यसरी चलाउँछन् पत्रकारले सोसल मिडिया


सुन्दा तपाईँलाई अचम्म लाग्ला नेपालका २० प्रतिशत पत्रकार फेसबुक, ट्वीटर र युट्यूब प्रयोग गर्दैनन् । नेपाल पत्रकार महासंघले पत्रकारमाझ इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगबारे गत बैशाख महिनामा गरेको सर्वेक्षणले २० प्रतिशत पत्रकारले फेसबुक, ट्वीटर र युट्यूब प्रयोग नगर्ने तथ्य सार्वजनिक गरेको हो ।

फेसबुक नम्बर १, दोश्रोमा ट्वीटर र युट्यूब

फोटोः http://samanthacheney.com/
फोटोः http://samanthacheney.com/

सहभागी मध्ये ८७.६ प्रतिशतले दैनिक र आफ्नो व्यक्तिगत कार्यको लागि इन्टरनेट प्रयोग गर्छन् । गर्दछन् । सर्वेक्षणका अनुसार नेपालका करिब ७० प्रतिशत पत्रकारले फेसबुक प्रयोग गर्छन् । करिब ६९.९ प्रतिशत पत्रकारले व्यक्तिगत कार्यका लागि फेसबुकको प्रयोग गर्छन् भने यसको आधाले व्यक्तिगत र व्यवसायिक दुबै कार्यका लागि प्रयोग गर्छन् । ६ प्रतिशतले नितान्त व्यवसायिक कार्यमा फेसबुक प्रयोग गर्ने गरेको बताएका छन् ।

सर्वेक्षणका सहभागीमध्ये करिब ५० प्रतिशतले ट्वीटर र युट्युव प्रयोग गर्छन् । करिब ४० प्रतिशत सहभागीले लिंकडिन र २८ प्रतिशतले विकिपेडिया चलाउँछन् । ४६.८ प्रतिशत पत्रकारको आफ्नै ब्लग छ । सहभागीमध्ये ९.४ प्रतिशतले व्यवसायिक प्रयोजनका लागि ब्लगको प्रयोग गर्छन् ।

५८ प्रतिशत सहभागीले सुचना आदानप्रदानका लागि, ७१.२ प्रतिशतले सूचनाका लागि, ६५.२ प्रतिशतले नयाँ जानकारीका लागि, ३३.५ प्रतिशतले व्यवसायिक विकासका लागि र २७.९ प्रतिशतले जानकारी पुष्टिका लागि सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका छन् । यस्तै नवीन सोचका लागि ३३.७ प्रतिशत र अनुसन्धानका लागि ३७.१ प्रतिशतले सामाजिक सञ्जालको प्रयोग गर्ने सर्वेक्षणले देखाएको छ ।

रमाइलो कुरा के छ भने कहिलेकाहीँमात्र इनटरनेट प्रयोग गर्ने (महिनाको एकपटकभन्दा कम) पत्रकारको प्रतिशत १.३ छ । यस्तै ०.३ प्रतिशतले महिनाको एकचोटीमात्र इन्टरनेट प्रयोग गर्छन । यस्तै ०.५ प्रतिशतले महिनाको २३ पटकमात्र इन्टरनेट चलाउँछन् । १.७ प्रतिशतले हप्तामा एकपटकमात्र इन्टरनेट चलाउँछन् । ८.४ प्रतिशतले हप्तामा २३ पटक र ८७.६ प्रतिशतले दैनिक इन्टरनेट चलाउँछन् ।

सर्वेक्षणले १६ प्रतिशत पत्रकार इन्टरनेट चलाउन साइबर क्याफे जाने गरेको तथ्य सार्वजनिक गरेको छ । सर्वेक्षणमा सहभागी झण्डै आधा पत्रकार घरबाटै इन्टनेट चलाउँछन् । ७६.२ प्रतिशतले कार्यालयबाट, ४९.७ प्रतिशतले घरबाट र २३.१ प्रतिशतले मोबाइलबाट इन्टरनेट चलाउने गर्छन् ।

सर्वेक्षणमा १ हजार १ सय १९ जनाले सहभागिता जनाएकोमा १ हजार ७९ (९६.४ प्रतिशत) ले सबै प्रश्नको उत्तर दिएका थिए । सर्वेक्षणमा ११.७ प्रतिशत पत्रकार महिला र ८८.३ प्रतिशत पुरुष सहभागी छन् ।

इन्टरनेटमा पहुँच भएका मध्ये ६४.५ प्रतिशत छापा, ३७.८ प्रतिशत रेडियो र २६.५ प्रतिशत टेलिभिजनमा आवद्ध छन् । सहभागीमध्ये करिब १२.२ प्रतिशत अनलाइन पत्रकार छन् ।

महासंघले सर्वेक्षण फारम अनलाइनमा नै भर्न सकिने व्यवस्था गरेको थियो ।

सोसल मिडिया सर्भे रिपोर्ट २०१२ डाउनलोड गर्नुहोस्