Pahilopost

Pahilopost
Pahilopost

पहिलोपोस्ट डट कम बिजमान्डू प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।  यस प्रालिले आर्थिक मुद्दामा केन्द्रित समाचार पोर्टल बिजमान्डू पनि सञ्चालन गर्छ। सामाजिक-सांस्कृतिक मुद्दा, राजनीतिक गतिविधि, खेलकूद, विज्ञानप्रविधि, जीवनशैली र मनोरञ्जनसँग सम्बन्धित समाचार पहिलोपोस्टका प्राथमिकता हुन्।  यो पोर्टलको बेटा संस्करण २०७१ साउन १ गतेबाट सुरु भएको हो।

उमेश श्रेष्ठ
सम्पादक
युनिकोडमा आधारित नेपाली भाषाको पहिलो इन्डेपेन्डेन्ट समाचार पोर्टल परेवा डट कमका सम्पादक रहेका उनी ब्लगर सालोक्यका रुपमा पनि चिनिन्छन्। १० वर्षदेखि उनले सञ्चालन गर्दैआएको माइसंसार देशविदेशका पाठकमाझ परिचित छ। नागरिकन्युजको स्थापना कालदेखि चार वर्षसम्म उनी अनलाइन संयोजक थिए। त्यसपछि करिब एक वर्ष अन्नपूर्ण पोस्टको डेपुटी डिजिटल एडिटर भए। छापा पत्रकारितामा नयाँ सडक र स्पेसटाइम दैनिक, टेलिभिजन पत्रकारितामा च्यानल नेपाल र एभिन्युज टेलिभिजनको अनुभवसमेत हासिल गरेका उनी त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर हुन्।  editor@pahilopost.com

केपी ढुंगाना
कार्यकारी सम्पादक
​२०५८ बाट पत्रकारिता सुरु गरेका ढुंगाना सुरक्षा र संगठित अपराधको विषयमा दख्खल राख्छन्। २०६९ मा प्रकाशित अन्तरदेशीय अपराधमा आधारित उनको पुस्तक ओपन सेक्रेट ‘बेस्ट सेलर’ बनेको छ। २०६२/६३ सालको आन्दोलन ताका ‘हाम्रो ब्लग’ बाट ब्लगिङमा सक्रिय उनी यसअघि राजधानी दैनिक, नयाँ पत्रिका दैनिक, नागरिक दैनिक र कान्तिपुर दैनिकमा संलग्न भई काम गरिसकेका छन्। अनलाइन पत्रकार संघका संस्थापक अध्यक्ष पनि रहेका उनी पहिलोपोस्टमा मंसिर १६, २०७३ देखि आवद्ध छन्। kpdhungana@pahilopost.com

http://www.pahilopost.com/
4227212/ 014227242
Durbarmarg Kathmandu Nepal

Send Message to listing owner

Pahilopost