महाधिवेशन सार्ने निर्णयले पत्रकार महासंघमा भाँडभैलो

यही असार २२ र २३ गतेका लागि तोकिएको नेपाल पत्रकार महासंघको महाधिवेशन भदौ पहिलो साता सारिएपछि महासंघभित्र विवाद देखिएको छ। महासंघको भावी अध्यक्षको उम्मेदवारका रुपमा पत्रकारहरूमाझ चर्चा हुने गरेका पूर्व महासचिव एवं वर्तमान सल्लाहकार पोषण केसीले महासंघको वर्तमान नेतृत्व अवैधानिक भएकोले यसले पछिल्ला दिनमा गरेका कुनै पनि निर्णय नमान्ने घोषणा…


पत्रकार महासंघबाट दीपेन्द्र कुँवरले दिए राजीनामा, नेतृत्व अपारदर्शी भएको आरोप

अपारदर्शी ढंगले नयाँ सदस्यता वितरण गरिएको भन्दै २०७३ चैत २० गते नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरले पदबाट राजीनामा दिए। नगरकोटमा भएको महासंघको बाह्रौँ बैठकमा उनले आफ्नो राजीनामा बुझाएका हुन्। उनी २०७० बैशाखमा भएको महासंघको २४ औँ महाधिवेशनबाट खुला तर्फबाट केन्द्रीय सदस्य चुनिएका थिए। विश्व प्रेस स्वतन्त्रता दिवस अर्थात…


पत्रकार महासंघ कहिलेसम्म दुईटा मुख र एउटा पेट बोकेर हिँड्ने?

दीपेन्द्र कुँवर- २०७२, चैतको अन्तिम हप्ता सञ्चार मन्त्रालयले गरेको छलफलमा एकजना मिडिया मालिकले पत्रकार महासंघका पदाधिकारीलाई लक्षित गर्दै भने–‘पत्रकार भन्दा पनि हामी एउटै बास्केटमा र सञ्चालक भन्दा पनि एउटै हामी बास्केटमा छौं।’ उनको कुरा प्रष्ट थियो– हामी मात्रै होइन, तिमीहरु पनि मिडिया मालिक हौ।’ र, पत्रकारलाई मिडिया मालिक पुष्टि गर्ने…


‘पत्रकार महासंघले नयाँ सदस्यको सूची लुकायो’

२५ औं महाधिवेशनका लागि जिल्ला, प्रतिष्ठान शाखा र एसोसिएटहरुको अधिवेशनको तयारी भैरहँदा नेपाल पत्रकार महासंघमा सदस्यता विवाद चर्केको छ। महासंघमा को सदस्य बन्दैछ भन्ने सिंगो केन्द्रीय समितिलाई नै थाहा नभएको भन्दै महासंघका तीनजना केन्द्रीय सदस्यले प्रेस विज्ञप्ति निकालेपछि सदस्यता विवाद छताछुल्ल भएको हो। फागुन महिनाभर ८ चरणमा सबै जिल्ला, प्रतिष्ठान…