पत्रकार खेम भण्डारी र गणेश भट्ट २८ घण्टापछि रिहा

कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने ‘दैनिक मानसखण्ड’ पत्रिकाका प्रकाशक एवं प्रधान सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक जी. भट्ट रिहा भएका छन्। प्रहरीले भण्डारी र भट्टलाई २८ घण्टापछि आइतबार हिरासतमुक्त गरेको हो। पत्रिकामा प्रकाशित समाचार सामग्रीसँग सम्बन्धित उजुरीको अनुसन्धानका लागि भन्दै प्रहरीले उनीहरूलाई शनिबार दिउसो पक्राउ गरेको थियो। पढ्नुस् : प्रहरीले…


किन पक्राउ परे ‘दैनिक मानसखण्ड’ का पत्रकार भण्डारी र भट्ट? यस्तो छ घटनाको नालीबेली

प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने ‘दैनिक मानसखण्ड’ पत्रिकाका प्रकाशक एवं प्रधान सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक जी. भट्टलाई पक्राउ गरेको छ। प्रहरीले शनिबार दिउसो फरक फरक ठाउँबाट भण्डारी र भट्टलाई पक्राउ गरेको हो। भण्डारी भीमदत्त नगरपालिका १८ कटानस्थित पत्रिकाको कार्यालयबाट पक्राउ परेका हुन् भने कार्यकारी सम्पादक भट्ट महेन्द्रनगर बजारबाट…


आचारसंहिता पालनाबाट गरौँ प्रेस स्वतन्त्रताको उपयोग

विनोद ढुङ्गेल– अहिले नेपाली पत्रकार तथा सञ्चारमाध्यमका लागि कायम रहेको आचारसंहितालाई विस्थापित गरी नयाँ आचारसंहिता जारी गर्ने तयारी भइरहेको छ। स्वाभाविक र जायज रुपले नेपाली पत्रकारहरूको एक मात्र छाता संस्था नेपाल पत्रकार महासङ्घको सहमतिविना त्यो सम्भव छैन। यसअघिको प्रचलन पनि त्यही नै रहेको छ। यस प्रक्रियामा मस्यौदा आचारसंहिताको विषयवस्तुमाथिको छलफलका…


प्रेस स्वतन्त्रताका सीमाहरु

डा. रामकृष्ण तिमल्सेना- प्रेस स्वतन्त्रता व्यक्तिगत स्वतन्त्रताकै एक रुप हो। यो स्वतन्त्रता सबै स्वतन्त्रताहरुको जननी हो। यससँग प्रजातन्त्र र विधिको शासन जोडिएका हुन्छन्। यो स्वतन्त्रता प्रेसको आफ्नो निजी संरचनाको रक्षार्थ नभई जनताको सुसूचित हुने अधिकारसँग जोडिएको हुन्छ। सूचना र समाचार खोज्ने, पाउने र त्यस्तो सूचना र समाचार सञ्चारका कुनै पनि…


कर तिर्दा कन्नेलाई प्रेस स्वतन्त्रताको चिन्ता !

  प्रेस स्वतन्त्रताको परिभाषा के हो ? प्रेस स्वतन्त्रतासँग मिडियाका सञ्चालकहरुले राज्यलाई नियमानुसार तिर्नुपर्ने करको कति सम्बन्ध हुन्छ ? नियमानुसार लाग्ने कर तिर्न सरकारले गरेको आग्रहलाई ‘प्रेस स्वतन्त्रता बिरोधी काम गर्‍यो’ भनेर मिडिया संचालकहरुले गंभीर प्रश्न खडा गरिदिएका छन् । सरकारले गत असार २२ गते गोरखापत्रमा सूचना प्रकाशित गरि नवीकरणको…