८ औं वर्षमा नेपाल रिपब्लिक मिडियाः दोहोरियो टिभी र म्यागेजिन ल्याउने पोहोरकै घोषणा

नेपाल रिपब्लिक मिडिया आठौँ वर्ष प्रवेश गरेको छ। लोकतन्त्र स्थापनाको अवसर पारेर सात वर्षअघि सुरु भएको नेपाल रिपब्लिक मिडियाले नागरिक दैनिक, रिपब्लिका अंग्रेजी दैनिक र शुक्रबार साप्ताहिक प्रकाशन गर्छ। यो संस्थाले समाचार पोर्टलहरु नागरिकन्युज डट कम र माइरिपब्लिका डट कम पनि सञ्चालन गर्छ। साथै यसले इन्टरनेसनल न्युयोर्क टाइम्सलाई रिपब्लिका दैनिकसँगै…


धर्म निरपेक्षता विरुद्धको विज्ञापन छाप्ने मिडियालाई पाँच प्रश्न

काठमाडौंबाट छापिने केही दैनिक पत्रिकाले मंगलबारका अंकहरुमा धर्म निरपेक्षता खारेजीको मागसहित हुन लागेको ‘२४ घण्टे शान्तिपूर्ण सत्याग्रह’ सम्बन्धि विज्ञापन महत्वका साथ प्रकाशन गरेका छन्। नागरिक दैनिक, अन्नपूर्ण पोस्ट दैनिक तथा नयाँ पत्रिका दैनिकले धर्म निरपेक्षता खारेजीको माग सहित बुधबार हुन लागेको कार्यक्रमको विज्ञापन छापेका हुन्। यस्तै रातोपाटी डट कमले समेत…


प्रधान सम्पादक बिदा भएको पाठकलाई पत्तो नदिने?

आजको कुराकानी पत्रकार दिनेश आचार्यको फेसबुक स्ट्याटसबाट सुरु गरौँ। उनले फेसबुकमा लेखेका छन्- गुणराज लुइँटेलले सम्पादन गरेको पहिलो दिनको नागरिक पढियो। आफ्नै नियुक्तिको समाचार पनि उनैले अवश्य हेरे होलान। तर त्यसमा अघिल्लो दिनसम्म को सम्पादक थिए? र कहिले छाडे? भन्ने समेत छैन। कृतघ्नताको पराकाष्ठा ! आजको कान्तिपुरको एभिन्युजन टिभीसम्बन्धी समाचारको…


‘हामीले पत्रकारितामा धेरै कुरा ‘मिस’ गरेका छौँ, ती पुरा गर्ने रहर छ’

पत्रकार गुणराज लुइँटेल नागरिक दैनिकको सम्पादक नियुक्त भएका छन्। प्रधान सम्पादक प्रतीक प्रधानले सोमबार राजीनामा दिएपछि पाँचौ सम्पादकको पर्खाइमा रहेको नेपाल रिपब्लिक मिडिया प्रालिले लुइँटेललाई मंगलबार नागरिक दैनिकको सम्पादक नियुक्त गरेको हो। रिपब्लिक मिडियाद्वारा सञ्चालित नागरिकन्युज डट कमले ‘नेपाल रिपब्लिक मिडिया सञ्‍चालक समितिको बोर्डले उनलाई मंगलबार सम्पादकमा नियुक्त गरेको’ लेखेको…


पाँचौ सम्पादक कुर्दै नागरिक, राजीनामा दिएका प्रतीकको के छ प्लान?

एक महिनायता भूकम्प, परकम्प, उद्धार. राहत. हेलिकप्टर, कालिगण्डकी, पहिरोका आसपासमा नेपाली पत्रकारिता घुमिरहेको छ। आज अलि फरक समाचार लेखियोः नागरिकका प्रधान सम्पादक प्रतीक प्रधानद्वारा राजीनामा, नयाँ सम्पादक ‘डिसिजन भएको छैन’। राजीनामा दिनु र जिम्मेवारीबाट बिदा लिनु एउटै कुरा हुन् वा फरक छुट्याउने जिम्मा तपाईँको। खासमा ‘नागरिक’ का प्रधान सम्पादक प्रतीक…


नागरिकका ७७ पत्रकारले मागे स्थायी नियुक्ति

रिपब्लिक मिडियाका ७७ जना पत्रकारले सेवामा प्रवेश गरेको वर्षौँ बितिसक्दा पनि स्थाई नियुक्तिपत्र प्रदान नगरी सेवाको सुरक्षा तथा उपदान, सञ्चयकोष लगायतका सामाजिक सुरक्षाका प्रावधानबाट बञ्चित गरिंदै आएको भन्दै स्थायी नियुक्तिको पहल गरिदिन विभागमा निवेदन दिएका छन् । व्यवस्थापनले आधा दर्जन पत्रकारको करार अवधि नवीकरण नगरेर निकाल्ने षड्यन्त्र गरेपछि झस्किएका नेपाल रिपब्लिक मिडियाका…


यसकारण भयो नागरिकमा आक्रमण

सुरुमा नेपाल रिपब्लिक मिडियामा भएको तोडफोड, प्रधान सम्पादक, त्यहाँ कार्यरत अन्य पत्रकार र कर्मचारीमाथि भएको आक्रमण र कुटपिटप्रति प्रति घोर भत्र्सना। मिडिया, मिडियाकर्मी वा अन्य जुनसुकै पेशा व्यवसायमाथि आक्रमण निन्दनीय छ। यस प्रकारका हर्कत गर्नेहरुलाई राज्यले दण्डित गरोस्। बिहीबार दिउसो नागरिक, रिपब्लिका र शुक्रबारको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियामा के…


अन्ततः खिलानाथ ढकालले नागरिक छोडे

झण्डै चार महिना जिम्मेवारी बिहिन बनाइएपछि नागरिक दैनिकका बिराटनगर सम्बाददाता खिलानाथ ढकालले राजीनामा दिएका छन्। नागरिक दैनिकमा समाचार लेखेकै आधारमा आपराधिक समूहको आक्रमणमा परेका र अदालतमा मुद्दासमेत खेपिरहेका ढकाल अन्यायपूर्ण तरिकाले विराटनगर कार्यक्षेत्रबाट सिन्धुली जिल्लामा गरिएको सरूवा नमानेपछि जिम्मेवारीबिहिन बनाइएका थिए। ‘बिनाकारण सरूवा गर्ने, सेवा सुविधा रोक्ने, समाचार प्रकाशन नै…


‘आफ्नै छटपटीले नागरिकबाट राजीनामा’

नागरिक दैनिकका एशोसियट एडिटर गुणराज लुइँटेलले राजीनामा दिएका छन्। नागरिकको स्थापना कालदेखि नै पत्रिकाको एशोसियट एडिटर रहेका लुइँटेलले मंगलबार पदबाट राजीनामा दिएका हुन्। व्यक्तिगत कारणले राजीनामा दिएको भन्दै लुइँटेलले तत्काल नयाँ केही सोचिनसकेको बताए। आफु पत्रकारिता क्षेत्रबाट टाढिन नसक्ने भन्दै उनले आफ्नै ‘छटपटी’ले राजीनामा दिएको बताए। ‘आफ्नै छटपटीले राजीनामा दिएको…


चोरलाई चौतारो, साधुलाई शूली !

  तीन वर्ष पहिला नागरिक दैनिकमा आवद्ध भएर पत्रकारिता थाल्दा पत्रकार खिलानाथ ढकालले भर्खरै १०+२ सकेका थिए । पूर्व सन्देश दैनिक, जनसंसद् दैनिक लगायतका पत्रपत्रिकामा झण्डै साढे २ वर्षदेखि कार्यरत ढकालले २०६६ साउनमा अन्तर्वार्तामा भिडेर नागरिकमा सम्वाददाताको काम पाएका थिए । ढकाल दिनरात, गर्मीवर्षा, चाडपर्व, आफन्त परिवार केही नभनी रिपोर्टिङमा…