लोकमान नियुक्तिमा सर्वोच्चको आदेश र लडाकु शिविर अनियमितता छानविनः संयोग वा सम्बन्धित?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छिमेकी मुलुक भारतको चार दिने राजकीय भ्रमणमा छन्। ‘भारतसँग सम्बन्ध सुधार’ को मिसन बनाएर गत बुधबार छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली गएका प्रधानमन्त्री प्रचण्डले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटे। दुईजनाबीच भएका कुराकानी र दुई देशबीच भएका सहमतिबारे संयुक्त पत्रकार सम्मेलन गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल…


अनलाइन पत्रकार बन्‍न सिक्नैपर्छ यी १० सीप

म पनि अनलाइनमा काम गर्न चाहन्छु, मैले के गर्नुपर्छ? पढाइ सकियो, अब पत्रकारिता गर्नुपर्‍यो। लौ न कतै काम खोजिदेउ। म पनि अनलाइन सुरु गर्न चाहन्छु। लौ न आइडिया दिनुपर्‍यो। अनलाइनमा काम गर्ने कोही मान्छे छैनन्? राम्रो मान्छे खोज्दिनुपर्‍यो। अनलाइनमा काम गर्न जो पायो त्यसैले कहाँ सक्छ? एउटा कुरा जानेर हुन्छ…


इकान्तिपुरको नयाँ साइटका सात समस्या

कान्तिपुर मिडिया ग्रुपले समाचार पोर्टल इकान्तिपुर डट कमको नयाँ डिजाइन गत मंगलबार मध्यरातमा सार्वजनिक गर्‍यो। अब यो समाचार पोर्टलबाट ‘एग्रिगेटर’ अर्थात विभिन्न साइटका समाचार एकै ठाउँमा देखाउने साइट बनेको छ। कान्तिपुर मिडिया ग्रुपअन्तर्गत रहेको कान्तिपुर डिजिटल कोर्पले दुई वर्षको ब्याकइन्ड रिसर्चपछि मुख्य साइट इकान्तिपुर डट कम र यसअन्तर्गत विभिन्न ७…


सूचनाको हकः एउटा अपुरो कथा

सूचनाको हकसम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा म पनि सहभागी छु। सम्मेलनको पहिलो दिन कुनैबेला सूचना लुकाउने मान्छे नै मञ्चमा अतिथिको आसनमा रहेको भन्दै मेरो नजिकै रहेका एक सहभागीले व्यंग्य गरे। उनको संकेत राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाप्रति थियो। उनको व्यंग्यले पहुँचमा रहेकाहरुले कसरी सूचना लुकाउँछन् भन्ने पुरानो एउटा केस…


प्रेस काउन्सिलको वर्गीकरणमा १० पत्रिकालाई क प्लस, हुबहु घट्यो

प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष ०६९/०७० र ०७०/०७१ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरेको छ। हरेक वर्ष वर्गीकरणको नतिजा सार्वजनिक गर्ने र वर्गीकरणकै आधारमा लोक कल्याणकारी विज्ञापन दिने व्यवस्था भए पनि काउन्सिलले गत वर्ष नतिजा सार्वजनिक गरेको थिएन। यो वर्ष दुई आर्थिक वर्षको नतिजा एकैपटक सार्वजनिक गरिएको हो। ०६९/०७० मा…


फैलिँदै आन्दोलनको आगोः माउन्टेन टिभीका पत्रकारले सुझाए मालिकले याद गर्नुपर्ने ६ कुरा

एभिन्युज र हिमालय टेलिभिजनपछि पत्रकारको आन्दोलनको आगो माउन्टेन टेलिभिजनमा सल्केको छ। २०७२ असार ५ गते शनिबार नेपाल पत्रकार महासंघ माउन्टेन टेलिभिजन प्रतिष्ठान शाखाले माउन्टेन टिभीको सूचना पाटीमा सूचना टाँसी आन्दोलनका कार्यक्रम, माग र मिडिया मालिकले याद गर्नुपर्ने विषय सार्वजनिक गरेका छन्। एभिन्युज र हिमालय टिभीमा गत सोमबार अर्थात जेठ ३१…


एभिन्युजपछि हिमालय टिभीमा पनि पाँच बुँदे सहमति, महासंघको आन्दोलन स्थगित

अन्ततः हिमालय टेलिभिजनले पनि पत्रकारका पाँचवटै माग पुरा गर्‍यो। एभिन्युज टिभी र  हिमालय टिभीमा सँगसँगै आन्दोलन थालेको नेपाल पत्रकार महासंघले सहमतिपछि आन्दोलन तत्कालका लागि स्थगित गरेको छ। सहमति अनुसार हिमालय टिभीले २०७१ चैत महिनाको तलब पत्रकारलाई आजै दिएको छ भने बैशाख र जेठ महिनाको तलब एक साताभित्र दिनेछ। हेर्नुस् के…


पत्रकारलाई तलब नदिने एभिन्युज र हिमालय टिभीविरुद्ध आन्दोलन घोषणा

एभिन्युज टेलिभिजन र हिमालय टेलिभिजनले लामो समयदेखि पत्रकारलाई तलब नदिएपछि नेपाल महासंघले आन्दोलन घोषणा गरेको छ। महासंघको २०७२ जेठ ३१ गते बसेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। के के छन् त आन्दोलन? महासंघले प्रकाशित गरेको विज्ञप्तिः नेपाल पत्रकार महासंघ हिमालय टेलिभिजन र एभिन्यूज टेलिभिजन प्रतिष्ठान शाखामा लामो समयदेखि पत्रकार तथा कर्मचारीहरूले…


नेपाल पत्रकार महासंघको पाँचौं पूर्ण बैठकका निर्णयहरु

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक २०७२ जेठ ३० गते भूकम्पबाट अति प्रभावित जिल्ला सिन्धुपाल्चोकको चौतारामा सम्पन्न भएको छ। अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा सम्पन्न बैठकले महासंघको भावी कार्ययोजनासहित समसामयिक विषयमा महत्वपूर्ण निर्णयहरू सहित महासचिव उजिर मगरको महासंघको सांगठनिक र कार्ययोजना तथा कोषाध्यक्ष सूर्यमणि गौतमको आर्थिक प्रतिवेदन पारित…


प्रतीक प्रधान प्रधानमन्त्रीका प्रेस सल्लाहकार नियुक्त

प्रधानमन्त्री सुशील कोइरालाले विश्वास गर्नु भएकोमा कृतज्ञ छु । देश, जनता र लोकतन्त्रको हितमा सदा डटेर लाग्नेछु । सबैलाई हार्दिक धन्यवाद । — Prateek Pradhan (@prateekpradhan) June 5, 2015 प्रतीक प्रधानको ट्विट। पत्रकार प्रतीक प्रधान प्रधानमन्त्री सुशील कोइरालाको प्रेस सल्लाहकार नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले प्रधानलाई प्रेस सल्लाहकार…


जब विज्ञापन समाचार बन्छ र समाचार विज्ञापनः एक उदाहरण

पत्रपत्रिका हेर्नुस् कि समाचार देखिन्छ कि विज्ञापन। लेख पनि हुन्छन्, त्यसको कुरा नगरौँ। समाचार र विज्ञापनमा के फरक हुन्छ त्यसको चर्चा पछि गरौँला। आजको कुराकानीको विषय हो- के विज्ञापन समाचार बन्न सक्छ अनि समाचार विज्ञापन बन्न सक्छ? आज (२०७२ जेठ २१ गते बिहीबार) कान्तिपुरमा छापिएको एउटा विज्ञापनलाई उदाहरण मान्ने हो भने…


पत्रकारिताः पैसा, प्रश्न र पीडा

आज प्यूठानका पत्रकार एलबी थापासँग फेसबुकमा कुराकानी भयो। फेसबुकमा कसैसँग मैले गरेको व्यक्तिगत कुराकानीमा तपाईँलाई रुची नहुन पनि सक्छ तर यस्ता कतिपय व्यक्तिगत कुरा प्रेरक पनि हुन सक्छन्। उनको फेसबुक पोस्ट हेरेपछि मैले उनलाई केही प्रश्न गरेको थिएँ। उनले फेसबुकमा लेखे- पत्रकारिता पेसासँगै एउटा व्यवसाय पनि रोजेको छु। फ्लेक्स प्रिन्ट…


लौ, गृहमन्त्री ज्यूलाई पनि कुरीकुरी! प्रेस संयोजक विवादको भित्री कुरा यस्तो रहेछ

कुरो ठूलो होइन तै पनि कुरामा कुरा चलेपछि चुप लागेर बस्न सकिएन। केही दिनअघि एउटा ब्लगमा सूचना तथा सञ्चारमन्त्रीलाई कुरीकुरी गरेको आज गृहमन्त्रीलाई कुरीकुरी भन्नुपर्ने भयो। उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले कसैलाई पनि प्रेस संयोजक वा सल्लाहकार वा सहयोगीको रुपमा नियुक्त गरेका छैनन् रे। उनको निजी सचिवालयले जेठ १६ गते…


नयाँ पत्रिकामा ‘मिस्टर सोलमारी’ को कथा

यो कथा शुक्रबार (२०७२ जेठ १५) को नयाँ पत्रिका दैनिकमा छापिएको छ। कथामा कथावाचक बाहेक तीन जना मुख्य पात्र छन्। सुरुमा आउँछन् श्री सुब्बा। अर्थात नाम श्री र थर सुब्बा। यी पात्रले ‘भूकम्पसम्बन्धी पूर्वसूचना दिने यन्त्र आविष्कार गरेको’ भन्दै नयाँ पत्रिकामा फोन गरेछन्। ‘आउनुस्, म डेमोसहित तपाईंलाई यन्त्रबारे बताउनेछु।’ पत्रकारलाई…


विवादका बिच टिबिएनको अध्यक्षबाट आरके मानन्धरको राजीनामा

केही दिनअघि एउटा संस्थाले निकालेको विज्ञप्तिको आधारमा विभिन्न मिडियामा समाचार आयो- एभिन्युज टेलिभिजनको लाइसेन्स सरकारले रद्द गर्‍यो। यसरी विज्ञप्ति निकाल्ने संस्था हो- टेलिभिजन ब्रोडकास्टर्स नेपाल अर्थात छोटकरीमा टिबिएन। यसका बारेमा गुगल नगर्नुस् किनभने यसको वेबसाइट छैन र यसका बारेमा इन्टरनेटमा खासै जानकारी पाइँदैन। टिबिएनले जेठ १२ गते निकालेको विज्ञप्तिका अनुसार…


प्रधान सम्पादक बिदा भएको पाठकलाई पत्तो नदिने?

आजको कुराकानी पत्रकार दिनेश आचार्यको फेसबुक स्ट्याटसबाट सुरु गरौँ। उनले फेसबुकमा लेखेका छन्- गुणराज लुइँटेलले सम्पादन गरेको पहिलो दिनको नागरिक पढियो। आफ्नै नियुक्तिको समाचार पनि उनैले अवश्य हेरे होलान। तर त्यसमा अघिल्लो दिनसम्म को सम्पादक थिए? र कहिले छाडे? भन्ने समेत छैन। कृतघ्नताको पराकाष्ठा ! आजको कान्तिपुरको एभिन्युजन टिभीसम्बन्धी समाचारको…


एभिन्युज टेलिभिजनको लाइसेन्स रद्द भएको छैन रे? कुरीकुरी मन्त्री ज्यू!

मैले थाहा पाएसम्म एभिन्युज टेलिभिजनको इजाजत रद्द भएको समाचार सबैभन्दा पहिला नेपालसन्देश डट कमले लेखेको थियो। समाचारको शीर्षक थियो- एभिन्युजको लाइसेन्स रद्द भएपछि भाष्कर रुँदै बालुवाटार। भाष्कर रुँदै गएका थिए/थिएनन् कि भाष्कर जानुन्, कि समाचार लेख्ने पत्रकार। समाचार सही/गलत के थियो भन्ने यो लेखको उद्देश्य पनि होइन। त्यसो त टेलिभिजनको…


‘हामीले पत्रकारितामा धेरै कुरा ‘मिस’ गरेका छौँ, ती पुरा गर्ने रहर छ’

पत्रकार गुणराज लुइँटेल नागरिक दैनिकको सम्पादक नियुक्त भएका छन्। प्रधान सम्पादक प्रतीक प्रधानले सोमबार राजीनामा दिएपछि पाँचौ सम्पादकको पर्खाइमा रहेको नेपाल रिपब्लिक मिडिया प्रालिले लुइँटेललाई मंगलबार नागरिक दैनिकको सम्पादक नियुक्त गरेको हो। रिपब्लिक मिडियाद्वारा सञ्चालित नागरिकन्युज डट कमले ‘नेपाल रिपब्लिक मिडिया सञ्‍चालक समितिको बोर्डले उनलाई मंगलबार सम्पादकमा नियुक्त गरेको’ लेखेको…


पाँचौ सम्पादक कुर्दै नागरिक, राजीनामा दिएका प्रतीकको के छ प्लान?

एक महिनायता भूकम्प, परकम्प, उद्धार. राहत. हेलिकप्टर, कालिगण्डकी, पहिरोका आसपासमा नेपाली पत्रकारिता घुमिरहेको छ। आज अलि फरक समाचार लेखियोः नागरिकका प्रधान सम्पादक प्रतीक प्रधानद्वारा राजीनामा, नयाँ सम्पादक ‘डिसिजन भएको छैन’। राजीनामा दिनु र जिम्मेवारीबाट बिदा लिनु एउटै कुरा हुन् वा फरक छुट्याउने जिम्मा तपाईँको। खासमा ‘नागरिक’ का प्रधान सम्पादक प्रतीक…


Twitter Campaign #GrowUpNepaliMedia Goes Viral

Among many debates and discussions started after earthquake in Nepal, media is one. Initially Nepali tweeples criticized Indian media with hashtag #GoHomeIndianMedia because of their patriotic and sensational reporting during 2015 earthquake in Nepal. Later another discussion was started criticizing the Nepali media with hashtag  #GrowUpNepaliMedia. We have embedded the…