अनुप ओझालाई 'डेभलपिङ एसिया जर्नालिज्म अवार्ड'

अनुप ओझालाई 'डेभलपिङ एसिया जर्नालिज्म अवार्ड'

  • श्रावण १६, २०८३ शनिबार १५:१९

पहिरोको पूर्वसूचना दिने एआई प्रणालीबारेको समाचारका लागि पत्रकार अनुप ओझा पुरस्कृत


एसियाली विकास बैंक इन्स्टिच्युट (ADBI) ले सन् २०२६ को 'डेभलपिङ एसिया जर्नालिज्म अवार्ड' का विजेताको घोषणा गरेको छ ।

उक्त कार्यक्रममा नेपालका पत्रकार अनुप ओझाले उत्कृष्ट रिपोर्टिङका लागि दोस्रो पुरस्कार हात पारेका छन् । 

नेपालमा पहिरोको अतिजोखिममा रहेका क्षेत्रमा पूर्वसूचना दिन परीक्षण भइरहेको 'एआई' (आर्टिफिसियल इन्टेलिजेन्स) जडित प्रणालीले मानवीय क्षति न्यूनीकरणमा पुर्‍याउने योगदान बारे ओझाले गरेको खोजमूलक समाचारका लागि यो सम्मान प्रदान गरिएको एडीबीआईले जनाएको छ । 

यस वर्ष इन्डोनेसियाका रोनी सात्रिया र सेसिलिया मेडियानाले प्रथम पुरस्कार प्राप्त गरेका छन् भने फिलिपिन्सकी गिनिभिर लातोजाले ओझासँगै संयुक्त दोस्रो पुरस्कार पाएकी छन् । 

ओझाले यो समाचार सामग्री फ्रान्सेली समाचार संस्था एएफपीका लागि तयार पारेका हुन् । 

यस वर्षको अवार्डको मुख्य विषय आर्टिफिसियल इन्टेलिजेन्स (AI) र एसियाको विकास थियो ।

ओझाको रिपोर्टिङले नेपालको नुवाकोट र धादिङ जिल्लाका जोखिमपूर्ण क्षेत्रहरूमा परीक्षण भइरहेको एआई-आधारित पूर्वसूचना प्रणालीको बारेमा चर्चा गरेको छ । 

उनको रिपोर्टिङले यस्ता प्राकृतिक विपत्ति विरुद्ध लड्न आधुनिक प्रविधिको प्रयोग र स्थानीय समुदायको सहभागिता कति महत्त्वपूर्ण छ भन्ने कुरालाई उजागर गरेको छ ।

यो प्रणालीले वर्षाको मात्रा, जमिनको हलचल र उपग्रहबाट प्राप्त तस्बिरहरूको विश्लेषण गरी पहिरो जानु भन्दा हप्तौं अगाडि नै चेतावनी दिन सक्छ । 

गत अप्रिल महिनामा यो वर्षको अवार्डका लागि आवेदन आह्वान भएकोमा १७ देशका पत्रकारले कूल ७९ वटा समाचार सामग्री पठाएका थिए ।

पत्रकार र अनुसन्धानकर्ताको निर्णायक मण्डलले विभिन्न देशका उत्कृष्ट ५ लेखलाई विजेताका रूपमा छनोट गरेको एडीबीआईले जनाएको छ । 

ओझासहित अन्य विजेताले जनही २,००० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।


Related Story

यस वर्षको वातावरण पत्रकारिता पुरस्कार विद्या राईलाई

नेपाल वातावरण पत्रकार समूहले वातावरण पत्रकारिता पुरस्कार २०२५ पत्रकार विद्या राईलाई प्रदान गर्ने भएको छ । विगत चार दशकदेखि 'विश्व वातावरण