नेपाली पत्रकारिताका समस्या र सम्भावना, सुमन खरेलसँग सबालजबाफ

२०४१ सालबाट निरन्तर रेडियो पत्रकारितामा रमाइरहेका पत्रकार सुमन खरेलले आफ्नो करिअरको २३ वर्ष बेलायतको प्रसिद्ध प्रसारण संस्था बिबिसीमा बिताए। त्यसअघि उनले सात वर्ष उनी रेडियो नेपालमा काम गरे। गत महिनामात्र बिबिसीबाट बिदा लिएर उनी नेपाल फर्किएका छन्। बिबिसी नेपाली सेवामा उनको अन्तिम कार्यक्रममा उनले भनेका थिए- मैले बिबिसीबाट नाम कमाएँ।…


पत्रकार सुमन खरेल बिबिसीबाट बिदा, भन्छन्- ‘नाम कमाएँ, त्यही नै मेरो सन्तुष्टि हो’

‘सुमन खरेलबाट समाचार सुन्नुहोस्।’ अबदेखि बिबिसी नेपाली सेवामा पत्रकार सुमन खरेलको यो आवाज सुनिने छैन। उनले बिबिसीमा आफ्नो २३ वर्ष लामो यात्रा आजबाट टुंग्याएका छन्। उनले अन्तिम दिन अर्थात २०१५ अक्टुबर ३० को कार्यक्रम साँझपखमा सुरुमा विश्वसमाचार पढे, आफ्ना अनुभवहरु बाँडे र अन्तिममा पुनः विश्व समाचार पढेर बिबिसीबाट बिदा भए।…


चर्चित प्रस्तोतादेखि यौन आक्रमणकारीसम्म

बीबीसीको कुनै समयका चर्चित प्रस्तोता जिम्मी सेभिल बाँचुन्जेल उनले गरेको मिडिया कर्म र परोपकार अभियानका कारण चर्चाको शिखरमा थिए । सामाजिक कार्यमा निकै रुचि राख्ने सेभिलले परोपकार कार्यका लागि बेलायतमा ४० मिलियन पाउन्ड भन्दा बढी रकम संकलन गरेका थिए । चर्चित कार्यक्रम ‘टप अफ द पप्स्’ र ‘जिम्मी विल फिक्स…


बीबीसी, यौनकाण्ड र विश्वासको संकट

जीवित हुँदासम्म उनी बेलायतमा सबैभन्दा रुचाइएका टेलिभिजनकर्मी थिए । ‘जिम्मी विल फिक्स इट’ नामक कार्यक्रमका सञ्चालक उनी मुख्यगरी वालवालिकामाझ निकै चर्चित थिए । मिलनसार स्वभावका उनलाई उनका सामाजिक कामका लागि पनि सम्मानपूर्वक सम्झना गरिन्थ्यो । तर मृत्युपछि उनी एक अभियुक्तका रुपमा चिनिएका छन् । दर्शकमाझ अत्यन्त लोकप्रिय रहेका उनले दशकौँसम्म…