पत्रकार महासंघमा सिन्डिकेट : तीन दलको ह्‍विप लादेर समावेशीको नारा ?

महासंघमा राजनीतिको रोग यातायात क्षेत्रको ‘सिन्डिकेट’ तोड्न सरकारले भरमगदुर प्रयास गरिरहेका बेला पत्रकारहरूको छाता संगठन भनिने ‘नेपाल पत्रकार महासंघ’ मा दलीय सिन्डिकेटको नाङ्गो नाच देखिएको छ। सत्तारुढ नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा प्रतिपक्षी नेपाली कांग्रेस निकटका पत्रकारका संस्थाले आउँदो वैशाख २२ गते हुने महासंघको प्रदेश कार्यसमिति निर्वाचनमा अध्यक्षदेखि…


नेपाली पत्रकारिताको प्राथमिकता र परीक्षण

हरिहर विरही – समय परिस्थितिअनुसार पत्रकारिताको पनि परिभाषा र प्राथमिकता फेरिन्छन्। नेपालको पत्रकारिता पनि यसमा अपवाद छैन। सञ्चालकहरुले जुन उद्देश्यले मिडिया सञ्चालन गरेको भएपनि केही महत्वपूर्ण विषयमा सबैका प्राथमिकता एकै खालका देखिने गरेका छन्। र, त्यसले निरन्तरता पनि पाइरहेको छ। व्यवसायिक हकहित र त्यसबाट आर्जन हुने निजी उपलब्धिका अतिरिक्त प्रेस…


अबको पत्रकार महासंघ

गोविन्द आचार्य – १. लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक हकको पक्षपोषण १.१. लोकतन्त्रमा मात्रै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्बाध प्रयोगका साथै पत्रकार हकहितको रक्षा हुनसक्छ भन्नेमा महासंघ दृढ छ। महासंघ सधैं लोकतन्त्र, मानवअधिकार, विधिको शासन, स्वतन्त्र न्यायपालिका, सामाजिक न्याय, आवधिक निर्वाचन, राज्यका सबै निकायमा विभिन्न वर्ग,…


पत्रकार महासंघको चुनावमा कसले कति भोट ल्याए? मतपरिणामको पूर्ण विवरण

नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनबाट गोविन्द आचार्यको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ। जसमा पदाधिकारीसहित अधिकांश पदमा नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपाल गठबन्धनका उम्मेदवारले जितेका छन्। हेर्नुस् निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामः विजेताहरूको फोटो राससबाट लिइएको हो।


पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य निर्वाचित, कुन पदमा कसले जिते? पूरा विवरण

नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ। आचार्यले ७३२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे। आचार्य महासंघका पूर्वउपाध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार हुन्। भदौ ४ र ५ मा…


यसैबाट थाहा हुन्छ तपाईँहरू कुन स्तरको पत्रकार होः विजयकुमारको सम्बोधन

पत्रकार विजयकुमार नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनमा कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार विजयकुमार पाण्डेय सम्मानित भए। आफूलाई पुरस्कार दिनु केही बेरअघि प्रेस स्वतन्त्रता सम्मानबाट अग्रज पत्रकारहरू सम्मानित हुँदा प्रज्ञा प्रतिष्ठानको हलमा उपस्थित १५०० भन्दा बढी पत्रकारले ताली नबजाएकोमा रुष्ट बनेका उनले पत्रकारहरूलाई आग्रजहरूको सम्मान गर्न नजानेको भन्दै प्रहार…


महासंघका केन्द्रीय सभासद कहाँ कति? प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसिएट अनुसारको विवरण

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सात प्रदेशहरू रहे पनि नेपाल पत्रकार महासंघमा भने १० प्रदेश छन्। महासंघको सांगठनिक संरचनाअनुसार सदस्यहरूलाई १० वटा प्रदेशमा बाँडिएको छ। नेपालका ७ संघीय प्रदेशहरूसँगै काठमाडौं उपत्यकालाई आठौँ प्रदेश, प्रतिष्ठान शाखाहरूलाई नवौँ प्रदेश र एसोसिएटहरूलाई दशौँ प्रदेश नाम दिइएको छ। यी बाहेक ८ वटा वैदेशिक शाखा पनि…


पत्रकार महासंघको नयाँ नेतृत्वका लागि १११ जनाको उम्मेदवारी, सूची

नेपाल पत्रकार महासंघको जारी २५ औँ महाधिवेशनमा कूल ११७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। यी मध्ये ६ जना लेखासमितिका उम्मेदवार हुन्। अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ। हेर्नुस् सबै उम्मेदवारको सूचीः


हारेँ भने पनि ७ गतेदेखि तपाईँसँग रिपोर्टिङमा हुन्छु, बाइलाइन लेख्छु : उजिर मगर

नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले आसन्न २५ औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। अध्यक्षमा उनको उम्मेदवारी र भदौ ४ र ५ गते महाधिवेशनको तयारीका बारेमा उनीसँग गरिएको कुराकानी : मेरो उम्मेदवारी अध्यक्ष पदका दुई उम्मेदवार (तीर्थ कोइराला र गोविन्द आचार्य) विरुद्ध होइन भन्दै हिँड्नुभएको छ। यसो भन्नुपर्ने…


पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्यको उम्मेदवारी किन? अन्तर्वार्ता

नेपाल पत्रकार महासंघको आसन्न २५ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि तीनजना पत्रकारले उम्मेदवारी घोषणा गरेका छन्। तीर्थ कोइराला, गोविन्द आचार्य र उजिर मगर अध्यक्ष पदमा भिड्दैछन्। हामी अध्यक्ष पदका यी तीनजना उम्मेदवारका एजेन्डा के हुन् भन्नेबारे उनीहरूसँग क्रमशः कुराकानी गर्दैछौँ। आज प्रस्तुत छ महासंघको अध्यक्ष पदका उम्मेदवार गोविन्द आचार्यसँगको कुराकानी…


पत्रकार महासंघको राजनीतिका बुझ्‍नैपर्ने १० तथ्य

नेपाल पत्रकार महासंघको महाधिवेशन आउन चार दिनमात्र बाँकी रहँदा विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी छ। कसैले औपचारिक कार्यक्रम गरेर उम्मेदवारी दिएका छन् भने कतिपयले सोसल मिडियामार्फत नै उम्मेदवारी घोषणा गरेका छन्। म तपाईँलाई महासंघको २५ औँ महाधिवेशनको सन्दर्भमा यसभित्रको राजनीतिलाई छोटकरीमा बुझाउने कोसिस गर्छु। महासंघको आन्तरिक…


पत्रकार महासंघको अध्यक्षमा मेरो उम्मेदवारी किन?

पत्रकार तीर्थ कोइरालाले नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी नेकपा एमाले निकट प्रेस चौतारी नेपालका तर्फबाट अध्यक्षको उम्मेदवार बनेका हुन्। उता सत्तारुढ गठबन्धनका दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रनिकट क्रमशः नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबाट गोविन्द आचार्य अध्यक्षका उम्मेदवार छन्। ३४…


‘समाचारमा मोलमोलाइ’ बारेको छानबिन प्रतिवेदनले उब्जाएका प्रश्नहरू

पत्रकार, पत्रकारिता र मिडियासँग सम्बन्धित ससाना विषयमा पनि बोल्ने नेपाल पत्रकार महासंघ आफ्नै केन्द्रीय सदस्य समेत रहेका पत्रकार सुरज आचार्यले एक ग्यारेज सञ्चालकसँग समाचारमा मोलमोलाइ गरेको विषयमा लामो समय मौन बस्यो। स्टिङ अपरेसन सार्वजनिक भएको २७ दिनपछि बल्ल उसले मौनता तोडेको छ तर काइते भाषामा। समाचारमा मोलमोलाइबारेको मौनतामाथि प्रश्न गर्दै…


‘समाचारमा बार्गेनिङ’ बारे पत्रकार महासंघको अनुसन्धान प्रतिवेदनको सारांश यस्तो छ

आफ्ना केन्द्रीय सदस्य एवं पत्रकार सुरज आचार्यले समाचारमा बार्गेनिङ गरेको विषयमा नेपाल पत्रकार महासंघले मुख खोलेको छ। महासचिव उजिर मगरको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदनको सारांश सार्वजनिक गर्दै पत्रकार आचार्यलाई ‘सार्वजनिक रुपमा आफ्नो कमजोरी स्वीकार गर्न र भावी दिनमा कमीकमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्न’ भनेको छ। ‘समग्र प्रकरणमा कुनै…


महाधिवेशन सार्ने निर्णयले पत्रकार महासंघमा भाँडभैलो

यही असार २२ र २३ गतेका लागि तोकिएको नेपाल पत्रकार महासंघको महाधिवेशन भदौ पहिलो साता सारिएपछि महासंघभित्र विवाद देखिएको छ। महासंघको भावी अध्यक्षको उम्मेदवारका रुपमा पत्रकारहरूमाझ चर्चा हुने गरेका पूर्व महासचिव एवं वर्तमान सल्लाहकार पोषण केसीले महासंघको वर्तमान नेतृत्व अवैधानिक भएकोले यसले पछिल्ला दिनमा गरेका कुनै पनि निर्णय नमान्ने घोषणा…


पत्रकार महासंघको महाधिवेशन सर्‍यो, भदौ ४ र ५ मा हुने

नेपाल पत्रकार महासंघको २५ औँ महिधेवेशन सरेको छ। असार २२ र २३ गते हुने भनिएको महासंघको महाधिवेशन भदौ ४ र ५ गते गर्ने निर्णय महासंघको सचिवालय बैठकले गरेको हो। किन सर्‍यो? पत्रकार महासंघका महासचिज उजिर मगरले निकालेको विज्ञप्तिमा दोस्रो चरणको स्थानीय तह निर्वाचनका कारण महासंघको महाधिवेशन सार्नपरेको उल्लेख छ। विज्ञप्तिमा…


पत्रकार महासंघबाट दीपेन्द्र कुँवरले दिए राजीनामा, नेतृत्व अपारदर्शी भएको आरोप

अपारदर्शी ढंगले नयाँ सदस्यता वितरण गरिएको भन्दै २०७३ चैत २० गते नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरले पदबाट राजीनामा दिए। नगरकोटमा भएको महासंघको बाह्रौँ बैठकमा उनले आफ्नो राजीनामा बुझाएका हुन्। उनी २०७० बैशाखमा भएको महासंघको २४ औँ महाधिवेशनबाट खुला तर्फबाट केन्द्रीय सदस्य चुनिएका थिए। विश्व प्रेस स्वतन्त्रता दिवस अर्थात…


पत्रकार महासंघ कहिलेसम्म दुईटा मुख र एउटा पेट बोकेर हिँड्ने?

दीपेन्द्र कुँवर- २०७२, चैतको अन्तिम हप्ता सञ्चार मन्त्रालयले गरेको छलफलमा एकजना मिडिया मालिकले पत्रकार महासंघका पदाधिकारीलाई लक्षित गर्दै भने–‘पत्रकार भन्दा पनि हामी एउटै बास्केटमा र सञ्चालक भन्दा पनि एउटै हामी बास्केटमा छौं।’ उनको कुरा प्रष्ट थियो– हामी मात्रै होइन, तिमीहरु पनि मिडिया मालिक हौ।’ र, पत्रकारलाई मिडिया मालिक पुष्टि गर्ने…


पत्रकार महासंघका सदस्यको विवरण माग्दै निवेदन दर्ता

नेपाल पत्रकार महासंघभित्र सदस्यता विवाद भैरहेका बेला नयाँ सदस्यहरुको विवरण माग्दै पत्रकार रामप्रसाद दाहालले महासंघमा निवेदन दिएका छन्। फागुन १ गते दाहालले महासंघ केन्द्रीय कार्यालयमा दर्ता गरेको निवेदनमा नयाँ सदस्यता र पुरानो सदस्यता स्थानान्तरणका बारेमा महासंघ विधानको व्यवस्था, गत ६ महिनामा नयाँ सदस्यता पाउने पत्रकारको संख्या र उनीहरुले पेश गरेको…


शतप्रतिशत पत्रकार क्राइटेरिया पुगेका मात्र छन् भन्न सक्दिनः महेन्द्र बिष्ट

नेपाल पत्रकार महासंघको जिल्ला, प्रतिष्ठान शाखा र एसोसिएटहरुको अधिवेशनको मिति नजिकिँदै गर्दा महासंघको सदस्यता विवाद सतहमा आएको छ। महासंघका तीनजना केन्द्रीय सदस्यहरुले २०७३ माघ २५ गते विज्ञप्ति निकालेर को सदस्य बन्दैछन् भन्ने सिंगो केन्द्रीय समितिलाई थाहै नभएको जनाएपछि महासंघभित्रको सदस्यता विवाद सार्वजनिक भएको हो। यो विवादको के हो? मिडिया कुराकानीले…


‘पत्रकार महासंघले नयाँ सदस्यको सूची लुकायो’

२५ औं महाधिवेशनका लागि जिल्ला, प्रतिष्ठान शाखा र एसोसिएटहरुको अधिवेशनको तयारी भैरहँदा नेपाल पत्रकार महासंघमा सदस्यता विवाद चर्केको छ। महासंघमा को सदस्य बन्दैछ भन्ने सिंगो केन्द्रीय समितिलाई नै थाहा नभएको भन्दै महासंघका तीनजना केन्द्रीय सदस्यले प्रेस विज्ञप्ति निकालेपछि सदस्यता विवाद छताछुल्ल भएको हो। फागुन महिनाभर ८ चरणमा सबै जिल्ला, प्रतिष्ठान…


पत्रकारले देखाएनन् दुर्घटना बीमामा चासो, थाहा पाउनुस् बीमा कसरी गर्ने

सरकारले नेपाल पत्रकार महासंघको सहकार्यमा २०७२ मंसिर १० गतेदेखि पत्रकार दुर्घटना बीमा सुरु गर्‍यो। तर सुरु भएको एक वर्ष बितिसक्दा पनि दुर्घटना बीमा गर्न पत्रकारहरु इच्छुक देखिएका छैनन्। पत्रकारको सुरक्षालाई ध्यानमा राखेर सुरु भएको पत्रकार दुर्घटना बीमामा स्वयं पत्रकारहरुले नै चासो नदिएका हुन्। महासंघले सेवा सुरु गरेको एक वर्ष भैसक्दा…


नेपाल पत्रकार महासंघको चितवन घोषणापत्र २०७३

नेपाल पत्रकार महासंघको कन्द्रीय साधरणसभा ११ बुदे ‘चितवन घोषणापत्र–२०७३’ जारी गर्दै सम्पन्न भएको छ।  विधानसभाको रुपमा हेरिएको यो साधारणसभामा विवाद भएपछि संघीय विधान जारी नगरी साधारणसभा सकियो। यस्तो छ ११ बुँदे घोषणापत्र नेपाल पत्रकार महासंघको चितवन घोषणापत्र–२०७३ नेपाल पत्रकार महासंघको २०७३ बैशाख २१ गते टाँडी, चितवनमा सम्पन्न केन्द्रीय साधारण सभाले श्रमजीवी…


यस्तो छ नेपाल पत्रकार महासंघको विधान संशोधन प्रस्ताव

नेपाल पत्रकार महासंघको २०७३ वैशाख २१ गते चितवनमा आयोजित केन्द्रीय साधारण सभामा प्रस्तुत नेपाल पत्रकार महासंघको विधान २०६० (चौथो संशोधन २०७३) सम्बन्धी प्रस्तावः


माछो माछो भ्यागुतो हुँदै छ ‘१९ हजार ५००’, यस्ता छन् कारण

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नयाँ वर्षदेखि श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिले दिएको प्रतिवेदनमा उल्लिखित पत्रकारका सेवा सुविधाहरु कार्यान्वयनमा ल्याउने बताएका थिए। तर प्रस्तावित न्यूनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ लागू हुनेमा शंका देखिएको छ। बैशाखको पहिलो साता जान लागिसक्दा पनि समितिले सिफारिस गरेको प्रतिवेदन सञ्चारमन्त्री राईले मन्त्रिपरिषद् बैठकमा…


चाबी बुझाउँछौँ भन्ने मिडिया मालिकको यसरी गरे पत्रकारले प्रतिवाद

न्युनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ कार्यान्वयन नगर्न सरकारलाई दबाब दिइरहेका मिडिया सञ्चालक र नेपाल पत्रकार महासंघका प्रतिनिधिबीच गत चैत २६ गते शुक्रबार सिंहदरबारमा बाझाबाझ भयो। सञ्चार मन्त्रालय श्रोतका अनुसार १९ हजार ५०० लागू गरे मिडिया उद्योग धरासायी हुने मिडिया सञ्चालकहरुले तर्क गरेपछि…


‘१९ हजार ५००’ मिडिया मालिकले नमान्ने, भन्छन्- कि बजेट देउ, नत्र चाबी लेउ

श्रमजीवी पत्रकारको प्रस्तावित न्युनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ कुनै पनि हालतमा नमान्ने मिडिया सञ्चालकहरुले घोषणा गरेका छन्। न्युनतम पारिश्रमिक निर्धारण समितिले प्रस्ताव गरेको न्युनतम पारिश्रमिक अहिलेकै अवस्थामा लागू गरेमा सरकारलाई मिडियाको चाबी बुझाउने चेतावनी पनि उनीहरुले दिएका छन्। सूचना तथा सञ्चार मन्त्रालयमा गत शुक्रबार सरकारले न्युनतम पारिश्रमिक निर्धारण समिति,…


पत्रकार महासंघ केन्द्रीय समिति बैठकका ७ निर्णय यस्ता छन्

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको छैठौं पूर्ण बैठक महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा २०७२ मंसिर २६ गते नवलपरासीको अमल्टारीमा सम्पन्न भयो। वैठकका मुख्य निर्णयहरु देहाबमोजिम छन्— १. पत्रकारको भौतिक सुरक्षा र स्वतन्त्रता सन्दर्भमा (क) नयाँ संविधान जारी भएपछि खासगरी तराई मधेसमा चलिरहेको आन्दोलन र प्रेस स्वतन्त्रता हननको अवस्थालाई दृष्टिगत…


तराई–मधेस मिडिया सम्मेलन २०७२ को घोषणापत्र

नेपाल पत्रकार महासंघ तराई–मधेश मिडिया सम्मेलन–२०७२ को अमलटारी घोषणापत्र नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको आयोजनामा नवलपरासीको अमलटारीमा केन्द्रीय पदाधिकारी, सदस्य, सल्लाहकार र तराई–मधेसका २२ वटा जिल्ला शाखाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागितामा २०७२ मंसिर २६ गते सम्पन्न तराई–मधेश मिडिया सम्मेलन जारी आन्दोलन र सीमा नाकामा भएको अवरोधका कारण उत्पन्न विषम परिस्थितिप्रति गहिरो…


के छ पत्रकार महासंघले सरकारलाई बुझाएको १८ बुँदे मागमा?

‘नेपाली प्रेस र पत्रकारहरूले भोगिरहेका समस्या समाधानको सन्दर्भमा तत्काल सम्बोधन हुनुपर्ने केही विषयहरू’ भन्दै नेपाल पत्रकार महासंघले सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईलाई ध्यानाकर्षण पत्र बुझाएको छ। २०७२ मंसिर ३ गते महासंघ अध्यक्ष डा. महेन्द्र विष्टले मन्त्री राईलाई बुझाएको ध्यानाकर्षण पत्रमा विगत लामो समयदेखि सरकारसमक्ष प्रस्तुत गरिएका विषय ठोस रूपमा सम्बोधन…