‘आर्थिक अभियान’ ले भन्यो : ‘प्रिन्ट मिस्टेक हुँदा सम्पादकको नाम हट्यो’ #Update


अपडेट 

‘आर्थिक अभियान’ दैनिकको प्रकाशन संस्था न्यु बिजनेस एज प्रालिले भूलबस प्रिन्टलाइनबाट सम्पादकको नाम हटेको जनाएको छ। न्यु बिजनेस एज प्रालिका अध्यक्ष एवं प्रकाशक मदन लम्सालले सम्पादकलाई हटाएको वा उनले राजीनामा दिएको नभई प्रिन्ट मिस्टेक हुँदा नाम हटेको बताएका हुन्।

बिना जानकारी सम्पादकले नाम हटाइएकोबारे मिडिया कुराकानीको प्रश्नमा अध्यक्ष लम्सालले भने- ‘उहाँले राजीनामा दिनुभएको छैन र हटाइएको पनि छैन। प्रिन्ट मिस्टेक हुँदा नाम हट्यो होला। कहिलेकाहीँ गल्ती हुन्छ नि।’

यसअघिको सामग्री

‘आर्थिक अभियान’ को प्रिन्टलाइनबाट सम्पादकको नाम हट्यो, खनाल भन्छन्- ‘मलाई थाहै छैन’

आर्थिक अभियान दैनिकले सम्पादक अजयभद्र खनालको नाम प्रिन्टलाइनबाट हटाएको छ। उनी गत जेठ २३ गते ‘आर्थिक अभियान’ र ‘न्यु बिजनेस एज’ मासिक म्यागेजिनको सम्पादक नियुक्त भएका थिए। साउन १ गते मंगलबारबाटै उनको नाम पत्रिकाको प्रिन्टलाइनबाट हटेको छ।

सम्पादक नियुक्त गर्दा पहिलो पेजमा समाचार छापेको ‘आर्थिक अभियान’ ले सम्पादकले छोडेको वा हटाइएको समाचार भने कतै छापेको छैन। बिना जानकारी प्रिन्टलाइबाट सम्पादकको नाम हटाइएको हो।

खनाल सम्पादक हुँदा मिडिया कुराकानीको ट्विट

‘मेरो लागि पनि यो न्युज हो’

सम्पादक खनालले आफ्नो नाम प्रिन्टलाइनबाट हटाएको बारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए। ‘यो त मेरो लागि पनि समाचार हो, के कारणले नाम हट्यो मलाई नै थाहा भएन, मैले राजीनामा पनि दिएको छैन’, उनले मिडिया कुराकानीसँग भने।

हिजोसम्म ‘प्रधान सम्पादकः मदन लम्साल, सम्पादकीय निर्देशकः केशव गौतम, सम्पादकः अजयभद्र खनाल’ लेखिएको प्रिन्ट लाइनमा आज सम्पादकीय निर्देशक र सम्पादक दुबैको नाम हटाएर ‘न्यू बिजनेश एज (प्रा) लि.का लागि अध्यक्ष मदन लम्सालद्वारा सम्पादित एवम् प्रकाशित’ लेखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.