महासंघका केन्द्रीय सभासद कहाँ कति? प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसिएट अनुसारको विवरण


संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सात प्रदेशहरू रहे पनि नेपाल पत्रकार महासंघमा भने १० प्रदेश छन्। महासंघको सांगठनिक संरचनाअनुसार सदस्यहरूलाई १० वटा प्रदेशमा बाँडिएको छ। नेपालका ७ संघीय प्रदेशहरूसँगै काठमाडौं उपत्यकालाई आठौँ प्रदेश, प्रतिष्ठान शाखाहरूलाई नवौँ प्रदेश र एसोसिएटहरूलाई दशौँ प्रदेश नाम दिइएको छ। यी बाहेक ८ वटा वैदेशिक शाखा पनि छन्। यी सबैमा गरी नेपाल पत्रकार महासंघका १५१५ केन्द्रीय सभासदहरू छन् जसले महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान गर्छन्।

कुन प्रदेशमा कति छन् केन्द्रीय सभासद संख्या?

प्रदेश नम्बर १ का १४ जिल्लामा कूल १६१ केन्द्रीय सभासद् छन्। यो प्रदेशका सभासदले केन्द्रीय पदाधिकारी, खुल्ला तथा समावेशी केन्द्रीय सदस्य, लेखासमितिका उम्मेदवार र प्रदेश नम्बर १ का केन्द्रीय सदस्यका उम्मेदवारलाई मतदान गर्न पाउँछन्। यो प्रदेशमा ताप्लेजुङ ७, पाँचथर ८, इलाम १५, झापा २९, धनकुटा १५, सुनसरी २५, मोरङ २०, उदयपुर ९, भोजपुर ६, खोटाङ ५, संखुवासभा ४, तेह्रथुम ९, ओखलढुंगा ३ र सोलुखुम्बु ६ गरी कूल १६१ सभासद् छन्।

प्रदेश नम्बर २ का ८ जिल्लामा कूल ९६ केन्द्रीय सभासद छन्। यी सभासद्ले केन्द्रीय पदाधिकारी, खुल्ला तथा समावेशी केन्द्रीय सदस्य, लेखासमितिका उम्मेदवार र प्रदेश नम्बर २ का केन्द्रीय सदस्यका उम्मेदवारलाई मतदान गर्नेछन्। यो प्रदेशमा सप्तरी ११, सिरहा ११, महोत्तरी ५, धनुषा २१, सर्लाही ८, रौतहट ९, पर्सा १४ र बारा १७ गरी कूल ९६ केन्द्रीय सभासद् छन्।

प्रदेश नम्बर ३ का १० जिल्लामा कूल १४१ सभासद छन्। यी सभासद्ले केन्द्रीय पदाधिकारी, खुल्ला तथा समावेशी केन्द्रीय सदस्य, लेखासमितिका उम्मेदवार र प्रदेश नम्बर ३ का केन्द्रीय सदस्यका उम्मेदवारलाई मतदान गर्न पाउने छन्। यो प्रदेशमा काभ्रे १८, सिन्धुपाल्चोक १४, दोलखा १७, रामेछाप ७, सिन्धुली ६, मकवानपुर १३, चितवन २५, धादिङ २०, नुवाकोट १५ र रसुवा ६ गरी १४१ सभासद छन्।

प्रदेश नम्बर ४ का १० जिल्लामा कूल ११२ सभासद छन्। यी सभासद्ले केन्द्रीय पदाधिकारी, खुल्ला तथा समावेशी केन्द्रीय सदस्य, लेखासमितिका उम्मेदवार र प्रदेश नम्बर ४ का केन्द्रीय सदस्यका उम्मेदवारलाई मतदान गर्न पाउने छन्। यो प्रदेशमा बागलुङ २०, कास्की ३४, लमजुङ ९, तनहुँ १२, गोरखा ५, म्याग्दी ६, पर्वत १२, स्याङजा ५, मुस्ताङ ५ र मनाङ ४ गरी ४ नम्बर प्रदेशमा ११२ सभासद छन्।

प्रदेश नम्बर ५ का ११ जिल्लाका कूल १९२ सभासद्ले केन्द्रीय पदाधिकारी, खुल्ला तथा समावेशी केन्द्रीय सदस्य,लेखा समितिका उम्मेदवार र प्रदेश नम्बर ५ का केन्द्रीय सदस्यका उम्मेदवारलाई मतदान गर्न पाउने छन्। पाल्पा १२, अर्घाखाँची १४, नवलपरासी २०, रुपन्देही ३१, कपिलबस्तु १५, गुल्मी ८, दाङ २८, बाँके ३०, बर्दिया ९, प्युठान १३ र रोल्पा १२ गरी १९२ सभासद यहा छन्।

प्रदेश नम्बर ६ का १० जिल्लाका कूल ९५ सभासद्ले केन्द्रीय पदाधिकारी, खुल्ला तथा समावेशी केन्द्रीय सदस्य, लेखासमितिका उम्मेदवार र प्रदेश नम्बर ६ का केन्द्रीय सदस्यका उम्मेदवारलाई मात्र मतदान गर्न पाउने छन्। सल्यान ११, सुर्खेत १६, रुकुम १२, दैलेख ११, जाजरकोट ११, हुम्ला ५, जुम्ला ११, कालिकोट १०, मुगु ३, डोल्पा ५ गरी यो प्रदेशमा ९५ केन्द्रीय सभासद छन्।

प्रदेश नम्बर ७ का ९ जिल्लाका कूल ११३ सभासद्ले केन्द्रीय पदाधिकारी, खुल्ला तथा समावेशी केन्द्रीय सदस्य, लेखासमितिका उम्मेदवार र प्रदेश नं. ७ का केन्द्रीय सदस्यका उम्मेदवारलाई मात्र मतदान गर्न पाउने छन्। यो प्रदेशमा अछाम १७, कैलाली २२, कञ्चनपुर २८, डडेलधुरा १०, डोटी ७, बैतडी १०, बाजुरा ७, बझाङ ५, दार्चुला ७ गरी ११३ केन्द्रीय सभासद छन्।

महासंघले राजधानीका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरलाई प्रदेश नम्बर ८ मा राखेको छ। यी तीन जिल्लामा कूल २२९ सभासद छन्। उपत्यकातर्फका सभासद्ले केन्द्रीय पदाधिकारी, खुल्ला तथा समावेशी केन्द्रीय सदस्य, लेखासमितिका उम्मेदवार र प्रदेश नम्बर ८ उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) तर्फका केन्द्रीय सदस्यका उम्मेदवारलाई मात्र मतदान गर्न पाउने छन्। काठमाडौं १५१, भक्तपुर १६ र ललितपुर ६२ गरी प्रदेश नम्बर ८ मा २२९ सभासद छन्।

महासंघले प्रतिष्ठान शाखालाई प्रदेश नम्बर ९ मा राखेको छ। यहाँ काठमाडौंबाट सञ्चालित ४१ मिडिया हाउस पर्छन्। यहाँ २७७ सभासद छन्। प्रदेश नम्बर ९ (प्रतिष्ठान) तर्फका सभासद्ले केन्द्रीय पदाधिकारी, खुल्ला तथा समावेशी केन्द्रीय सदस्य, लेखासमितिका उम्मेदवार र प्रदेश नम्बर ९ प्रतिष्ठानतर्फका केन्द्रीय सदस्यका उम्मेदवारलाई मतदान गर्न पाउने छन्।

कुन मिडियामा कति सभासद?

गोरखापत्र १२

कान्तिपुर २२

हिमालय टाइम्स ४

कामना ५

राजधानी ६

हिमाल ६

नेपाल टेलिभिजन १३

रासस ४

रेडियो नेपाल ९

रेडियो सगरमाथा ३

मेट्रो एफएम ८

कम्युनिकेसन कर्नर ३

कान्तिपुर एफएम ६

कान्तिपुर टेलिभिजन ६

अन्नपूर्ण पोस्ट ९

दि हिमालयन टाइम्स ४

इमेज च्यानल ८

च्यानल नेपाल ६

नयाँ पत्रिका ६

नेपाल एफएम ४

गोरखा एफएम ४

एभिन्युज टेलिभिजन ४

मिडिया होम ५

स्वतन्त्र समाचार सेवा ७

आउटलाइन समाचार ३

सामुदायिक सूचना नेटवर्क ३

न्युज २४ टेलिभिजन ७

एन्टेना फाउन्डेसन ४

रेडियो मिर्मिरे १०

रेडियो राजधानी १०

कारोबार ७

एबीसी टेलिभिजन ६

नेपालवाणी नेटवर्क ४

जनसञ्चार १०

रिपब्लिक मिडिया ७

माउन्टेन टेलिभिजन १०

हिमालयन टेलिभिजन ५

मेरो एफएम ६

रेडियो थाहा सञ्चार १२

झिगु स्वनिगः शाखा ६

सौर्य शाखा ३

पत्रकारका विधागत संगठन/संस्था (एसोसिएट) लाई प्रदेश नम्बर १० अन्तर्गत राखिएको छ। ११ यस्ता संस्थासँग कूल ९१ सभासद छन्। यी सभासद्ले केन्द्रीय पदाधिकारी र एसोसिएटतर्फका केन्द्रीय सदस्य र लेखासमितिका उम्मेदवारलाई मात्र मतदान गर्न पाउने छन्। कुन एसोसिएटसँग कति सभासद?

चलचित्र समीक्षक समाज नेपाल ७

चलचित्र पत्रकार संघ १४

दक्षिण एसियाली पत्रकार संघ ५

पत्रकारिता विकास समाज ३

खेलकुद पत्रकार मञ्च १०

पत्रकारिता अनुसन्धान तथा तालिम समाज नेपाल ९

एभरेस्ट प्रेस क्लब ८

कार्टुनिस्ट क्लब नेपाल ५

अनलाइन पत्रकार संघ १२

फोटो पत्रकार क्लब नेपाल ७

पर्यटन पत्रकार मञ्च ११

नेपाल पत्रकार महासंघमा वैदेशिक शाखा पनि छन्। अहिले ८ मुलुकमा यस्ता शाखा छन्। यी शाखाका सभासद्ले केन्द्रीय पदाधिकारी, खुल्ला र समावेशी सदस्य तथा लेखासमितिका उम्मेदवारलाई मात्र मतदान गर्न पाउने छन्।

कुन देशसँग कति सभासद?

युएई १

कोरिया १

जापान १

कतार १

बेलायत १

युरोप १

कुबेत १

भारत १

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.