मिडिया सोसाइटीको ठहर : ‘न्यूनतम पारिश्रमिक वृद्धि- प्रेस स्वतन्त्रतामाथिको तरबार’

न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्न मिडिया सञ्‍चालकहरूको माग मिडिया सञ्चालकहरूको संस्था नेपाल मिडिया सोसाइटीले न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई ‘असान्दर्भिक र औचित्यहीन’ भन्दै श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन समितिले गरेको सिफारिस लागू नगर्न सरकारलाई चेतावनी दिएको छ। तलब बढाउन गरिएको सिफारिसलाई उसले ‘वाहियात’ भनेको छ। न्यूनतम पारिश्रमिक निर्धारण समिति ‘राजनीतिक…


पत्रकारको न्यूनतम तलब बढाउन सिफारिस, कसको कति बढ्ने भयो ?

न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार प्रतिष्ठानहरूमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिकमा पुनरावलोकन गर्दै नयाँ तलबमान सिफारिस गर्ने निर्णय गरेको छ। भदौ २४ र २५ गते दुई दिन सम्म काठमाडौंमा सम्पन्न समिति बैठकले श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिकमा करिब ५० प्रतिशतको हाराहारीमा वृद्धि गरी नयाँ तलवमान सिफारिस गर्ने…