मिडिया सोसाइटीको ठहर : ‘न्यूनतम पारिश्रमिक वृद्धि- प्रेस स्वतन्त्रतामाथिको तरबार’

न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्न मिडिया सञ्‍चालकहरूको माग मिडिया सञ्चालकहरूको संस्था नेपाल मिडिया सोसाइटीले न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई ‘असान्दर्भिक र औचित्यहीन’ भन्दै श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन समितिले गरेको सिफारिस लागू नगर्न सरकारलाई चेतावनी दिएको छ। तलब बढाउन गरिएको सिफारिसलाई उसले ‘वाहियात’ भनेको छ। न्यूनतम पारिश्रमिक निर्धारण समिति ‘राजनीतिक…


पत्रकारको न्यूनतम तलब बढाउन सिफारिस, कसको कति बढ्ने भयो ?

न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार प्रतिष्ठानहरूमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिकमा पुनरावलोकन गर्दै नयाँ तलबमान सिफारिस गर्ने निर्णय गरेको छ। भदौ २४ र २५ गते दुई दिन सम्म काठमाडौंमा सम्पन्न समिति बैठकले श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिकमा करिब ५० प्रतिशतको हाराहारीमा वृद्धि गरी नयाँ तलवमान सिफारिस गर्ने…


प्रेस स्वतन्त्रता खुम्चिने खतरा

कमलदेव भट्टरार्इ  २०४६ सालको सफल जनआन्दोलनपछि २०४७ सालमा नयाँ संविधान आयो। सो संविधानले पहिलोपटक पूर्ण रूपमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्‍यो। संवैधानिक प्रावधान अनुसार नै छापाखाना तथा प्रकाशन ऐन र राष्ट्रिय प्रसारण ऐन बन्यो। संवैधानिक प्रावधान कमजोर थिएन, दक्षिण एसियामा नै उत्कृष्ट थियो। प्रजातान्त्रिक मुलुक भारतभन्दा नेपालको संविधानले स्पष्ट रूपमा अभिव्यक्ति…


नयाँ डिजाइनमा अनलाइनखबर : के छन् नयाँ फिचर ?

गत शनिबारदेखि अनलाइनखबरले आफ्नो डिजाइन परिवर्तन गरेको छ। स्थापनादेखि नै वर्डप्रेस सिस्टममा बनेको यो समाचार पोर्टलमा नयाँ थिम एक्टिभेसनसँगै फिचरहरूमा केही परिवर्तन देखिएको छ। देब्रेतिर लोगो र दाहिनेतिर विज्ञापन राखिएको हेडरमा कुनै परिवर्तन गरिएको छैन। तर हेडरमा गाढा निलो रङको मेनुबारलाई नयाँ डिजाइनमा चहकिलो बनाइएको छ। पहिलेको होम आइकन हटाएर…


प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी गोदावरी घोषणा–पत्र

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी गोदावरी घोषणा–पत्र नेपाल पत्रकार महासंघको आयोजनामा सम्पादकहरू, महासंघका पूर्व सभापति तथा पदाधिकारीहरूको ललितपुर, गोदावरीमा सम्पन्न भेलाले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको हक र नागरिक अधिकारको संरक्षण र प्रवर्द्धनका लागि गोदावरी घोषणा–पत्र जारी गरेको छ। १. मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी…


शाहिदुल आलमसँग कसलाई डर ? आलोचनात्मक आवाज यसरी दबाइँदै छ बंगलादेशमा

गायत्री चक्रवर्ती स्पिभाक-  ख्यातिप्राप्त बंगलादेशी फोटो पत्रकार साहिदुल आलमलाई अगस्ट ५ मा करिब ३० जना सादा पोसाकका प्रहरीले घिसारेर उनको घरबाट बाहिर निकाले र हिरासतमा राखे। प्रहरीहरू राति १० बजे उनको अपार्टमेन्ट भवनमा जबरजस्ती घुसे, भवनका सुरक्षा गार्डको फोन खोसे र निगरानीका लागि राखिएको भिडियो क्यामेरा नष्ट गरे। यसका बीच…


नयाँ मुलुकी ऐनबाट किन सशंकित छ प्रेस ? यी हुन् प्रेस डराएका प्रावधान

भदौ १ देखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ का कतिपय प्रावधानले प्रेस स्वतन्त्रता उपयोग संकुचन गर्ने जोखिम बढाएको टिप्पणी भइरहेको छ। नेपाल पत्रकार महासंघले त त्यसविरुद्ध आन्दोलन नै गर्ने घोषणा गरिसकेको छ। मूलधारका मिडिया, पत्रकार र मिडिया सम्बद्ध संघसंस्था पनि यसको विपक्षमा उभिएका छन्। आखिर के छ मुलुकी…


The Life and Time of Anand Swaroop Verma | A Talk on Alternative Media

Anand Swaroop Verma, 75, is a veteran Indian journalist and writer. He started Samkaleen Teesri Duniya (meaning Contemporary Third World) magazine in 1980. In a recent conversation with Rabi Raj Baral for Media Kurakani, Verma reveals how he began his journey as a journalist, what was his dream, his observation…


‘काठमान्डू पोष्‍ट’ का नयाँ प्रधान सम्पादक अनुप काफ्लेलाई चिन्‍नुस्

‘काठमान्डू पोष्ट’ अंग्रेजी दैनिकको प्रधान सम्पादकमा पत्रकार अनुप काफ्ले नियुक्त भएका छन्। प्रधान सम्पादक अखिलेश उपाध्यायले गत असार २७ गते राजीनामा दिएपछि नेतृत्वविहीन भएको काठमान्डू पोष्टले २७ दिनपछि प्रधान सम्पादक पाएको हो। राजीनामा दिएपनि आज (२०७५ साल साउन २२ गते) सम्मको काठमान्डू पोष्ट उपाध्यायकै नाममा छापिएको छ। भारतको ‘टाइम्स ग्रुप’ (Bennett…


अन्‍नपूर्ण पोस्ट्को प्रधान सम्पादकमा हरिबहादुर थापा, सम्पादक गौतमको राजीनामा

अन्‍नपूर्ण पोस्ट् दैनिकको प्रधान सम्पादकमा पत्रकार हरिबहादुर थापा नियुक्त भएका छन्। अन्‍नपूर्ण पोस्ट्को प्रकाशन संस्था नेपाल न्युज नेटवर्क इन्टरनेसनलले २०७५ साउन १७ गतेदेखि लागू हुनेगरी थापालाई प्रधान सम्पादक नियुक्त गरेको हो। प्रधान सम्पादकमा थापाको नियुक्तिसँगै अन्‍नपूर्ण पोस्ट्का सम्पादक राजाराम गौतमले राजीनामा दिएका छन्। २०७४ साउन ६ गते तत्कालीन प्रधान सम्पादक…


‘आर्थिक अभियान’ ले भन्यो : ‘प्रिन्ट मिस्टेक हुँदा सम्पादकको नाम हट्यो’ #Update

अपडेट  ‘आर्थिक अभियान’ दैनिकको प्रकाशन संस्था न्यु बिजनेस एज प्रालिले भूलबस प्रिन्टलाइनबाट सम्पादकको नाम हटेको जनाएको छ। न्यु बिजनेस एज प्रालिका अध्यक्ष एवं प्रकाशक मदन लम्सालले सम्पादकलाई हटाएको वा उनले राजीनामा दिएको नभई प्रिन्ट मिस्टेक हुँदा नाम हटेको बताएका हुन्। बिना जानकारी सम्पादकले नाम हटाइएकोबारे मिडिया कुराकानीको प्रश्नमा अध्यक्ष लम्सालले…


१ नम्बर बन्‍ने ‘नयाँ पत्रिका’ को महत्वाकांक्षा : ५ रुपैयाँ मूल्य घट्यो

नयाँ पत्रिका दैनिकले पत्रिकाको मूल्य ५ रुपैयाँ घटाएको छ। संविधान घोषणासँगै भारतले नाकाबन्दी लगाएपछि ५ रुपैयाँबाट १० रुपैयाँ मूल्य बनाएको नयाँ पत्रिकाले आज प्रकाशकीय छापेर मूल्य घटाएको हो। हरेक घरमा नयाँ पत्रिका पुर्‍याउने पुर्‍याउने योजनासहित उसले ‘केही साताभित्रै नयाँ पत्रिका छापा माध्यमको इतिहासमै नेपालको सबैभन्दा बढी विक्री हुने पत्रिका बन्ने’…


गल्ती सच्याउँदा मिडियाको विश्वसनीयता बढ्छ

ए.एस. पनीरसेल्भन सन् २०१२ देखि भारतीय पत्रिका ‘द हिन्दु’ का रिडर्स एडिटर छन्। तीन दशकभन्दा लामो समयदेखि पत्रकारिता गरिरहेका पनीरसेल्भन हिन्दुमा छापिएका समाचार सामग्रीमा भएका गल्ती पत्ता लगाउँछन्, भूलसुधार छाप्छन् र त्यसमाथि हिन्दुमै टिप्पणीहरू लेख्छन्। विगतमा ‘दिस इज इन्डिया’, ‘आउटलुक’, ‘सन टेलिभिजन नेटवर्क’ लगायतका मिडियामा विभिन्न भूमिकामा रहेर काम गरेका उनी…


१२ औं वर्षमा नयाँ पत्रिका : एक वर्षभित्र टेलिभिजन ल्याउने, ‘गज्‍जब’ साप्ताहिक नयाँ मोडलमा बन्द

नयाँ पत्रिका दैनिक बाह्रौँ वर्षमा प्रवेश गरेको छ। ११ औँ वार्षिकोत्सवका अवसरमा नयाँ पत्रिकाले नियमित १६ पृष्ठसँगै ६८ पृष्ठको विशेषांक प्रकाशन गरेको छ। ‘गाउँगाउँमा सिंहदरबार’ शीर्षकमा प्रकाशित वार्षिकोत्सव विशेषांकमा सातै प्रदेशलाई लक्षित गरेर सूचनामूलक सामग्रीहरू प्रकाशित छन्। सम्बन्धित प्रदेश, प्रदेश सरकार, प्रदेशभित्र रहेका जिल्ला र त्यसभित्रका स्थानीय तहहरूका बारेमा जानकारी…


नेपाली पत्रकारिताको प्राथमिकता र परीक्षण

हरिहर विरही – समय परिस्थितिअनुसार पत्रकारिताको पनि परिभाषा र प्राथमिकता फेरिन्छन्। नेपालको पत्रकारिता पनि यसमा अपवाद छैन। सञ्चालकहरुले जुन उद्देश्यले मिडिया सञ्चालन गरेको भएपनि केही महत्वपूर्ण विषयमा सबैका प्राथमिकता एकै खालका देखिने गरेका छन्। र, त्यसले निरन्तरता पनि पाइरहेको छ। व्यवसायिक हकहित र त्यसबाट आर्जन हुने निजी उपलब्धिका अतिरिक्त प्रेस…


अबको पत्रकार महासंघ

गोविन्द आचार्य – १. लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक हकको पक्षपोषण १.१. लोकतन्त्रमा मात्रै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्बाध प्रयोगका साथै पत्रकार हकहितको रक्षा हुनसक्छ भन्नेमा महासंघ दृढ छ। महासंघ सधैं लोकतन्त्र, मानवअधिकार, विधिको शासन, स्वतन्त्र न्यायपालिका, सामाजिक न्याय, आवधिक निर्वाचन, राज्यका सबै निकायमा विभिन्न वर्ग,…


यो मुद्दा गोपाल पराजुलीविरुद्ध मात्र हो ? कान्तिपुरको पूर्वाग्रही हेडलाइन

कान्तिपुर दैनिकको अनलाइन संस्करणले बुधबार निवर्तमान प्रधानन्यायाधीश पराजुलीविरुद्ध सर्वोच्चमा रिट शीर्षकमा समाचार पोस्ट गर्‍यो। कृष्ण आचार्यको बाइलाइनको यही समाचार बिहीबार कान्तिपुर दैनिकमा भने बिना बाइलाइन पराजुलीविरुद्ध सर्वोच्चमा रिट शीर्षकमा प्रकाशित छ। दुबै समाचारको लिडमा लेखिएको छ- निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीसहित संवैधानिक परिषद्का पदाधिकारीहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ताहरु हेममणि सुवेदी तथा…


विवादास्पद चर्चले चलाउने पत्रिकासँग ‘नागरिक/रिपब्लिका’ को सम्बन्ध !

नेपाल रिपब्लिक मिडियाको समाचार पोर्टल नागरिकन्युज डट कम र अंग्रेजी पोर्टल माइरिपब्लिका डट कममा सोमबार प्रकाशित समाचारअनुसार जापानको पत्रिका ‘सेकाई निप्पो’ र नेपाल रिपब्लिक मिडियाबीच भगिनी सम्बन्ध कायम भएको छ। ‘जापानमा आयोजित विशेष समारोहमा नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र सेकाई निप्पोका अध्यक्ष मासाहिरो कुरोकीले भगिनी सम्बन्ध स्थापनाको पत्रमा हस्ताक्षर…


‘६१ अर्ब’ को फन्डामा नयाँ पत्रिकाको फरक प्रस्तुति

प्रधानन्यायाधीश गोपाल पराजुली (हाल निवर्तमान) का फरक फरक जन्ममितिका कारण उब्जेको पदावधि विवाद चर्केका बेला कतिपय मिडियामा फरक खालको रिपोर्टिङ आयो। तर विषय उही। हिमालखबर म्यागेजिनमा (अनलाइनमा पोस्ट भएअनुसार फागुन १३ गते) सर्वोच्चको आदेशले मालामाल बन्दै व्यवसायी, टक्टकिंदै राजस्व शीर्षकमा समाचार छापियो। यस्तै फागुन २२ गते कान्तिपुर दैनिकमा अन्तरिम आदेशबाट ६१…


सुरु भएको दुई महिनामै बन्द भयो ‘जनता पोस्ट’ दैनिक

प्रकाशन सुरु भएको छोटो समयमै ‘जनता पोस्ट’ दैनिक बन्द भएको छ। माघ १ गतेदेखि प्रकाशन आरम्भ भएको जनता पोस्ट दुई महिनामै बन्द भएको हो। सम्पादक नारायण अमृतको नेतृत्वमा प्रकाशन आरम्भ भएको यो पत्रिकाको प्रकाशन संस्था जनता पब्लिकेसन प्रालिमा पर्यटन व्यवसायी तेन्जी शेर्पा अध्यक्ष छन् भने प्रबन्ध निर्देशक पासाङ शेर्पा छन्।…