कान्तिपुरका संस्थापक गोयन्का २५ वर्षपछि मिडियामा फर्कँदै : विकास पत्रकारिताको योजना

अन्‍नपूर्ण टुडे म्यागेजिनको अन्‍तिम अंकका लागि मैले कान्तिपुरका संस्थापक श्याम गोयन्कासँग लामो कुराकानी गरेको थिएँ, इन्टरनेटमार्फत। २९ वर्षको उमेरमा उनले कसरी कान्तिपुर स्थापना गरे र एक वर्ष नहुँदै उनी किन बाहिरिए भन्‍नेमा मूलतः मेरो चासो थियो। त्यसबाहेक उनी हाल कहाँ के गर्दै छन् र उनको भावी योजना के छ भन्‍नेमा कुराकानी…


प्रेस काउन्सिललाई कान्तिपुरले पढायो आचारसंहिताको पाठ, सोध्यो तीन प्रश्न

वरिष्ठ संगीतकार अम्बर गुरुङको मृत्युबारे ईकान्तिपुर डट कमले प्रकाशित गरेको एउटा समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपाल र कान्तिपुरबीच द्वन्द्व चर्किएको छ। उक्त समाचारबारे तीन दिनभित्र स्पष्टिकरण पेश गर्न काउन्सिलले पठाएको पत्रको जवाफ दिँदै कान्तिपुरले ‘अनावश्यक झन्झट दिने मनसायबाट स्पष्टीकरण सोधिएको’ आरोप लगाएको छ। काउन्सिलबारे केही समयअघि कान्तिपुरमा छापिएको एउटा…


‘समय र प्रविधिको पदचाप पछ्याउँदै’ कान्तिपुर चौविसौँ वर्षमा

देशकै अग्रणी सञ्चार संस्था कान्तिपुर पब्लिकेसन्स चौबिसौँ वर्षमा प्रवेश गरेको छ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले कान्तिपुर पब्लिकेसन्सको तेइसौं वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै ‘निजी क्षेत्रबाट दिगो सञ्चार उद्योग चलाउने र व्यावसायिक पत्रकारिताको संस्थागत जग बसाल्ने संकल्प सामूहिक प्रयत्नबाट मात्र सम्भव भएको’ बताएका छन्। फागुन ७ गतेको…


अख्तियार VS कान्तिपुरः यस्तो छ ट्विटर प्रतिक्रिया

कान्तिपुर दैनिकको सम्पादकीयलाई पीत पत्रकारिताको संज्ञा दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विज्ञप्ति निकालेपछि अख्तियारले आफ्नो सीमा नाघेको चर्चा हुँदैछ। कान्तिपुरको सम्पादकीयलाई ‘भ्रामक र दुराशयपूर्ण’ भन्दै उसले भनेको छ- ‘कान्तिपुरको पीत पत्रकारिताको आयोग भत्सर्ना गर्दछ।’ यसबारे विस्तृत सामग्री कान्तिपुरमाथि अख्तियारको आक्रमण, कसले भुल्यो भूमिका? अख्तियारले वा कान्तिपुरले? मा छ। अख्तियारको…


कान्तिपुरमाथि अख्तियारको आक्रमण, कसले भुल्यो भूमिका? अख्तियारले वा कान्तिपुरले?

२०७२ मंसिर १५ मा कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीयमा ‘गम्भीर ध्यानाकर्षण भएको’ जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कान्तिपुरले ‘पीत पत्रकारिता’ गरिरहेको आरोप लगाएको छ। सम्पादकीयलाई अख्तियारले ‘भ्रामक, दुराशयपूर्ण र एउटा संवैधानिक निकायको प्रतिष्ठा अवमुल्यन गर्ने रोगी मनोविज्ञानबाट अभिप्रेरित’ रहेको आरोप लगाएको छ। अख्तियारको वेबसाइट तथा फेसबुक पेजमा राखिएको विज्ञप्तिमा कान्तिपुरलाई धम्कीको शैलीमा…


किन बटुल्दैछ कान्तिपुरले विद्यार्थीका मोबाइल नम्बर?

तपाईँलाई सुरुमै जानकारी दिउँ, २०७१ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशित गर्न स्वीकृति पाएका नौ वेबसाइट मध्ये कान्तिपुर पब्लिकेसन्सको इकान्तिपुर डट कम पनि एक हो। यसले नतिजा हेर्नका लागि छुट्टै पेज नै बनाएको छ। तर अचम्मको कुरा के छ भने अरु वेबसाइटमा रिजल्ट हेर्न परीक्षार्थीको सिम्बोल नम्बर भए पुग्छ तर इकान्तिपुरमा भने…


रिपोर्टरको डायरीः पीडा भुलेर रिपोर्टिङ

अरु बेला पीडामा बसेको व्यक्तिको समाचार र आलेख लेख्थे, लेखिरहें। आज आफ्नै कुरा लेख्दै छु। बैशाख ३१ गते मेरा सहकर्मी फोटोपत्रकार निमेषजंग राईका साथ भारतीय वायु सेनाको हेलिकप्टरमा चरिकोट पुगियो। बजार सुनसान थियो। सातदोबाटोबाट चरिघ्याङ तर्फको ठूला होटल भत्किएको थियो। त्यो बाटो हिँड्न पनि डरमर्दो थियो। कुनैपनि बेला घर भत्किन…