पत्रकारको न्यूनतम पारिश्रमिकमा मिडिया सञ्चालकको रोइकराइ, यस्ता छन् पाँच तर्क

मिडिया सञ्चालकहरुका तीनवटा संस्थाले सरकारले निर्णय गरेबमोजिम पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न अनिच्छा देखाएका छन्। मिडिया सोसाइटी नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल र रेडियो ब्रोडकास्टर्स फोरमले बैशाख २४ गते विज्ञप्ति निकालेर न्यूनतम पारिश्रमिक लागू गर्ने सरकारको निर्णयबाट आफूहरु आश्चर्यमा परेको जनाएका छन्। कान्तिपुर दैनिकले यो समाचारलाई शनिबार पहिलो पृष्ठमा छापेको…


माछो माछो भ्यागुतो हुँदै छ ‘१९ हजार ५००’, यस्ता छन् कारण

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नयाँ वर्षदेखि श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिले दिएको प्रतिवेदनमा उल्लिखित पत्रकारका सेवा सुविधाहरु कार्यान्वयनमा ल्याउने बताएका थिए। तर प्रस्तावित न्यूनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ लागू हुनेमा शंका देखिएको छ। बैशाखको पहिलो साता जान लागिसक्दा पनि समितिले सिफारिस गरेको प्रतिवेदन सञ्चारमन्त्री राईले मन्त्रिपरिषद् बैठकमा…


चाबी बुझाउँछौँ भन्ने मिडिया मालिकको यसरी गरे पत्रकारले प्रतिवाद

न्युनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ कार्यान्वयन नगर्न सरकारलाई दबाब दिइरहेका मिडिया सञ्चालक र नेपाल पत्रकार महासंघका प्रतिनिधिबीच गत चैत २६ गते शुक्रबार सिंहदरबारमा बाझाबाझ भयो। सञ्चार मन्त्रालय श्रोतका अनुसार १९ हजार ५०० लागू गरे मिडिया उद्योग धरासायी हुने मिडिया सञ्चालकहरुले तर्क गरेपछि…


मिडिया सञ्चालकका दुई संस्थाबीच एकता, मिडिया सोसाइटी नेपाल स्थापना गर्ने

निजी क्षेत्रका प्रकाशन तथा प्रसारण संस्थाहरूको प्रतिनिधिमूलक छाता सङ्गठनका रूपमा क्रियाशील नेपाल मिडिया सोसाइटी र टेलिभिजन ब्रोडकास्टर्स नेपालको (टिबिएन) को मिति २०७२ भदौ ३० गते सम्पन्न संयुक्त कार्य समितिको बैठक तथा प्रथम भेलाले नेपालमा सञ्चालनमा रहेका ब्रोडसिट राष्ट्रिय दैनिक तथा स्याटेलाइट टेलिभिजन प्रसारण संस्थाहरूको वृहत्तर व्यावसायिक हकहितका लागि साझा संस्थाको…