पत्रकार, जो मारिए/ बेपत्ता पारिए


द्वन्द्वकालमा मारिएका ३० भन्दा बढी सञ्चारकर्मीसँग सम्बन्धीत मुद्दाहरु अलपत्र छन् । सोही अवधिमा हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्याका अभियुक्तहरु पक्राउ परेर अनुसन्धान सुरु भएपछि द्वन्द्वकालदेखि हालसम्म भएका पत्रकार हत्याका घटनाको न्यायिक छानबिन हुनुपर्ने र अभियुक्तहरुलाई कानूनी कठघरामा उभ्याउनुपर्ने आवाज चर्किरहेको छ ।

द्वन्द्वकालमा हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्याका अभियुक्तहरु पक्राउ परेर अनुसन्धान सुरु भएपछि यतिबेला द्वन्द्वकालदेखि हालसम्म भएका पत्रकार हत्याका घटनाको न्यायिक छानबिन हुनुपर्ने र अभियुक्तहरुलाई कानूनी कठघरामा उभ्याउनुपर्ने आवाज चर्किरहेको छ । थापाको हत्यामा आरोपीतहरु विरुद्धको मुद्दा अघि बढेको बेला सोही अवधिमा मारिएका ३० भन्दा बढी सञ्चारकर्मीसँग सम्बन्धीत मुद्दाहरु अलपत्र परेका छन् ।

नेपाल पत्रकार महासंघले पत्रकार हत्या र बेपत्ता पार्ने कार्यमा संलग्नलाई कानूनी कारबाही गर्न माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको छ । र, थापाका हत्या आरोपीलाई पक्राउ गरेपछि एमाओवादीले पनि त्यसको प्रतिवादमा आफ्ना तर्फबाट मुद्दा ब्यूँत्याउने र मुद्दा दायर गर्ने तयारी गरेको छ ।

महासंघको तथ्यांक अनुसार द्वन्द्वकालदेखि हालसम्म ३५ जना पत्रकारको हत्या भएको छ भने ३ जना पत्रकार बेपत्ता छन् ।

यो पनि पढ्नुहोस्ः

पत्रकार महासंघले पत्रकार हत्या र बेपत्ताबारे छानबिन गर्न उच्चस्तरीय अयोग गठन गर्न माग गरेको छ । पत्रकारको आन्दोलन चर्किँदो छ । यही हिसावले जाने हो भने अब एक-एक मुद्दा ब्यूँतिने देखिन्छ ।

महासंघको आन्दोलन कसरी अघि बढ्छ र पत्रकार हत्या र बेपत्ता पार्नेहरुमाथि सरकारले कस्तो कदम चाल्छ भन्ने जान्न केही दिन कुर्नैपर्ला ।

अहिलेलाई मारिएका र बेपत्ता भएका पत्रकार को को हुन् र हत्यामा कुन पक्ष संलग्न थियो जानिराखौँ ।

क्र.स. नाम सम्बद्ध संस्था मिति मृत्यूको कारक
देवकुमार आचार्य जनादेश साप्ताहिक २०५८/४/८ सरकार
कञ्चन प्रियदर्शी नेपाल पत्रकार महासंघको सिन्धुपाल्चोक शाखाका पूर्व सचिव २०५९/१/१६ सरकार
कृष्ण सेन जनादेश साप्ताहिक २०५९/२/१३ सरकार
कमल ए.सी. जनदिशा साप्ताहिक २०५९/६/१५ सरकार
राजकुमार केसी रासस २०५९/७/७ सरकार
नवराज शर्मा ‘बसन्त’ कदम साप्ताहिक २०५९/१/१९ माओवादी
अम्बिका तिमल्सिना जनादेश साप्ताहिक र महिमा साप्ताहिक २०५९/८/२५ माओवादी
कुमार घिमिरे जनप्रभात साप्ताहिक २०५९/७/१६ सरकार
ज्ञानेन्द्र खड्का रासस २०६०/४/२१ माओवादी
१० विनोद सजना चौधरी जनादेश साप्ताहिक २०५९/६/१४ सरकार
११ नगेन्द्र पोखरेल जनादेश साप्ताहिक २०६०/९/७ सरकार
१२ गोपाल गिरी साप्ताहिक मञ्च २०६०/१०/१ माओवादी
१३ पदमराज देवकोटा कर्णाली सन्देश र मुरीचौला मासिक २०६०/१०/२४ सरकार
१४ डेकेन्द्रराज थापा रेडियो नेपाल २०६१/४/२७ माओवादी
१५ बद्री खड्का जनादेश साप्ताहिक २०६१/५/१३ सरकार
१६ धनवहादुर रोका मगर रेडियो नेपाल २०५९/१०/१६ माओवादी
१७ खगेन्द्र श्रेष्ठ धरान टुडे २०६१/१२/१९ माओवादी
१८ महेश्वर पहाडी राष्ट्रिय स्वाभिमान साप्ताहिक २०६२/६/१८ सरकार
१९ बीरेन्द्र शाह एभिन्यूज टिभी, दृष्टि साप्ताहिक, नेपाल एफएम २०६४/६/१८ माओवादी
२० पुष्करबहादुर श्रेष्ठ न्यू हाइवे र न्यू सिजन साप्ताहिक २०६४/९/१८ जेटीएमएम–जे
२१ आनन्दकुमार थापा जनादेश साप्ताहिक २०६१ भाद्र सरकार
२२ भीमबहादुर घर्ती माओवादी रेडियोको सम्बाददाता २०६० सरकार
२३ सुवास मैनाली माओवादी रेडियोको सम्बाददाता २०६१ सरकार
२४ मोहन खनाल जनबिद्रोह साप्ताहिक २०६२ सरकार
२५ ईश्वर ढुंगाना जनबिद्राह साप्ताहिक २०६२ सरकार
२६ चिनबहादुर बुढा जनादेश साप्ताहिक २०६२/११/१६ सरकार
२७ जगतप्रसाद जोशी (जेपी पण्डित) जनादेश दैनिक २०६५/०८/१३ माओवादी
२८ उमा सिंह जनकपुर टुडे, रेडियो टुडे एफएम २०६५/०९/२७ अज्ञात
२९ जमिम शाह अध्यक्ष च्यानल नेपाल (सञ्चार उद्यमी) २०६६/१०/२४ अज्ञात
३० अरुण सिहानिया सञ्चार उद्यमी २०६६/११/१७ अज्ञात
३१ देविप्रसाद धिताल (हेमराज) सञ्चार उद्यमी २०६७/४/६ अज्ञात
३२ बबुर खरेल सञ्चारकर्मी २०६८/४/१० अज्ञात
३३ यादव पौडेल मेची टाइम्स, राजधानी र एभिन्यूज २०६८/१२/२१ अज्ञात
३४ सन्तोषकुमार गुप्ता सञ्चार उद्यमी (बिन्दास एफएम्) २०६९/३/२२ अज्ञात
३५ चन्दन नेपाली गुल्मीको रेडियो स्काईप २०६९/०५/२७ अज्ञात

बेपत्ता पारिएका पत्रकारको सूचि:

 

क्र.स. नाम सम्बद्ध संस्था मिति कराक
मिलन नेपाली जनादेश साप्ताहिक ललितपुर २०५६।२।२६ सरकार
प्रकाशसिंह ठुकरी राजधानी दैनिक कञ्चनपुर २०६४।३।२१ माओवादी
चित्रनारायण श्रेष्ठ सुन्धली

(नोटः यसमा छुट भएका अन्य मारिएका पत्रकारहरुको विवरण पुष्टि गर्ने क्रम जारी छ)

श्रोतः नेपाल पत्रकार महासंघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.