पत्रकार बन्न अब लिनुपर्ने छ लाइसेन्स, यस्तो छ प्रस्तावित पाठ्यक्रम

पत्रकारितालाई पेशा बनाउन चाहनेले अब प्रवेश परीक्षा उत्तीर्ण गरी प्रमाणपत्र अर्थात लाइसेन्स लिनुपर्छ भन्ने तपाईँलाई थाहा छ? प्रेस काउन्सिल नेपाल यसको अन्तिम तयारीमा जुटेको छ। २०७३ साउन २१ गते पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ ले प्रेस काउन्सिल नेपाललाई प्रतिवेदन बुझाउँदै पत्रकार योग्यता परीक्षणको व्यवस्था गर्न सिफारिस गरेको छ। प्रेस…


‘हामीले पत्रकारितामा धेरै कुरा ‘मिस’ गरेका छौँ, ती पुरा गर्ने रहर छ’

पत्रकार गुणराज लुइँटेल नागरिक दैनिकको सम्पादक नियुक्त भएका छन्। प्रधान सम्पादक प्रतीक प्रधानले सोमबार राजीनामा दिएपछि पाँचौ सम्पादकको पर्खाइमा रहेको नेपाल रिपब्लिक मिडिया प्रालिले लुइँटेललाई मंगलबार नागरिक दैनिकको सम्पादक नियुक्त गरेको हो। रिपब्लिक मिडियाद्वारा सञ्चालित नागरिकन्युज डट कमले ‘नेपाल रिपब्लिक मिडिया सञ्‍चालक समितिको बोर्डले उनलाई मंगलबार सम्पादकमा नियुक्त गरेको’ लेखेको…


पाँचौ सम्पादक कुर्दै नागरिक, राजीनामा दिएका प्रतीकको के छ प्लान?

एक महिनायता भूकम्प, परकम्प, उद्धार. राहत. हेलिकप्टर, कालिगण्डकी, पहिरोका आसपासमा नेपाली पत्रकारिता घुमिरहेको छ। आज अलि फरक समाचार लेखियोः नागरिकका प्रधान सम्पादक प्रतीक प्रधानद्वारा राजीनामा, नयाँ सम्पादक ‘डिसिजन भएको छैन’। राजीनामा दिनु र जिम्मेवारीबाट बिदा लिनु एउटै कुरा हुन् वा फरक छुट्याउने जिम्मा तपाईँको। खासमा ‘नागरिक’ का प्रधान सम्पादक प्रतीक…


रामेश्वर थापाले किने अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्टको प्रकाशन संस्था न्यूज मिडिया प्रालि र नेपाल न्यूज नेटवर्क इन्टरनेशनलबीच औपचारिक सम्झौता भएपछि अन्नपूर्ण पोष्ट दैनिक बैशाख १ गतेदेखि नयाँ व्यवस्थापन अन्तर्गत प्रकाशन हुने भएको छ । पत्रिका, रेडियो, टेलिभिजन सञ्चालनको तयारीका साथ माघ दोश्रो हप्ता दर्ता भएको रामेश्वर थापाको नेपाल न्यूज नेटवर्क इन्टरनेशनल (थ्रिएनआइ) ले ब्रोडसिट दैनिक…


अन्ततः खिलानाथ ढकालले नागरिक छोडे

झण्डै चार महिना जिम्मेवारी बिहिन बनाइएपछि नागरिक दैनिकका बिराटनगर सम्बाददाता खिलानाथ ढकालले राजीनामा दिएका छन्। नागरिक दैनिकमा समाचार लेखेकै आधारमा आपराधिक समूहको आक्रमणमा परेका र अदालतमा मुद्दासमेत खेपिरहेका ढकाल अन्यायपूर्ण तरिकाले विराटनगर कार्यक्षेत्रबाट सिन्धुली जिल्लामा गरिएको सरूवा नमानेपछि जिम्मेवारीबिहिन बनाइएका थिए। ‘बिनाकारण सरूवा गर्ने, सेवा सुविधा रोक्ने, समाचार प्रकाशन नै…


‘आफ्नै छटपटीले नागरिकबाट राजीनामा’

नागरिक दैनिकका एशोसियट एडिटर गुणराज लुइँटेलले राजीनामा दिएका छन्। नागरिकको स्थापना कालदेखि नै पत्रिकाको एशोसियट एडिटर रहेका लुइँटेलले मंगलबार पदबाट राजीनामा दिएका हुन्। व्यक्तिगत कारणले राजीनामा दिएको भन्दै लुइँटेलले तत्काल नयाँ केही सोचिनसकेको बताए। आफु पत्रकारिता क्षेत्रबाट टाढिन नसक्ने भन्दै उनले आफ्नै ‘छटपटी’ले राजीनामा दिएको बताए। ‘आफ्नै छटपटीले राजीनामा दिएको…


पत्रकारको ७२ घण्टे ‘गुफा’ अनुभव

७२ घण्टासम्म अनुसन्धानमूलक न्युज ल्याबमा बसेर निस्किएका पत्रकार रजनीश भण्डारीका आँखा निन्द्राले लठ्ठ देखिन्थे। ‘मलाई त निन्द्रा पो लागेको छ त’, न्यु मिडिया गुफा २०१२ नाम दिइएको अनुसन्धान कार्यक्रमको समापन कार्यक्रममा उनले भने, ‘म बिहान ४ बजेसम्म पनि स्टोरी तयार पार्दै थिएँ।’ न्यु मिडियामात्र प्रयोग गरेर समाचार तयार पार्ने चुनौती…