प्रतीक प्रधान प्रधानमन्त्रीका प्रेस सल्लाहकार नियुक्त


प्रतीक प्रधानको ट्विट।

पत्रकार प्रतीक प्रधान प्रधानमन्त्री सुशील कोइरालाको प्रेस सल्लाहकार नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले प्रधानलाई प्रेस सल्लाहकार नियुक्त गरेको हो।

प्रधानले गत बैशाख १२ गतेबाट लागू हुने गरि नागरिक दैनिकको प्रधानसम्पादकबाट बिदा लिएका थिए। उनको ठाउँमा पत्रकार गुणराज लुइँटेल नियुक्त भएका छन्।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त प्रधानले राज्यमन्त्रीसरह सुविधा पाउनेछन्। उनले सोमबारदेखि पदभार ग्रहण गर्नेछन्।

चलचित्र विकास बोर्डको अध्यक्षमा राजकुमार राई नियुक्त भएका छन्। नेपाल सांस्कृतिक संस्थानको अध्यक्षमा उद्योग राई नियुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.