वाह ! सोसल मिडिया

बिहान ११ बजेर ५६ मिनेटमा गएको भूकम्पको एक घन्टा नबित्दै मोबाइलबाटै भए पनि भूकम्प प्रभावित क्षेत्रमा बसेकाहरूले आफ्नो खबर ट्विटर र फेसबुकमा छरिसकेका थिए। कतिपयले आफू सकुशल रहेको जनाउ दिएका थिए भने कतिले चाहिँ आफू कुनै ठाउँमा अड्किएको वा रोकिएको भनेर खबर दिए। प्रधानमन्त्री सुशील कोइरालाले समेत आफ्नै मुलुकको भूकम्पबारे…


रिपोर्टरको डायरीः पीडा भुलेर रिपोर्टिङ

अरु बेला पीडामा बसेको व्यक्तिको समाचार र आलेख लेख्थे, लेखिरहें। आज आफ्नै कुरा लेख्दै छु। बैशाख ३१ गते मेरा सहकर्मी फोटोपत्रकार निमेषजंग राईका साथ भारतीय वायु सेनाको हेलिकप्टरमा चरिकोट पुगियो। बजार सुनसान थियो। सातदोबाटोबाट चरिघ्याङ तर्फको ठूला होटल भत्किएको थियो। त्यो बाटो हिँड्न पनि डरमर्दो थियो। कुनैपनि बेला घर भत्किन…


जब क्यामेरा बजार्दै उनले भने- मेरी छोरी मरेकी छ, तिमीहरु फोटो खिच्ने?

मेरो क्यामेरा भित्तामा बजारिएको थियो, एकछिनअघि भुइँमा बजारिएको धरहराजस्तै। एकपटक होइन तीनचारपटक। हेर्दाहेर्दै मेरो क्यामेरा पनि टुक्राटुक्रा बन्यो। धरहराजस्तै। ‘म पत्रकार हो’, एक अधवैशेँले मेरो क्यामेरा तान्दै गर्दा मैले सम्झाउन खोजेँ। ‘मेरी छोरी मरेकी छ, तिमीहरु फोटो खिच्ने?’, उनले मेरो कुरा सुनेनन्। अन्ततः मेरो क्यामेरा उनको हातमा थियो। उनको आक्रोशका…