वाह ! सोसल मिडिया


बिहान ११ बजेर ५६ मिनेटमा गएको भूकम्पको एक घन्टा नबित्दै मोबाइलबाटै भए पनि भूकम्प प्रभावित क्षेत्रमा बसेकाहरूले आफ्नो खबर ट्विटर र फेसबुकमा छरिसकेका थिए। कतिपयले आफू सकुशल रहेको जनाउ दिएका थिए भने कतिले चाहिँ आफू कुनै ठाउँमा अड्किएको वा रोकिएको भनेर खबर दिए। प्रधानमन्त्री सुशील कोइरालाले समेत आफ्नै मुलुकको भूकम्पबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटबाट थाहा पाए। यिनै सामाजिक सञ्जालको माध्यमबाटै विदेशमा रहेका आफन्तले प्रियजन सकुशल रहेको खबर पाए। गाउँ–सहरमा रहेका आफ्ना घरका तस्बिरले उनीहरूलाई ढुक्क बनायो।

ठिक यही बेला सामाजिक सञ्जाल र एप्लिकेसनहरूले नयाँ विशेषता ल्याए। नेपालमा भूकम्प गएको केही घन्टा नबित्दै फेसबुकले ‘सेफ्टी चेक फिचर’ थप्यो। परिवार र साथीभाइलाई आफू ठिक भएको जानकारी गराउन सकिने यो विशेषताले धेरैलाई सजिलो बनाएको फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले भनेका थिए। ‘जब विपत् पर्छ, मानिसहरूलाई आफन्त सुरक्षित छन् भन्ने थाहा पाउनु जरुरी हुन्छ,’ उनले यो विशेषताको बारेमा स्टाटस लेखे।

नागरिकन्युजमा 23 May 2015 |  ९ जेष्ठ, २०७२ मा पोस्ट भएको शिक्षा रिसालको रिपोर्ट पढ्नुहोस्, जहाँ उनले भूकम्पमा सोसल मिडियाले कसरी सघायो भन्नेबारे चर्चा गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.