ग्रिन मिडिया फेलोसिप २०२६ः निःशुल्क डकुमेन्ट्री निर्माण सिक्ने अवसर

ग्रिन मिडिया फेलोसिप २०२६ः निःशुल्क डकुमेन्ट्री निर्माण सिक्ने अवसर

  • श्रावण १९, २०८३ मंगलबार १६:१३

के तपाईं १८ देखि २५ वर्षको युवा हुनुहुन्छ र क्यामेराको माध्यमबाट समाज र वातावरणका कथा भन्न चाहनुहुन्छ ? यदि हो भने, डकस्कुलले तपाईंको लागि एउटा विशेष अवसर लिएर आएको छ ।

डकुमेन्ट्री ओपन स्कुल (डकस्कुल) नामक संस्थाले युवा सञ्चारकर्मी तथा वातावरणीय अभियानकर्मीका लागि ६ महिना लामो 'ग्रिन मिडिया फेलोसिप २०२६' का लागि आवेदन खुल्ला गरेको छ । 

यो फेलोसिप सन् २०२६ सेप्टेम्बरदेखि २०२७ मार्चसम्म सञ्चालन हुने पूर्ण आवासीय तालिम हो ।

यो कार्यक्रमले डकुमेन्ट्री फिल्म, फोटोग्राफी र सामुदायिक सञ्चारको सीप प्रदान गर्ने उद्देश्य राखेको छ ।

१८ देखि २५ वर्ष उमेर समूहका कम्तीमा माध्यमिक शिक्षा पूरा गरेका नेपाली नागरिकले यसमा आवेदन दिन सक्नेछन् । 

कार्यक्रमले विशेषगरी आदिवासी, जनजाति, महिला, क्वयेर समुदाय र वातावरणीय क्षेत्रमा सक्रिय युवाहरूलाई प्राथमिकता दिने आयोजक संस्थाले जनाएको छ ।

मुख्यगरी सहभागीहरूले यसपटक धुलिखेल र उदयपुरमा फिल्डमै गएर डकुमेन्ट्री तथा फोटोग्राफीका सिपहरू सिक्ने छन् ।

यो फेलोसिपलाई तीन चरणमा विभाजन गरिएको छ । 

  • पहिलो चरण (३ महिना): फोटोग्राफी, फिल्म निर्माण, सिनेमाटोग्राफी, सम्पादन र रेडियो उत्पादन सम्बन्धी प्राविधिक तालिम।
  • दोस्रो चरण (२ महिना): विभिन्न साझेदार साइटहरूमा व्यक्तिगत र सामूहिक फिल्म प्रोजेक्टको निर्माण।
  • तेस्रो चरण (१ महिना): विशिष्ट कार्यशाला, डकुमेन्ट्री विनिर्माण र परियोजनाहरूको प्याकेजिङ।

तालिमको समापनमा काठमाडौंमा दुई दिने 'ग्रिन मिडिया फेस्टिबल' आयोजना गरिनेछ, जहाँ सहभागीहरूले तयार पारेका चलचित्रहरू प्रदर्शन गरिनेछन् । 

सफल सहभागीहरूले डकस्कुलबाट 'Diploma in Creative Community Media' प्राप्त गर्नेछन्।

छनोट भएका १० जना सहभागीका लागि यो कार्यक्रम पूर्ण रूपमा नि:शुल्क रहनेछ । सहभागीहरूलाई ६ महिनाको आवास, ३ महिनाको निर्वाह भत्ता (स्टाइपेन्ड) र तालिम केन्द्रसम्मको आउने-जाने खर्च समेत प्रदान गरिनेछ । 

इच्छुक आवेदकले अगस्ट १५, २०२६ भित्र अनलाइन फारम भर्नुपर्नेछ । आवेदनका साथमा १० वटा तस्बिर, कम्तीमा ३ मिनेटका २ वटा भिडियो र एउटा सिफारिस पत्र अनिवार्य रूपमा पठाउनुपर्नेछ ।


Related Story

मल्टिमिडिया पत्रकारिता तालिममा निःशुल्क फेलोशिपको अवसर

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२६, २०२७ र २०२८ मा सञ्चालन हुने मल्टिमिडिया पत्रकारिता (Multimedia Journalism) तालिमका लागि देशभरका पत्रकारबाट

जलवायु संकट रिपोर्टिङमा तालिमको अवसर

तालीमको अवसर खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले फिनल्याण्डको प्रतिष्ठान अफ जर्नलिष्ट / भिक्स फाउण्डेशनको सहयोगमा खोज पत्रकारिता तालीम आयोजना गर्दैछ ।

तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन आह्वान

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन खुल्ला गरेको छ। जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित

पड्कास्टिङमा रुचि छ ? यो अवसर तपाईँका लागि हो

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा नेपाली भाषामा हुने पड्कास्टिङ् तालिमका लागि आवेदन खुल्ला गरेको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको

डेटा पत्रकारिता (Data Journalism) तालिमका लागि आवेदन खुला

प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश र सिएमआर नेपाल जर्नलिजम एकेडेमीको आयोजनामा तथ्याङ्क आधारित पत्रकारिता (data driven journalism) तालिमका लागि आवेदन

खोज पत्रकारितामा रुची छ ? यो अवसर तपाईका लागि हो

खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले खोज पत्रकारिता तालीम आयोजना गर्न लागेको छ । फिनल्याण्डको युनियन अफ जर्नालिस्ट्स/भिकेस फाउण्डेशनको सहयोगमा सञ्चालन

मोबाइल पत्रकारिता (मोजो) तालिमका लागि आवेदन खुल्ला

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने मल्टिमिडिया सामग्री उत्पादनका लागि मोबाइल पत्रकारिता तालिमको आवेदन खुल्ला गरेको छ । जर्मनीको

पड्कास्टिङ तालिम २०२५ को लागि आवेदन खुल्ला

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा नेपाली भाषामा हुने पड्कास्टिङ् तालिमका लागि आवेदन खुल्ला गरेको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको