गल्ती सच्याउँदा मिडियाको विश्वसनीयता बढ्छ

ए.एस. पनीरसेल्भन सन् २०१२ देखि भारतीय पत्रिका ‘द हिन्दु’ का रिडर्स एडिटर छन्। तीन दशकभन्दा लामो समयदेखि पत्रकारिता गरिरहेका पनीरसेल्भन हिन्दुमा छापिएका समाचार सामग्रीमा भएका गल्ती पत्ता लगाउँछन्, भूलसुधार छाप्छन् र त्यसमाथि हिन्दुमै टिप्पणीहरू लेख्छन्। विगतमा ‘दिस इज इन्डिया’, ‘आउटलुक’, ‘सन टेलिभिजन नेटवर्क’ लगायतका मिडियामा विभिन्न भूमिकामा रहेर काम गरेका उनी…