सम्पादक पत्रकार हो, म्यानेजर होइन : युवराज घिमिरे

पत्रकार युवराज घिमिरे तीन दशकदेखि पत्रकारितामा छन्। राजधानीबाट प्रकाशित ब्रोडसिट दैनिकहरू ‘कान्तिपुर’, ‘नागरिक’, ‘अन्नपूर्ण पोस्ट्’ र ‘राजधानी’मा सम्पादक रहिसकेका उनले भारतका ‘टेलिग्राफ’, ‘आउटलुक’ र ‘इन्डिया टूडे’लगायत पत्रिकामा काम गरेका छन्। हाल भारतीय पत्रिका ‘इन्डियन एक्सप्रेस’का स्तम्भकार घिमिरेसँग सम्पादकको भूमिका र सम्पादकीय स्वतन्त्रतालगायत विषयमा रविराज बरालले गरेको कुराकानी : सम्पादक कस्तो भूमिका हो ?…


विजयकुमार अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप सम्पादक

पत्रकार विजयकुमार पाण्डे अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप सम्पादक नियुक्त भएका छन्। उनलाई नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापासहितले बिहीबार संस्थामा स्वागत गरेका छन्। अन्नपूर्णपोस्ट डट कमका अनुसार पाण्डेले नेटर्वकका ‘अन्नपूर्ण पोस्ट्’ दैनिक, ‘अन्नपूर्ण टुडे’ साप्ताहिक, ‘अन्नपूर्ण सम्पूर्ण’ साप्ताहिक, एपीवान एचडी टेलिभिजन र रेडियो अन्नपूर्ण नेपालको ग्रुप सम्पादकको रुपमा काम गर्नेछन्। यी…


अन्‍नपूर्ण पोस्टको सम्पादकमा राजाराम गौतम नियुक्त, प्रधान सम्पादक पद खाली ?

अन्नपूर्ण पोस्ट दैनिकको सम्पादकमा पत्रकार राजाराम गौतम नियुक्त भएका छन्। नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि (थ्रीएनआइ) को बोर्ड बैठकले गौतमलाई सम्पादक नियुक्त गरेको हो। अन्नपूर्ण पोस्टका नवनियुक्त सम्पादक गौतमले मिडिया कुराकानीसँग कुरा गर्दै माध्यमहरूको विविधता र सहज उपलब्धताले पत्रिकामा पाठकहरूको आकर्षण घट्दै गएको अहिलेको परिवेशमा पाठकमा अभिरुची जाग्ने सामग्री पस्किने…


अन्‍नपूर्ण पोस्टका प्रधान सम्पादक युवराज घिमिरेद्वारा राजीनामा

अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरेले राजीनामा दिएका छन्। उनले शुक्रबार पदबाट राजीनामा दिएको मिडिया कुराकानीलाई बताए। ‘आज राजीनामा दिएँ’, घिमिरेले भने, ‘अहिले यत्ति भन्न सक्छु कि- मैले साथीहरूलाई भनेँ- तीन वर्षसम्म तपाईँहरूसँग काम गरेँ, सहयोग पाएँ, गरेका कामहरूमा टिम वर्कका कारण सफलता पनि पायौँ, इमान्दारितासाथ काम गर्‍यौँ’, घिमिरेले…