‘पत्रकार महासंघले नयाँ सदस्यको सूची लुकायो’




२५ औं महाधिवेशनका लागि जिल्ला, प्रतिष्ठान शाखा र एसोसिएटहरुको अधिवेशनको तयारी भैरहँदा नेपाल पत्रकार महासंघमा सदस्यता विवाद चर्केको छ। महासंघमा को सदस्य बन्दैछ भन्ने सिंगो केन्द्रीय समितिलाई नै थाहा नभएको भन्दै महासंघका तीनजना केन्द्रीय सदस्यले प्रेस विज्ञप्ति निकालेपछि सदस्यता विवाद छताछुल्ल भएको हो। फागुन महिनाभर ८ चरणमा सबै जिल्ला, प्रतिष्ठान…


पत्रकारले देखाएनन् दुर्घटना बीमामा चासो, थाहा पाउनुस् बीमा कसरी गर्ने




सरकारले नेपाल पत्रकार महासंघको सहकार्यमा २०७२ मंसिर १० गतेदेखि पत्रकार दुर्घटना बीमा सुरु गर्‍यो। तर सुरु भएको एक वर्ष बितिसक्दा पनि दुर्घटना बीमा गर्न पत्रकारहरु इच्छुक देखिएका छैनन्। पत्रकारको सुरक्षालाई ध्यानमा राखेर सुरु भएको पत्रकार दुर्घटना बीमामा स्वयं पत्रकारहरुले नै चासो नदिएका हुन्। महासंघले सेवा सुरु गरेको एक वर्ष भैसक्दा…


खोज पत्रकारिता गर्न चाहनुहुन्छ? यस्तो छ खोपकेमा ‘स्टोरी पिच’ गर्ने तरिका




पत्रकारहरुलाई थाहा भएकै हुनुपर्छ कि खोज पत्रकारिता गर्न इच्छुक उत्साही पत्रकारलाई खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले आर्थिक सहायता तथा सम्पादकीय परामर्श उपलब्ध गराउँदै आएको छ। बुधबार खोपकेका सम्पादक शिव गाउँलेले आफ्नो फेसबुकमा लेखे- ‘खोज पत्रकारिताः विषयवस्तुको छनौट, उत्पादन र प्रकाशन/प्रशारणमा हामी सहकार्य गर्न तयार छौँ।‘ उनले खोज पत्रकारिता केन्द्रको वेबसाइटबाट…


माउन्टेन टिभीले कामबाट निकालेका पत्रकारलाई न्यायः श्रम अदालतले गर्‍यो पुनर्बहालीको फैसला




माउन्टेन टेलिभिजनले जबर्जस्ती कामबाट निकालेका एकजना पत्रकारले न्याय पाएका छन्। श्रम अदालतले २०७२ असार ३१ गते जबर्जस्ती कामबाट निकालिएका क्यामेरा पर्सन भवानी शिलाकारलाई पुनर्बहाली गर्ने फैसला गरेको हो। शिलाकार माउन्टेन टेलिभिजनमा सिनियर क्यामेरा पर्सन पदमा कार्यरत थिए। शिलाकारलाई माउन्टेन टेलिभिजनमा तलब माग गर्दै भएको पत्रकारको आन्दोलनका क्रममा टेलिभिजनले निष्कासन गरेको…


यी हुन् पत्रकारले गर्न हुने र नहुने कुरा, नयाँ पत्रकार आचारसंहिताको पूर्ण पाठ




पत्रकारिता पेसालाई थप मर्यादित बनाउन प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा ‘पत्रकार आचारसंहिता, २०७३’ जारी गरेका छन्। प्रेस काउन्सिल नेपालको ४७ औँ वार्षिकोत्सवको अवसरमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र महासंघ अध्यक्ष डा. महेन्द्र विष्टले संयुक्त रुपमा आचारसंहिता जारी गरे। नयाँ आचारसंहिता जारीसँगै ‘पत्रकार आचारसंहिता–२०६०’ (संशोधन तथा परिमार्जित, २०६४)…


लोकमान नियुक्तिमा सर्वोच्चको आदेश र लडाकु शिविर अनियमितता छानविनः संयोग वा सम्बन्धित?




प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छिमेकी मुलुक भारतको चार दिने राजकीय भ्रमणमा छन्। ‘भारतसँग सम्बन्ध सुधार’ को मिसन बनाएर गत बुधबार छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली गएका प्रधानमन्त्री प्रचण्डले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटे। दुईजनाबीच भएका कुराकानी र दुई देशबीच भएका सहमतिबारे संयुक्त पत्रकार सम्मेलन गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल…


अनलाइन पत्रकार बन्‍न सिक्नैपर्छ यी १० सीप




म पनि अनलाइनमा काम गर्न चाहन्छु, मैले के गर्नुपर्छ? पढाइ सकियो, अब पत्रकारिता गर्नुपर्‍यो। लौ न कतै काम खोजिदेउ। म पनि अनलाइन सुरु गर्न चाहन्छु। लौ न आइडिया दिनुपर्‍यो। अनलाइनमा काम गर्ने कोही मान्छे छैनन्? राम्रो मान्छे खोज्दिनुपर्‍यो। अनलाइनमा काम गर्न जो पायो त्यसैले कहाँ सक्छ? एउटा कुरा जानेर हुन्छ…


विज्ञापन ल्याउने समाचारपत्रको काइदा, यसरी झुक्यायो पाठकलाई




नेपाल समाचारपत्र दैनिकले भदौ १७ गते शुक्रबार पहिलो पृष्ठमा निकै महत्वका साथ एउटा समाचार छाप्यो- खबरदार, फस्नुहोला नि! शीर्षकमा। समाचारमा भनिएको छ- ‘राजधानीमा जारी नाडा अटो सोको फाइदा उठाउँदै भारतमा समेत अस्वीकृत भएको ड्याट्सन गो गाडी नेपालमा बिक्री गर्ने प्रयास भैरहेको छ।’ समाचारमा ‘जापनी कम्पनी निसानले उत्पादन गरेको भनी प्रचार…


कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ मा फेरिएका ५ कुरा




२०७३ बैशाख ११ गतेदेखि नेपाल टेलिभिजनमा सुरु भएको लाइभ कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ मा सरकार परिवर्तनसँगै केही परिवर्तनहरु देखिएका छन्। कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ नेपाल टेलिभिजन र एनटिभी समाचारबाट हरेक शनिबार राति पौने ९ बजे ४५ मिनेट प्रसारण हुन्छ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छँदा सुरु भएको यो कार्यक्रम…


पत्रकार बन्न अब लिनुपर्ने छ लाइसेन्स, यस्तो छ प्रस्तावित पाठ्यक्रम




पत्रकारितालाई पेशा बनाउन चाहनेले अब प्रवेश परीक्षा उत्तीर्ण गरी प्रमाणपत्र अर्थात लाइसेन्स लिनुपर्छ भन्ने तपाईँलाई थाहा छ? प्रेस काउन्सिल नेपाल यसको अन्तिम तयारीमा जुटेको छ। २०७३ साउन २१ गते पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ ले प्रेस काउन्सिल नेपाललाई प्रतिवेदन बुझाउँदै पत्रकार योग्यता परीक्षणको व्यवस्था गर्न सिफारिस गरेको छ। प्रेस…