गत शनिबारदेखि अनलाइनखबरले आफ्नो डिजाइन परिवर्तन गरेको छ। स्थापनादेखि नै वर्डप्रेस सिस्टममा बनेको यो समाचार पोर्टलमा नयाँ थिम एक्टिभेसनसँगै फिचरहरूमा केही परिवर्तन देखिएको छ। देब्रेतिर लोगो र दाहिनेतिर विज्ञापन राखिएको हेडरमा कुनै परिवर्तन गरिएको छैन। तर हेडरमा गाढा निलो रङको मेनुबारलाई नयाँ डिजाइनमा चहकिलो बनाइएको छ। पहिलेको होम आइकन हटाएर…
उमेश श्रेष्ठ – १८ वर्षअघि नेपालको समाचार थाहा पाउन पाठकसँग एकमात्र अनलाइन विकल्प थियो, ‘नेपाल न्युज डट कम’ । हाल बन्द भइसकेको यही वेबसाइटमा सरकारी गोरखापत्र र राइजिङ नेपालदेखि निजी पत्रिका कान्तिपुर र काठमाडौं पोस्ट अनि नाम चलेका सबै साप्ताहिक पत्रिका यसैमा पढ्न पाइन्थे । त्यसो त नेपाल न्युजले आफैंले समाचार पनि…
म पनि अनलाइनमा काम गर्न चाहन्छु, मैले के गर्नुपर्छ? पढाइ सकियो, अब पत्रकारिता गर्नुपर्यो। लौ न कतै काम खोजिदेउ। म पनि अनलाइन सुरु गर्न चाहन्छु। लौ न आइडिया दिनुपर्यो। अनलाइनमा काम गर्ने कोही मान्छे छैनन्? राम्रो मान्छे खोज्दिनुपर्यो। अनलाइनमा काम गर्न जो पायो त्यसैले कहाँ सक्छ? एउटा कुरा जानेर हुन्छ…
समाचार पोर्टलको भिडमा अब अर्को समाचार पोर्टल थपिएको छः बाह्रखरी डट कम। २०७२ फागुन ७ अर्थात प्रजातन्त्र दिवसको दिनबाट बेटा संस्करणमा सुरु भएको बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधान हुन्। काठमान्डु पोस्टमा सम्पादक, नागरिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाको स्थापनाकालमा समूह सम्पादक, कारोबार दैनिकमा सम्पादक र नागरिक दैनिकको प्रधान सम्पादक रहेका…
यो सामग्रीको हेडलाइन हामीले लेखेका होइनौँ, चर्चित समाचार पोर्टल अनलाइनखबरका पाठकले एउटा समाचारमा यस्तो कमेन्ट गरेका हुन्। पाठक तान्ने उद्धेश्यले ब्लगस्पट साइटहरु बनाएर कसरी हुँदै नभएका कुरालाई खबरको रुप दिइन्छ भन्नेबारेको सामग्री त तपाईँले हेर्नुभएकै होला। अब तिनै हावा ब्लगस्पटको सिको गर्दै नाम चलेका समाचार पोर्टलले पनि घटना वा प्रसंगलाई…
हिजोआज मानिसहरुले सामाजिक सञ्जालहरुमार्फत नयाँ नयाँ खबर थाहा पाउँछन्। त्यहाँ सेयर हुने लिंक क्लिक गरेर मानिसहरु समाचार सामग्री वा वेबसाइटहरुमा पुग्छन्। आफ्नो नेटवर्कमा रहेकाहरुले सेयर गरेका सामग्री टाइमलाइनमा देखिएपछि स्वभाविक रुपमा चासो हुन्छ, क्लिक गरिन्छ र पढिन्छ। तर सामाजिक सञ्जालमा सेयर भएका सबै कुरा सत्य हुँदैनन्। गएका केही दिन इन्टरनेट…
अहिले नेपालमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास लगायत इन्धनको अभाव छ। तराई मधेसमा करिब तीन महिनादेखि चलेको आन्दोलन र भारतको ‘अघोषित नाकाबन्दी’ ले इन्धनमात्र होइन, अन्य उपभोग्य बस्तुको पनि अभाव चुलिँदैछ। यसबीचमा मिडियामा यसका बारेमा खुब समाचार सामग्री आएका छन्। इन्धन अभावसँग जुध्ने एउटा उपाय यसको खपतमा मितव्ययीता अपनाउनु…
तपाईँलाई थाहा छ प्रधानमन्त्री निर्वाचनलाई प्रभावित पार्न ठूलो आर्थिक चलखेल भयो रे नि? एसबीआई बैंकको एउटा खातामा ९३ करोड भारतीय रुपैयाँ भारतबाट ट्रान्सफर भयो रे। अझ सुन्ने हो? चेन्नइको एक बैंकबाट नेपालस्थित भारतीय दूतावासका कर्मचारीको नाममा उक्त रकम आएको हो रे। ए ती कर्मचारीको नाम पनि सार्वजनिक भैसकेछः टुराई मार्गन।…
दुई वर्षअघि Alexa मा Yahoo लाई जित्दा अनलाइनखबरले हेडलाइन बनाएको थियो- ‘अनलाइनखबरले याहुलाई जित्यो’ (Page not found)। फेसबुकमा भने यो पोस्ट भेटियो। अनलाइनमा समाचार पढ्ने धेरैले नेपालमा सबैभन्दा ‘चर्चित’ न्युज पोर्टल अनलाइनखबरलाई नै मान्छन्। किनभने यो यो नेपालमा वेबसाइटमध्ये Alexa मा एक नम्बरमा छ। यो भन्दा अघि Facebook, Google, YouTube…