प्रहरीले शान्‍ति सुरक्षाभन्दा पनि बिचौलियाको काम गरिरहेको छ

कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला पन्त (१३) गत साउन ११ गते मृत भेटिइन्। बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो। औपचारिक समाचारहरू आए पनि लामो समयसम्म मिडियाहरूमा उक्‍त घटनाका पाटापक्ष केलाइएका रिपोर्टिङ पढ्न पाइएन। हाल नयाँ पत्रिका दैनिकको अनलाइन नयाँपत्रिका डेली डट कमका सम्पादकसमेत रहेका पत्रकार सरोजराज…


१० वर्षपछि कान्तिपुरमा नारायण वाग्लेको ‘कमब्याक’

के छन् चुनौती ? कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले ‘कान्तिपुर दैनिक’ को प्रधान सम्पादकमा पत्रकार नारायण वाग्लेलाई नियुक्त गरेको छ। प्रधान सम्पादक पदबाट सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गरी उक्त पदमा केएमजीले कान्तिपुरकै पूर्व सम्पादक वाग्लेलाई नियुक्त गरेको हो। नारायणलाई कान्तिपुर दैनिकसहित ‘नेपाल’ म्यागेजिनको पनि प्रधान सम्पादकको जिम्मेवारी दिइएको छ।…


संकटमा कान्तिपुर : प्रधान सम्पादकहरू सुधीर र अखिलेशले किन दिए एकैपटक राजीनामा ?

सम्पादकहरूको राजीनामाको खास कारण नखुल्ने हाम्रो मिडिया वृत्तमा पुनः एकपटक प्रश्न उठेको छ- मुलुकको सबैभन्दा ठूलो सञ्चारमाध्यम कान्तिपुर मिडिया ग्रुप अन्तर्गतका दुई पत्रिकाको एक दशक नेतृत्व गरेका प्रधान सम्पादकहरूले अचानक किन राजीनामा दिए ? मिडिया बजारको करिब एक साता लामो हल्लालाई सही साबित गर्दे अन्ततः मुलुकको ठूलो मिडिया हाउस ‘कान्तिपुर…


पत्रकार महासंघमा सिन्डिकेट : तीन दलको ह्‍विप लादेर समावेशीको नारा ?

महासंघमा राजनीतिको रोग यातायात क्षेत्रको ‘सिन्डिकेट’ तोड्न सरकारले भरमगदुर प्रयास गरिरहेका बेला पत्रकारहरूको छाता संगठन भनिने ‘नेपाल पत्रकार महासंघ’ मा दलीय सिन्डिकेटको नाङ्गो नाच देखिएको छ। सत्तारुढ नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा प्रतिपक्षी नेपाली कांग्रेस निकटका पत्रकारका संस्थाले आउँदो वैशाख २२ गते हुने महासंघको प्रदेश कार्यसमिति निर्वाचनमा अध्यक्षदेखि…


समाचारमा प्रशस्त मिसावट हुन्छ, जसको असर पाठकको दिमागमा पर्छ: ध्रुवहरि अधिकारीको अन्तर्वार्ता

‘सम्पादकले तलबका लागि पत्रकारितालाई तिलाञ्‍जलि दिए’ २००९ सालमा ओखलढुंगामा जन्मेका ध्रुवहरि अधिकारीले पत्रकारितामा ४० वर्ष बिताइसकेका छन्। गोरखापत्र, रोयटर्स, बीबीसी, न्यू योर्क टाइम्स, टाइम म्यागेजिन लगायत राष्ट्रिय/अन्तर्राष्‍ट्रिय समाचार संस्थामा विभिन्न भूमिकामा रहेर उनले काम गरेका छन्। लामो समय नेपाल प्रेस इन्स्टिच्युटमा पत्रकारिता पढाएका अधिकारी हाल समाचार पोर्टल लोकान्तर डट कमका…


नेपालको अदालत, मिडिया र नागरिक समाजको निष्पक्षता गायब भएको छ : युवराज घिमिरेको अन्तर्वार्ता #Video

के गोपाल पराजुलीलाई प्रधानमन्त्री केपी ओलीले बर्खास्त गरेका हुन् ? प्रधानन्यायाधीश गोपाल पराजुलीको ‘जन्ममिति/नागरिकता विवाद’, त्यसमाथि नेपाली मिडियाको कभरेज, कान्तिपुर पब्लिकेसन्स प्रालिविरुद्धको अदालतको अवहेलना मुद्दा र त्यसको सुनुवाई हुँदाहुँदै प्रधान न्यायाधीश पराजुलीको बर्खास्ती। अदालतको अवहेलना वा प्रेस स्वतन्त्रताको हनन ? राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाका वक्तव्यबाजी। कुटनीतिक नियोगको पनि चासो। विभाजित मिडिया…


सुमार्गीको धन : कान्तिपुर आक्रामक, अरु मिडिया किन मौन?

२०७४ माघ १२ : पछिल्लो दिनमा ‘कान्तिपुर’ ले फलोअप गरिरहेको एउटा विषयमा नेपालका अन्य मिडियाको आश्चर्यजनक मौनता देखियो। कान्तिपुरको ‘समाचार प्रभाव’ कै कारण उद्योगी अजेयराज सुमार्गीले विदेशबाट ल्याएको र ल्याउन लागेको अर्बौँ रुपैयाँका सम्बन्धमा छानबिन गर्नका लागि समिति गठन गर्न सरकार ‘बाध्य’ भइसक्दा पनि कान्तिपुर बाहेकका मिडियाका लागि यो समाचार बनेको…


सुमार्गीको समाचारमा ‘कान्तिपुर’ ले नाम लुकाएका उद्यमी को हुन् ?

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाले पुस २७ गते बिहीबार गरेको चियापान कार्यक्रममा जाँदा भृकुटीमण्डपमा भेटिएका एकजना आर्थिक पत्रकारले सोधे- ‘अनि आज कान्तिपुरको सप्लिमेन्ट हेर्नुभयो?’ ‘हँ !’, मनमनै गमेँ, ‘कान्तिपुरले आज केही विशेषांक निकालेको छ र?’ उनी मुसुक्क हाँसे र भने- ‘सुमार्गी विशेषांक !’ चिया गफमा रहेका सबैजना…


सुमार्गी VS सिरोहिया : जग्गा कारोबारदेखि अदालती वारसम्म

कान्तिपुरमाथि गाली बेइज्जती मुद्दा थाहा सञ्चार नेटवर्कका संस्थापक समेत रहेका उद्योगपति अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबीचको द्वन्द्व अदालतमा पुगेको छ। कुनैबेला व्यवसायिक सम्बन्धमा समेत रहेका सुमार्गी र सिरोहियाबीचको मनमुटाव अब अदालतमार्फत छिनोफानो हुने भएको छ। सुमार्गीले कान्तिपुर पब्लिकेसन्स प्रालि, अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया र…


कान्तिपुरका संस्थापक श्याम गोयन्का २५ वर्षपछि मिडियामा फर्कँदै

अन्‍नपूर्ण टुडे म्यागेजिनको अन्‍तिम अंकका लागि मैले कान्तिपुरका संस्थापक श्याम गोयन्कासँग लामो कुराकानी गरेको थिएँ, इन्टरनेटमार्फत। २९ वर्षको उमेरमा उनले कसरी कान्तिपुर स्थापना गरे र एक वर्ष नहुँदै उनी किन बाहिरिए भन्‍नेमा मूलतः मेरो चासो थियो। त्यसबाहेक उनी हाल कहाँ के गर्दै छन् र उनको भावी योजना के छ भन्‍नेमा कुराकानी…


समाचार कसरी बनिरहेको छ विज्ञापन माग्‍ने हतियार?

काठमाडौंबाट प्रकाशित हुने प्रमुख दैनिक पत्रिकाहरूमा ९ माघ २०७३ देखि निरन्तर एउटा विज्ञापन छापियो, जसको शीर्षक थियो : ‘कतै तपाईंको नाङ्गो साबुनमा बोसो त छैन?’ सार्वजनिक हितका लागि भन्दै दिइएको यो विज्ञापन कसले गरेको हो भन्ने खुलाइएको थिएन। बोसो भएको नाङ्गो साबुन प्रयोग नगर्न प्रचारबाजी गर्नेको पहिचान नखुलेपछि नेपाली साबुन…


सम्पादक पत्रकार हो, म्यानेजर होइन : युवराज घिमिरे

पत्रकार युवराज घिमिरे तीन दशकदेखि पत्रकारितामा छन्। राजधानीबाट प्रकाशित ब्रोडसिट दैनिकहरू ‘कान्तिपुर’, ‘नागरिक’, ‘अन्नपूर्ण पोस्ट्’ र ‘राजधानी’मा सम्पादक रहिसकेका उनले भारतका ‘टेलिग्राफ’, ‘आउटलुक’ र ‘इन्डिया टूडे’लगायत पत्रिकामा काम गरेका छन्। हाल भारतीय पत्रिका ‘इन्डियन एक्सप्रेस’का स्तम्भकार घिमिरेसँग सम्पादकको भूमिका र सम्पादकीय स्वतन्त्रतालगायत विषयमा रविराज बरालले गरेको कुराकानी : सम्पादक कस्तो भूमिका हो ?…


जुनियर रिपोर्टर र सम्पादक हुँदै मिडिया उद्यमी

२०४७/४८ सालतिर उनी गार्मेन्ट उद्योग खोल्ने योजनामा थिए । टिममा कुरा नमिलेर योजना अलपत्र परेको वेला सुने, काठमाडौं पोस्ट् शुरु हुन लागेको छ र योगेश उपाध्यायले सम्पादकीय जिम्मेवारी लिएका छन् । ‘तिमी किन पत्रकार बन्न चाहन्छौ, अंग्रेजीमा लेखेर ल्याऊ,’ थापाथलीमा सम्पादक उपाध्यायले भनेको सम्झँदै प्रतीक प्रधान भन्छन्, ‘त्यस्तो निबन्ध त के लेख्नु…


पत्रकार महासंघको राजनीतिका बुझ्‍नैपर्ने १० तथ्य

नेपाल पत्रकार महासंघको महाधिवेशन आउन चार दिनमात्र बाँकी रहँदा विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी छ। कसैले औपचारिक कार्यक्रम गरेर उम्मेदवारी दिएका छन् भने कतिपयले सोसल मिडियामार्फत नै उम्मेदवारी घोषणा गरेका छन्। म तपाईँलाई महासंघको २५ औँ महाधिवेशनको सन्दर्भमा यसभित्रको राजनीतिलाई छोटकरीमा बुझाउने कोसिस गर्छु। महासंघको आन्तरिक…


दैनिक पत्रिका छोडेर म्यागेजिन किन ? सम्पादक बसन्‍त बस्‍नेतसँग अन्तर्वार्ता

पत्रकार बसन्त बस्नेत अन्नपूर्ण मिडिया नेटवर्कको ‘अन्नपूर्ण टुडे’ म्यागेजिनको सम्पादक नियक्त भएका छन्। ‘कान्तिपुर’ दैनिकमा राजनीतिक सम्वाददाता रहेका उनले पछिल्ला वर्षहरूमा मुलतः मधेस बिटमा कलम चलाउँदै आएका थिए। ‘नागरिक’ दैनिक र ‘कान्तिपुर’ दैनिकमा उनका लामा समाचार र फिचर पाठकहरूले खुब रुचाएका थिए। अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरेको राजीनामासँगै…


‘समाचारमा मोलमोलाइ’ बारेको छानबिन प्रतिवेदनले उब्जाएका प्रश्नहरू

पत्रकार, पत्रकारिता र मिडियासँग सम्बन्धित ससाना विषयमा पनि बोल्ने नेपाल पत्रकार महासंघ आफ्नै केन्द्रीय सदस्य समेत रहेका पत्रकार सुरज आचार्यले एक ग्यारेज सञ्चालकसँग समाचारमा मोलमोलाइ गरेको विषयमा लामो समय मौन बस्यो। स्टिङ अपरेसन सार्वजनिक भएको २७ दिनपछि बल्ल उसले मौनता तोडेको छ तर काइते भाषामा। समाचारमा मोलमोलाइबारेको मौनतामाथि प्रश्न गर्दै…


देशान्तर साप्‍ताहिकका २ समाचारको चिरफार : न पत्रकार मर्यादामा, न निर्वाचन आयोग नै

निर्वाचन आयोगले ‘देशान्तर’ साप्ताहिकका प्रधान सम्पादकलाई समाचारको तथ्य प्रमाणसहित तीन दिनभित्र आयोगमा उपस्थित हुन आदेश दिएपछि क्षेत्राधिकार नाघेको भन्दै आयोगको आलोचना भएको छ। नेपाल पत्रकार महासंघसहितका पत्रकारसम्बद्ध संघसंगठनहरूले पत्रकारलाई समाचारको तथ्य प्रमाणसहित उपस्थित हुन आयोगले अदालतको शैलीमा दिएको आदेशको विरोध गरेका छन्। नेपाल पत्रकार महासंघले ‘प्रकाशित वा प्रसारित समाचारको विषयमा…


समाचारमा बार्गेनिङ : तैँ चुप मै चुप !

मनोवादः टेक,यो के गरिस?तेरा कारण पत्रकारितामा घुसलिनु वैध ठहर भो,महासंघमा घुस सदर नै रछ,थप जनअनुमोदित हुनेभो।सन्देश गयो-घुस स्वीकार्य छ,खाउ! — Teknarayan Bhattarai (@Teknarayan_) July 17, 2017 समाचारमा मोलमोलाइको विषयलाई नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल लगायत सरोकारवाला निकाय र व्यक्तिहरूले गम्भीरताका साथ लिइदिएको भए सम्भवतः पत्रकार टेकनारायण भट्टराईले ट्‍विटरमा यस्तो…


खोज पत्रकारिता गर्न चाहनुहुन्छ? यस्तो छ खोपकेमा ‘स्टोरी पिच’ गर्ने तरिका

पत्रकारहरुलाई थाहा भएकै हुनुपर्छ कि खोज पत्रकारिता गर्न इच्छुक उत्साही पत्रकारलाई खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले आर्थिक सहायता तथा सम्पादकीय परामर्श उपलब्ध गराउँदै आएको छ। बुधबार खोपकेका सम्पादक शिव गाउँलेले आफ्नो फेसबुकमा लेखे- ‘खोज पत्रकारिताः विषयवस्तुको छनौट, उत्पादन र प्रकाशन/प्रशारणमा हामी सहकार्य गर्न तयार छौँ।‘ उनले खोज पत्रकारिता केन्द्रको वेबसाइटबाट…


माउन्टेन टिभीले कामबाट निकालेका पत्रकारलाई न्यायः श्रम अदालतले गर्‍यो पुनर्बहालीको फैसला

माउन्टेन टेलिभिजनले जबर्जस्ती कामबाट निकालेका एकजना पत्रकारले न्याय पाएका छन्। श्रम अदालतले २०७२ असार ३१ गते जबर्जस्ती कामबाट निकालिएका क्यामेरा पर्सन भवानी शिलाकारलाई पुनर्बहाली गर्ने फैसला गरेको हो। शिलाकार माउन्टेन टेलिभिजनमा सिनियर क्यामेरा पर्सन पदमा कार्यरत थिए। शिलाकारलाई माउन्टेन टेलिभिजनमा तलब माग गर्दै भएको पत्रकारको आन्दोलनका क्रममा टेलिभिजनले निष्कासन गरेको…