लैंगिक हिंसाविरुद्ध सोह्रदिने अभियान बर्सेनिझैं यसपालि पनि चलिरहेको छ । यस अभियानको उद्देश्य महिला तथा अन्य लैंगिक हिंसा न्यूनीकरण गर्नु हो, मानवतामाथिको हिंसा रोक्नु हो । तर, महिला तथा अन्य लैंगिक हिंसा थामिने सम्भावना देखिन्न । समयसँगै यसको स्वरूपमा परिवर्तन हुँदै गएको छ ।
प्रविधिको उन्नत विकाससँगै महिला तथा अन्य लैंगिक हिंसाका अनेक स्वरूप यत्रतत्र प्रकट भएका छन् । सामाजिक जीवनका अनेक पक्षलाई सामाजिक सञ्जालमा सजिलै पोस्ट गर्ने प्रवृत्तिले महिला तथा अन्य लैंगिक हिंसा हुने गरेको छ । यसबाट व्यक्तिविशेषमा पर्ने चोटको घनत्व सानो हुँदैन ।
सामाजिक सञ्जालमा भइरहेको लैंगिक हिंसाले राज्यलाई नै गिज्याइरहेझैं लाग्छ । प्रयोगकर्ताहरूको आक्रोश, असन्तुष्टि र असभ्यताका कारण सामाजिक सञ्जाल निकृष्ट विचार अभिव्यक्त गर्ने चौतारो बनेको प्रतीत हुन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले नकारात्मक, अशिष्ट, संकीर्ण र अशोभनीय शब्दहरूका माध्यमले लैंगिक असमानता, धार्मिक असहिष्णुता, जातीय विभेदलाई प्रश्रय दिने एवं व्यक्तिगत तथा सामाजिक नोक्सानी हुने खालको टीकाटिप्पणी गर्ने प्रवृत्तिले व्यक्ति मनोविज्ञानमा गहिरो पीडा उत्पन्न गराइरहेको छ ।
स्वतन्त्रताका नाममा जथाभावी प्रयोग गर्ने परिपाटीले सामाजिक सञ्जाल धार्मिक, जातीयता, लैंगिक हिसाबले कसैको चरित्रको हत्या गर्ने प्लेटफार्म बनिरहेको छ । मानिस स्वतन्त्रताको उपभोग गर्न चाहने प्राणी हो भन्दैमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो सीमा बिर्सन नमिल्ने हो । तर चासो कसलाई ? पढ्नुस् रेखा शाहको कान्तिपुरमा प्रकाशित लेख ।