समाचार कसरी बनिरहेको छ विज्ञापन माग्‍ने हतियार?

काठमाडौंबाट प्रकाशित हुने प्रमुख दैनिक पत्रिकाहरूमा ९ माघ २०७३ देखि निरन्तर एउटा विज्ञापन छापियो, जसको शीर्षक थियो : ‘कतै तपाईंको नाङ्गो साबुनमा बोसो त छैन?’ सार्वजनिक हितका लागि भन्दै दिइएको यो विज्ञापन कसले गरेको हो भन्ने खुलाइएको थिएन। बोसो भएको नाङ्गो साबुन प्रयोग नगर्न प्रचारबाजी गर्नेको पहिचान नखुलेपछि नेपाली साबुन…


पत्रकार महासंघको राजनीतिका बुझ्‍नैपर्ने १० तथ्य

नेपाल पत्रकार महासंघको महाधिवेशन आउन चार दिनमात्र बाँकी रहँदा विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी छ। कसैले औपचारिक कार्यक्रम गरेर उम्मेदवारी दिएका छन् भने कतिपयले सोसल मिडियामार्फत नै उम्मेदवारी घोषणा गरेका छन्। म तपाईँलाई महासंघको २५ औँ महाधिवेशनको सन्दर्भमा यसभित्रको राजनीतिलाई छोटकरीमा बुझाउने कोसिस गर्छु। महासंघको आन्तरिक…


‘समाचारमा मोलमोलाइ’ बारेको छानबिन प्रतिवेदनले उब्जाएका प्रश्नहरू

पत्रकार, पत्रकारिता र मिडियासँग सम्बन्धित ससाना विषयमा पनि बोल्ने नेपाल पत्रकार महासंघ आफ्नै केन्द्रीय सदस्य समेत रहेका पत्रकार सुरज आचार्यले एक ग्यारेज सञ्चालकसँग समाचारमा मोलमोलाइ गरेको विषयमा लामो समय मौन बस्यो। स्टिङ अपरेसन सार्वजनिक भएको २७ दिनपछि बल्ल उसले मौनता तोडेको छ तर काइते भाषामा। समाचारमा मोलमोलाइबारेको मौनतामाथि प्रश्न गर्दै…


बीबीसीका पत्रकार कति कमाउँछन्? पहिलोपटक सार्वजनिक रिपोर्ट यसो भन्छ

नेपालमा सबैभन्दा बढी कमाउने मिडियाकर्मी को होला ? कुन टेलिभिजन होस्टले कति कमाउलान् ? नेपालका प्रमुख मिडियाका सम्पादकले वार्षिक कति पैसा बुझ्लान् ? सबैभन्दा बढी कमाउने रेडियो एङ्कर को होला? हाम्रा सन्दर्भमा यी प्रश्नहरू बेकारका पनि हुन सक्छन् किनभने हामीकहाँ न त सम्बन्धित मिडिया हाउसले यस्ता तथ्यांक सार्वजनिक गर्छन् न…


अनलाइन पत्रकार बन्‍न सिक्नैपर्छ यी १० सीप

म पनि अनलाइनमा काम गर्न चाहन्छु, मैले के गर्नुपर्छ? पढाइ सकियो, अब पत्रकारिता गर्नुपर्‍यो। लौ न कतै काम खोजिदेउ। म पनि अनलाइन सुरु गर्न चाहन्छु। लौ न आइडिया दिनुपर्‍यो। अनलाइनमा काम गर्ने कोही मान्छे छैनन्? राम्रो मान्छे खोज्दिनुपर्‍यो। अनलाइनमा काम गर्न जो पायो त्यसैले कहाँ सक्छ? एउटा कुरा जानेर हुन्छ…


पत्रकार बन्न अब लिनुपर्ने छ लाइसेन्स, यस्तो छ प्रस्तावित पाठ्यक्रम

पत्रकारितालाई पेशा बनाउन चाहनेले अब प्रवेश परीक्षा उत्तीर्ण गरी प्रमाणपत्र अर्थात लाइसेन्स लिनुपर्छ भन्ने तपाईँलाई थाहा छ? प्रेस काउन्सिल नेपाल यसको अन्तिम तयारीमा जुटेको छ। २०७३ साउन २१ गते पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ ले प्रेस काउन्सिल नेपाललाई प्रतिवेदन बुझाउँदै पत्रकार योग्यता परीक्षणको व्यवस्था गर्न सिफारिस गरेको छ। प्रेस…


प्रेस काउन्सिललाई कान्तिपुरले पढायो आचारसंहिताको पाठ, सोध्यो तीन प्रश्न

वरिष्ठ संगीतकार अम्बर गुरुङको मृत्युबारे ईकान्तिपुर डट कमले प्रकाशित गरेको एउटा समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपाल र कान्तिपुरबीच द्वन्द्व चर्किएको छ। उक्त समाचारबारे तीन दिनभित्र स्पष्टिकरण पेश गर्न काउन्सिलले पठाएको पत्रको जवाफ दिँदै कान्तिपुरले ‘अनावश्यक झन्झट दिने मनसायबाट स्पष्टीकरण सोधिएको’ आरोप लगाएको छ। काउन्सिलबारे केही समयअघि कान्तिपुरमा छापिएको एउटा…


शंकाको भरमा २० वर्ष कैदः कसरी खोजियो समाचार ?

रूपन्देहीमा बसेर १५ वर्षदेखि पत्रकारिता गरिरहेको मलाई ‘शंकाको भरमा २० वर्ष कैद’ भन्ने खोजमूलक समाचारले राजधानीमा समेत चर्चामा ल्याइदियो। दुई पटक मकवानपुर, दुई पटक रूपन्देही र एक पटक तम्घास पुगेर यो समाचार तयार गर्न पूरापूर चार महीना लागेको थियो। मुकेश पोखरेल– २०७२ पुसको अन्तिम साता खोज पत्रकारिता केन्द्र (खोपके) का…


पत्रकारको न्यूनतम पारिश्रमिकमा मिडिया सञ्चालकको रोइकराइ, यस्ता छन् पाँच तर्क

मिडिया सञ्चालकहरुका तीनवटा संस्थाले सरकारले निर्णय गरेबमोजिम पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न अनिच्छा देखाएका छन्। मिडिया सोसाइटी नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल र रेडियो ब्रोडकास्टर्स फोरमले बैशाख २४ गते विज्ञप्ति निकालेर न्यूनतम पारिश्रमिक लागू गर्ने सरकारको निर्णयबाट आफूहरु आश्चर्यमा परेको जनाएका छन्। कान्तिपुर दैनिकले यो समाचारलाई शनिबार पहिलो पृष्ठमा छापेको…


दीक्षित पक्राउ प्रकरणः कान्तिपुरले खोज्यो ‘चित्तबुझ्दो जबाफ’, अख्तियार आक्रोशित 

पत्रकार समेत रहेका साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित पक्राउबारे प्रकाशित सम्पादकीयको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कान्तिपुर दैनिकको कडा आलोचना गरेको छ। अन्य मिडियामा आएका सामग्रीको विषयमा समेत अख्तियारले आक्रोश व्यक्त गरेको छ। दीक्षितलाई पक्राउ गरिएको विषयमा सञ्चारमाध्यममा भैरहेका टिकाटिप्पणीप्रति आक्रोश व्यक्त गर्दै अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले सोमबार पाँच…


माछो माछो भ्यागुतो हुँदै छ ‘१९ हजार ५००’, यस्ता छन् कारण

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नयाँ वर्षदेखि श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिले दिएको प्रतिवेदनमा उल्लिखित पत्रकारका सेवा सुविधाहरु कार्यान्वयनमा ल्याउने बताएका थिए। तर प्रस्तावित न्यूनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ लागू हुनेमा शंका देखिएको छ। बैशाखको पहिलो साता जान लागिसक्दा पनि समितिले सिफारिस गरेको प्रतिवेदन सञ्चारमन्त्री राईले मन्त्रिपरिषद् बैठकमा…


चाबी बुझाउँछौँ भन्ने मिडिया मालिकको यसरी गरे पत्रकारले प्रतिवाद

न्युनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ कार्यान्वयन नगर्न सरकारलाई दबाब दिइरहेका मिडिया सञ्चालक र नेपाल पत्रकार महासंघका प्रतिनिधिबीच गत चैत २६ गते शुक्रबार सिंहदरबारमा बाझाबाझ भयो। सञ्चार मन्त्रालय श्रोतका अनुसार १९ हजार ५०० लागू गरे मिडिया उद्योग धरासायी हुने मिडिया सञ्चालकहरुले तर्क गरेपछि…


‘१९ हजार ५००’ मिडिया मालिकले नमान्ने, भन्छन्- कि बजेट देउ, नत्र चाबी लेउ

श्रमजीवी पत्रकारको प्रस्तावित न्युनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ कुनै पनि हालतमा नमान्ने मिडिया सञ्चालकहरुले घोषणा गरेका छन्। न्युनतम पारिश्रमिक निर्धारण समितिले प्रस्ताव गरेको न्युनतम पारिश्रमिक अहिलेकै अवस्थामा लागू गरेमा सरकारलाई मिडियाको चाबी बुझाउने चेतावनी पनि उनीहरुले दिएका छन्। सूचना तथा सञ्चार मन्त्रालयमा गत शुक्रबार सरकारले न्युनतम पारिश्रमिक निर्धारण समिति,…


समाचार छाप्न पैसा? पत्रकारितालाई व्यंग्य

नयनराज पाण्डेको कोसेलीमा प्रकाशित रिट शीर्षकको कथामा पत्रकारको प्रशंग पनि उल्लेख छ। फिल्मी पत्रिकाका केही सम्पादक र रिपोर्टरहरूलाई सिनेमाको नियमित समाचार छाप्नका लागि पैसा पनि बाँडिसकिएको थियो। एउटा साप्ताहिकमा निर्माताको अन्तर्वार्ता पनि प्रकाशित भइसकेको थियो। एकजना पत्रकारले समाचारको ठेक्का लिएका थिए। सिनेमाको समाचारका लागि यसरी ठेक्का दिने चलन अहिलेजस्तो त्यतिबेला…


पत्रकारको क्या प्रश्न ! मन्त्रीको क्या जबाफ ! लौ सुन्नुस् !

पत्रकारको काम नै प्रश्न गर्ने हो। हरेक पत्रकारका प्रश्न सोध्ने आआफ्नै तरिका हुन्छन् भने जबाफ दिनेका पनि आआफ्नै खुबी। पत्रकार नारायण वाग्लेको कुरा मान्ने हो भने एउटा पत्रकार तबसम्म पत्रकार भइरहनसक्छ जबसम्म उसँग प्रश्न गर्ने अधिकार रहन्छ। उनी भन्छन्, ‘प्रश्न गर्ने अधिकार रहेसम्म म पत्रकार हुन्छु। प्रश्नप्रतिको प्रेमले नै पत्रकार…


अख्तियार VS कान्तिपुरः यस्तो छ ट्विटर प्रतिक्रिया

कान्तिपुर दैनिकको सम्पादकीयलाई पीत पत्रकारिताको संज्ञा दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विज्ञप्ति निकालेपछि अख्तियारले आफ्नो सीमा नाघेको चर्चा हुँदैछ। कान्तिपुरको सम्पादकीयलाई ‘भ्रामक र दुराशयपूर्ण’ भन्दै उसले भनेको छ- ‘कान्तिपुरको पीत पत्रकारिताको आयोग भत्सर्ना गर्दछ।’ यसबारे विस्तृत सामग्री कान्तिपुरमाथि अख्तियारको आक्रमण, कसले भुल्यो भूमिका? अख्तियारले वा कान्तिपुरले? मा छ। अख्तियारको…


कान्तिपुरमाथि अख्तियारको आक्रमण, कसले भुल्यो भूमिका? अख्तियारले वा कान्तिपुरले?

२०७२ मंसिर १५ मा कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीयमा ‘गम्भीर ध्यानाकर्षण भएको’ जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कान्तिपुरले ‘पीत पत्रकारिता’ गरिरहेको आरोप लगाएको छ। सम्पादकीयलाई अख्तियारले ‘भ्रामक, दुराशयपूर्ण र एउटा संवैधानिक निकायको प्रतिष्ठा अवमुल्यन गर्ने रोगी मनोविज्ञानबाट अभिप्रेरित’ रहेको आरोप लगाएको छ। अख्तियारको वेबसाइट तथा फेसबुक पेजमा राखिएको विज्ञप्तिमा कान्तिपुरलाई धम्कीको शैलीमा…


फेक समाचारको फन्दाः यस्तो छ धन्दा

हिजोआज मानिसहरुले सामाजिक सञ्जालहरुमार्फत नयाँ नयाँ खबर थाहा पाउँछन्। त्यहाँ सेयर हुने लिंक क्लिक गरेर मानिसहरु समाचार सामग्री वा वेबसाइटहरुमा पुग्छन्। आफ्नो नेटवर्कमा रहेकाहरुले सेयर गरेका सामग्री टाइमलाइनमा देखिएपछि स्वभाविक रुपमा चासो हुन्छ, क्लिक गरिन्छ र पढिन्छ। तर सामाजिक सञ्जालमा सेयर भएका सबै कुरा सत्य हुँदैनन्। गएका केही दिन इन्टरनेट…


पत्रकार सुमन खरेल बिबिसीबाट बिदा, भन्छन्- ‘नाम कमाएँ, त्यही नै मेरो सन्तुष्टि हो’

‘सुमन खरेलबाट समाचार सुन्नुहोस्।’ अबदेखि बिबिसी नेपाली सेवामा पत्रकार सुमन खरेलको यो आवाज सुनिने छैन। उनले बिबिसीमा आफ्नो २३ वर्ष लामो यात्रा आजबाट टुंग्याएका छन्। उनले अन्तिम दिन अर्थात २०१५ अक्टुबर ३० को कार्यक्रम साँझपखमा सुरुमा विश्वसमाचार पढे, आफ्ना अनुभवहरु बाँडे र अन्तिममा पुनः विश्व समाचार पढेर बिबिसीबाट बिदा भए।…


मेडिकल शिक्षामा माफियाः यसरी गरियो खोज

ध्रुव पौडेलले बोलेका कुरा जस्ताको तस्तै दिएर मात्रै हाम्रो जिम्मेवारी पुरा हुँदैनथ्यो। हामीले उनले भनेका विषयलाई दोहोरो परीक्षण गर्‍यौँ। उनीसँगको कुराकानी र हामीले जुटाएका कागजात भिडाएर हेर्दा नेपालको मेडिकल शिक्षाको एउटा कुरुप तस्बिर देखियो। रामु सापकोटा- मेडिकल शिक्षामा माफियाकरणको विरोधमा डा. गोविन्द केसी छैठौँ पटक अनसनमा छन्। मेडिकल शिक्षामा माफियाकरण…


लौ आयो ताजाखबरः नामै नसुनेको अनलाइनले पछार्‍यो इकान्तिपुरलाई !

दुई वर्षअघि Alexa मा Yahoo लाई जित्दा अनलाइनखबरले हेडलाइन बनाएको थियो- ‘अनलाइनखबरले याहुलाई जित्यो’ (Page not found)। फेसबुकमा भने यो पोस्ट भेटियो। अनलाइनमा समाचार पढ्ने धेरैले नेपालमा सबैभन्दा ‘चर्चित’ न्युज पोर्टल अनलाइनखबरलाई नै मान्छन्। किनभने यो यो नेपालमा वेबसाइटमध्ये Alexa मा एक नम्बरमा छ। यो भन्दा अघि Facebook, Google, YouTube…


इकान्तिपुरको नयाँ साइटका सात समस्या

कान्तिपुर मिडिया ग्रुपले समाचार पोर्टल इकान्तिपुर डट कमको नयाँ डिजाइन गत मंगलबार मध्यरातमा सार्वजनिक गर्‍यो। अब यो समाचार पोर्टलबाट ‘एग्रिगेटर’ अर्थात विभिन्न साइटका समाचार एकै ठाउँमा देखाउने साइट बनेको छ। कान्तिपुर मिडिया ग्रुपअन्तर्गत रहेको कान्तिपुर डिजिटल कोर्पले दुई वर्षको ब्याकइन्ड रिसर्चपछि मुख्य साइट इकान्तिपुर डट कम र यसअन्तर्गत विभिन्न ७…


सूचनाको हकः एउटा अपुरो कथा

सूचनाको हकसम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा म पनि सहभागी छु। सम्मेलनको पहिलो दिन कुनैबेला सूचना लुकाउने मान्छे नै मञ्चमा अतिथिको आसनमा रहेको भन्दै मेरो नजिकै रहेका एक सहभागीले व्यंग्य गरे। उनको संकेत राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाप्रति थियो। उनको व्यंग्यले पहुँचमा रहेकाहरुले कसरी सूचना लुकाउँछन् भन्ने पुरानो एउटा केस…


रेडियो स्क्रिप्ट कसरी लेख्ने? शब्दले भाव र स्वरले भावना बोल्न सक्नुपर्छ

बैकुण्ठ ढकाल – रेडियोका स्रोता अब पहिलेजस्तो कमजोर छैनन्। उनीहरुको चेतनास्तर कार्यक्रम प्रस्तोता वा सञ्चालकको भन्दा पनि माथि छ। उनीहरु कार्यक्रम संचालकलाई घरैमा बसीबसी सुनेर सिकाउन सक्ने भएका छन्। त्यसो त सबै स्रोता सक्रिय छैनन्, प्रस्तोतासँग दोहोर सवाल जवाफ गर्न। फुर्सद पनि छैन स्रोतालाई सबै र पूरै कार्यक्रम सुन्न। भौगोलिक…


किन बटुल्दैछ कान्तिपुरले विद्यार्थीका मोबाइल नम्बर?

तपाईँलाई सुरुमै जानकारी दिउँ, २०७१ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशित गर्न स्वीकृति पाएका नौ वेबसाइट मध्ये कान्तिपुर पब्लिकेसन्सको इकान्तिपुर डट कम पनि एक हो। यसले नतिजा हेर्नका लागि छुट्टै पेज नै बनाएको छ। तर अचम्मको कुरा के छ भने अरु वेबसाइटमा रिजल्ट हेर्न परीक्षार्थीको सिम्बोल नम्बर भए पुग्छ तर इकान्तिपुरमा भने…


एभिन्युज वार्ताको अन्तरकथाः पत्रकारसँग कसरी झुके भाष्कर?

भन्नु परोइन, नेपाली मिडियामा ठूलो श्रम शोषण छ। त्यसो त समाजका सबै क्षेत्रमा यो समस्या छ तर मिडिया त्यस्तो क्षेत्र हो जहाँका कुरा निकै कम बाहिर आउँछन्। यसको एउटै कारण हो, नेपालका पत्रकार आफ्नैबारे बोल्न सक्दैनन्। तर यसपटक अलि नयाँ भयो, केही नौलो भयो। नेपाल पत्रकार महासंघले जेठ गते भूकम्पबाट…


जब विज्ञापन समाचार बन्छ र समाचार विज्ञापनः एक उदाहरण

पत्रपत्रिका हेर्नुस् कि समाचार देखिन्छ कि विज्ञापन। लेख पनि हुन्छन्, त्यसको कुरा नगरौँ। समाचार र विज्ञापनमा के फरक हुन्छ त्यसको चर्चा पछि गरौँला। आजको कुराकानीको विषय हो- के विज्ञापन समाचार बन्न सक्छ अनि समाचार विज्ञापन बन्न सक्छ? आज (२०७२ जेठ २१ गते बिहीबार) कान्तिपुरमा छापिएको एउटा विज्ञापनलाई उदाहरण मान्ने हो भने…


लौ, गृहमन्त्री ज्यूलाई पनि कुरीकुरी! प्रेस संयोजक विवादको भित्री कुरा यस्तो रहेछ

कुरो ठूलो होइन तै पनि कुरामा कुरा चलेपछि चुप लागेर बस्न सकिएन। केही दिनअघि एउटा ब्लगमा सूचना तथा सञ्चारमन्त्रीलाई कुरीकुरी गरेको आज गृहमन्त्रीलाई कुरीकुरी भन्नुपर्ने भयो। उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले कसैलाई पनि प्रेस संयोजक वा सल्लाहकार वा सहयोगीको रुपमा नियुक्त गरेका छैनन् रे। उनको निजी सचिवालयले जेठ १६ गते…


एभिन्युज टेलिभिजनको लाइसेन्स रद्द भएको छैन रे? कुरीकुरी मन्त्री ज्यू!

मैले थाहा पाएसम्म एभिन्युज टेलिभिजनको इजाजत रद्द भएको समाचार सबैभन्दा पहिला नेपालसन्देश डट कमले लेखेको थियो। समाचारको शीर्षक थियो- एभिन्युजको लाइसेन्स रद्द भएपछि भाष्कर रुँदै बालुवाटार। भाष्कर रुँदै गएका थिए/थिएनन् कि भाष्कर जानुन्, कि समाचार लेख्ने पत्रकार। समाचार सही/गलत के थियो भन्ने यो लेखको उद्देश्य पनि होइन। त्यसो त टेलिभिजनको…


पाँचौ सम्पादक कुर्दै नागरिक, राजीनामा दिएका प्रतीकको के छ प्लान?

एक महिनायता भूकम्प, परकम्प, उद्धार. राहत. हेलिकप्टर, कालिगण्डकी, पहिरोका आसपासमा नेपाली पत्रकारिता घुमिरहेको छ। आज अलि फरक समाचार लेखियोः नागरिकका प्रधान सम्पादक प्रतीक प्रधानद्वारा राजीनामा, नयाँ सम्पादक ‘डिसिजन भएको छैन’। राजीनामा दिनु र जिम्मेवारीबाट बिदा लिनु एउटै कुरा हुन् वा फरक छुट्याउने जिम्मा तपाईँको। खासमा ‘नागरिक’ का प्रधान सम्पादक प्रतीक…