पूरा लेख कान्तिपुरमा ।