कुन पत्रिका कति छापिन्छन्? यस्तो छ प्रकाशकको दावी


प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७१/७२ को पत्रपत्रिका वर्गीकरणको लागि निवेदन दिएका ९१० पत्रिकाको विवरण सार्वजनिक गरेको छ। काउन्सिल अन्तर्गतको पत्रपत्रिका वितरण सम्परीक्षण समितिमा वर्गीकरणको लागि आवेदन फाराम भर्दा पत्रिकाका प्रकाशकले उपलब्ध गराएको विवरण काउन्सिलले वेबसाइटमा राखेको हो। ‘वर्गीकरणको लागि प्राप्त पत्रपत्रिका र प्रकाशकले दावागरे अनुरुपको प्रतिअंक प्रकाशन संख्याको विवरण’ काउन्सिलले सार्वजनिक गरेको हो।

NewsPapers_in_Nepalकाउन्सिलले वेबसाइटमा राखेको विवरणमा पत्रिकाको नाम, छापिने जिल्ला, पत्रिकाको प्रकार, पत्रिकाको प्रकृति र छापिने प्रति उल्लेख गरिएको छ। यसअघिका वर्षहरुमा पत्रिका कति प्रति छापिन्छ भन्ने विवरण सार्वजनिक हुँदैनथ्यो। यसपटकबाट मिडियालाई पनि पारदर्शी बनाउन विवरण सार्वजनिक गर्न थालिएको काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले बताए।

पत्रपत्रिका प्रकाशकले आवेदन फराममा उल्लेख गरेको प्रतिअंक विक्री/वितरण संख्याका  बारेमा सुझाव/प्रतिक्रिया भए समितिमा पठाउन काउन्सिलले अनुरोध गरेको छ।

हेर्नस् काठमाडौंबाट छापिने प्रमुख ब्रोडसिट दैनिक कतिप्रति छापिन्छन्-

नम्बर पत्रिकाको नाम छापिने प्रति
१. कान्तिपुर तीन लाख ३६ हजार ५६२
२. नागरिक एक लाख ५६ हजार २९
३. द हिमालयन टाइम्स ६१ हजार ९८१
४. अन्नपूर्ण पोस्ट ८५ हजार ५८७
५. नेपाल समाचारपत्र ५६ हजार ८४७
६. राजधानी ४५ हजार २३२
७. रिपब्लिका ४३ हजार ४२४
८. नयाँ पत्रिका ३३ हजार ६३१
९. गोरखापत्र २८ हजार ३९६
१०. कमान्डर पोस्ट २६ हजार ५००
११. दि राइजिङ नेपाल २० हजार ५४०
१२. कारोबार १४ हजार २१९
१३. हिमालय टाइम्स १२ हजार २३७
१४. आर्थिक अभियान ८ हजार ४६८

कान्तिपुर पब्लिकेसन्सको ‘साप्ताहिक’ एक लाख ६८ हजार ८४७ प्रति छापिन्छ भने नेपाल रिपब्लिक मिडियाको ‘शुक्ररबार’ साप्ताहिक ९६ हजार ७०० प्रति छापिन्छ।

पढ्नुस् ९१० पत्रिकाले काउन्सिलमा बुझाएको विवरणः

2 Comments

  • harihar singh rathour (#)
    July 2nd, 2016

    dhading ko khoi ta

  • mahendra raj singh (#)
    July 3rd, 2016

    पत्रपत्रिकाको प्रकाशन वितरणको दावा त हेरियो ! राज्यलाई बढी कर तिर्ने कुन होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.