हारेँ भने पनि ७ गतेदेखि तपाईँसँग रिपोर्टिङमा हुन्छु, बाइलाइन लेख्छु : उजिर मगर

नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले आसन्न २५ औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। अध्यक्षमा उनको उम्मेदवारी र भदौ ४ र ५ गते महाधिवेशनको तयारीका बारेमा उनीसँग गरिएको कुराकानी : मेरो उम्मेदवारी अध्यक्ष पदका दुई उम्मेदवार (तीर्थ कोइराला र गोविन्द आचार्य) विरुद्ध होइन भन्दै हिँड्नुभएको छ। यसो भन्नुपर्ने…


पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्यको उम्मेदवारी किन? अन्तर्वार्ता

नेपाल पत्रकार महासंघको आसन्न २५ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि तीनजना पत्रकारले उम्मेदवारी घोषणा गरेका छन्। तीर्थ कोइराला, गोविन्द आचार्य र उजिर मगर अध्यक्ष पदमा भिड्दैछन्। हामी अध्यक्ष पदका यी तीनजना उम्मेदवारका एजेन्डा के हुन् भन्नेबारे उनीहरूसँग क्रमशः कुराकानी गर्दैछौँ। आज प्रस्तुत छ महासंघको अध्यक्ष पदका उम्मेदवार गोविन्द आचार्यसँगको कुराकानी…


‘समाचारमा मोलमोलाइ’ बारेको छानबिन प्रतिवेदनले उब्जाएका प्रश्नहरू

पत्रकार, पत्रकारिता र मिडियासँग सम्बन्धित ससाना विषयमा पनि बोल्ने नेपाल पत्रकार महासंघ आफ्नै केन्द्रीय सदस्य समेत रहेका पत्रकार सुरज आचार्यले एक ग्यारेज सञ्चालकसँग समाचारमा मोलमोलाइ गरेको विषयमा लामो समय मौन बस्यो। स्टिङ अपरेसन सार्वजनिक भएको २७ दिनपछि बल्ल उसले मौनता तोडेको छ तर काइते भाषामा। समाचारमा मोलमोलाइबारेको मौनतामाथि प्रश्न गर्दै…


पत्रकार महासंघको महाधिवेशन सर्‍यो, भदौ ४ र ५ मा हुने

नेपाल पत्रकार महासंघको २५ औँ महिधेवेशन सरेको छ। असार २२ र २३ गते हुने भनिएको महासंघको महाधिवेशन भदौ ४ र ५ गते गर्ने निर्णय महासंघको सचिवालय बैठकले गरेको हो। किन सर्‍यो? पत्रकार महासंघका महासचिज उजिर मगरले निकालेको विज्ञप्तिमा दोस्रो चरणको स्थानीय तह निर्वाचनका कारण महासंघको महाधिवेशन सार्नपरेको उल्लेख छ। विज्ञप्तिमा…


पत्रकार महासंघबाट दीपेन्द्र कुँवरले दिए राजीनामा, नेतृत्व अपारदर्शी भएको आरोप

अपारदर्शी ढंगले नयाँ सदस्यता वितरण गरिएको भन्दै २०७३ चैत २० गते नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरले पदबाट राजीनामा दिए। नगरकोटमा भएको महासंघको बाह्रौँ बैठकमा उनले आफ्नो राजीनामा बुझाएका हुन्। उनी २०७० बैशाखमा भएको महासंघको २४ औँ महाधिवेशनबाट खुला तर्फबाट केन्द्रीय सदस्य चुनिएका थिए। विश्व प्रेस स्वतन्त्रता दिवस अर्थात…


‘पत्रकार महासंघले नयाँ सदस्यको सूची लुकायो’

२५ औं महाधिवेशनका लागि जिल्ला, प्रतिष्ठान शाखा र एसोसिएटहरुको अधिवेशनको तयारी भैरहँदा नेपाल पत्रकार महासंघमा सदस्यता विवाद चर्केको छ। महासंघमा को सदस्य बन्दैछ भन्ने सिंगो केन्द्रीय समितिलाई नै थाहा नभएको भन्दै महासंघका तीनजना केन्द्रीय सदस्यले प्रेस विज्ञप्ति निकालेपछि सदस्यता विवाद छताछुल्ल भएको हो। फागुन महिनाभर ८ चरणमा सबै जिल्ला, प्रतिष्ठान…


चाबी बुझाउँछौँ भन्ने मिडिया मालिकको यसरी गरे पत्रकारले प्रतिवाद

न्युनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ कार्यान्वयन नगर्न सरकारलाई दबाब दिइरहेका मिडिया सञ्चालक र नेपाल पत्रकार महासंघका प्रतिनिधिबीच गत चैत २६ गते शुक्रबार सिंहदरबारमा बाझाबाझ भयो। सञ्चार मन्त्रालय श्रोतका अनुसार १९ हजार ५०० लागू गरे मिडिया उद्योग धरासायी हुने मिडिया सञ्चालकहरुले तर्क गरेपछि…