यो मुद्दा गोपाल पराजुलीविरुद्ध मात्र हो ? कान्तिपुरको पूर्वाग्रही हेडलाइन

कान्तिपुर दैनिकको अनलाइन संस्करणले बुधबार निवर्तमान प्रधानन्यायाधीश पराजुलीविरुद्ध सर्वोच्चमा रिट शीर्षकमा समाचार पोस्ट गर्‍यो। कृष्ण आचार्यको बाइलाइनको यही समाचार बिहीबार कान्तिपुर दैनिकमा भने बिना बाइलाइन पराजुलीविरुद्ध सर्वोच्चमा रिट शीर्षकमा प्रकाशित छ। दुबै समाचारको लिडमा लेखिएको छ- निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीसहित संवैधानिक परिषद्का पदाधिकारीहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ताहरु हेममणि सुवेदी तथा…


प्रधान न्यायाधीश VS कान्तिपुर : प्रेस काउन्सिलको ‘जरुरी अपील’ मा ३ अलमल

प्रधान न्यायाधीश गोपाल पराजुलीको उमेर विवाद, त्यसबारे कान्तिपुरले गरिरहेको कभरेज, कान्तिपुरलाई विपक्षी बनाई सर्वोच्च अदालतमा दायर गाली बेइज्जती मुद्दा, आफूसँग जोडिएको मुद्दामा प्रधान न्यायाधीश गोपाल पराजुली आफैले दिएको आदेश, त्यसमाथि राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्थाहरूको वक्तव्य/प्रतिक्रियाको सिलसिलामै मिडिया अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नेपालले पनि मुख खोलेको छ। तर अलि अस्पष्ट रुपमा। यो…