विज्ञापन ल्याउने समाचारपत्रको काइदा, यसरी झुक्यायो पाठकलाई


नेपाल समाचारपत्र दैनिकले भदौ १७ गते शुक्रबार पहिलो पृष्ठमा निकै महत्वका साथ एउटा समाचार छाप्यो- खबरदार, फस्नुहोला नि! शीर्षकमा।

Nepal Samachar Patraसमाचारमा भनिएको छ- ‘राजधानीमा जारी नाडा अटो सोको फाइदा उठाउँदै भारतमा समेत अस्वीकृत भएको ड्याट्सन गो गाडी नेपालमा बिक्री गर्ने प्रयास भैरहेको छ।’

समाचारमा ‘जापनी कम्पनी निसानले उत्पादन गरेको भनी प्रचार गरिएको ती कम्पनीका गाडी भारतमा बिक्रीवितरणमा रोक लगाइएपछि नेपालमा सस्तो मूल्यमा बिक्रीवितरण गरेको रहस्य खुलेको’ उल्लेख छ।

पढ्नुस् समाचारपत्रमा प्रकाशित समाचारः

Nepal Samachar patra Main News

क्रमशः…….

Nepal Samachar Patra news remain

तर भयो के भने यो समाचार छापेको पर्सीपल्ट अर्थात भदौ १८ गते आइतबार समाचारपत्रको पहिलो पृष्ठमा यही गाडीको ज्याकेट विज्ञापन छ। पहिलो पृष्ठ ढाकिने गरी पत्रिकामा आउने विज्ञापनलाई ज्याकेट विज्ञापन भनिन्छ।

हेर्नुस् विज्ञापनः

Nepal Samachar Patra Advertisement

अघिल्लो दिन फस्नुहोला भन्दै समाचार लेखेर भारतमा बेच्न रोक लगाइएका गाडी नेपालमा बेचियो भन्ने अनि दुई दिनमै त्यही गाडीको विज्ञापन पहिलो पेजमा छाप्ने?

समाचारपत्रले समाचार छाप्नु एक दिनअघि काठमाडौंबाट प्रकाशित केही दैनिक पत्रिकाहरुमा ड्याट्सन गो गाडीले ज्याकेट विज्ञापन दिएको थियो। तर त्यस दिन समाचारपत्रमा छापिएन। त्यसको भोलिपल्ट समाचारपत्रमा नकारात्मक समाचार छापियो र पर्सीपल्टै विज्ञापन पायो।

अब भन्नुस् कसले झुक्यायो? ड्याट्सन गो गाडीले कि नेपाल समाचारपत्रले?

10 Comments

  • दयाराम श्रेष्ठ (#)
    September 4th, 2016

    सवै पैसाकाे खेल रहेकाे देखियाे । विज्ञापन नपाएकाेले पैसाकाेलागि सत्य र सकारात्मक खवर छापियाे विज्ञापन पाएपछि राम्राे भनेर झुठ अनि पैसाकाे लागि विज्ञापन छापियाे । त्यसकाे अर्थ के बुझ्नु जरूरी छ भने बिज्ञापन झुठ हुन्छ र समाचार सहि भएकाे हुन्छ भन्ने कि

  • Baldev Bhatt (#)
    September 4th, 2016

    मिडियाका स्तर अनुसार यस्ता फण्डा सबैले प्रयोग गरेका छन । वास्तविक संञ्चार क्षेत्रमा काम गर्ने श्रमजिवीहरु त चटके बनेका छन , नेपालमा संञ्चार क्षेत्रको भुमिका कुनै बाह्य आक्रमण भन्दा कम खतरनाक छैन । बिज्ञापन निती छैन । बिज्ञापन संघ खोलिएको छ । बिज्ञापन एजेन्सी चलाएका छन सबै राष्ट्रप्रति गैर जिम्मेवार छन बिदेशी बिज्ञापनहरुको कपि गर्ने गुणस्तरहिन उत्पादनमा जिम्मेवार कलाकार आउनु नेपालमा भएका उत्पादनहरुलाई बिज्ञापन प्रसारक संघले ध्यान नदिनु,समाचारमा दलाली गर्नु सामाजिक अपराधका समाचारमा पनि पत्रकारले मोलमलाई गरेर प्रकाशित नगर्नु । राजनितिक पुर्वाग्रहले समाचार प्रसारण गर्नु लगायतका बिषय जसले समग्र क्षेत्रप्रतिको बेईज्जत गरेको छ । सबै सचेत समुदायले समाचार माध्यमको प्रभावकारिता आवश्यकताका बिषयमा सोच्नु आवश्यक छ । परिवार मात्र पाल्नका लागी ,आप्mनो सम्वृधीका लागी मिडिया चलाउनु भन्दा मःम पसल खोल्न लगाउनु उपयुक्त हुन्छ । त्यो लगानीलाई बैकल्पिक ठाउमा लगाउन सरकारले यस्ता संञ्चार माध्यमहरुलाई सिमित समय सिमा तोकेर बन्द गराउनु पर्छ ।

  • Bhanu Bhakta Acharya (#)
    September 5th, 2016

    नेपाली पत्रकारिताको एउटा निकृष्ट नमुना । यो खुलेआम ब्ल्याकमेलिङ हो, पत्रकारिता होइन । कहीँकतै नैतिकता भन्ने कुराको शेष बाँकी रहेछ भने यो समाचार लेख्ने, लेख्न लगाउने र सम्पादक भइखाएकाहरुले तत्कालै राजीनामा गरेहुन्छ । यो भण्डाफोर गर्ने रविराज भाइलाई धेरै धन्यवाद । यो समाचारलाई सकेसम्म बढी सेयर गरौं, मालिकहरुलाई पत्रकारिताको न्यूनतम मर्यादाका लागि सचेत हुन दबाब दिऔं । प्रेस काउन्सिलको पनि ध्यानाकर्षण होस् र यस्तो ब्ल्याकमेलिङ रोक्ने पहल गरोस् ।

  • Ojash (#)
    September 5th, 2016

    यो ४२० काम हो। यस्तो पत्रिकालाई बहिस्कार गरौँ।

  • Subigya (#)
    September 5th, 2016

    ज्याकेट विज्ञापन देखिएन नि | Picture load भएन जस्तो छ | मिलाउन मिल्छ होला? “हेर्नुस् विज्ञापनः” पछि केहि पनि picture देखिएन त |

    • Media Kurakani (#)
      September 6th, 2016

      ठूलो फाइल भएकाले अलिकति ढिला लोड हुन्छ। धन्यवाद।

  • darshan chhetry (#)
    September 5th, 2016

    पैसाका लागि मरिहत्ते।

  • Ram (#)
    September 5th, 2016

    Lack of professnalism

  • Yamu (#)
    September 5th, 2016

    राम्रोसँग पढ्नुस्। त्यसमा माथि भनेको गाडीको मोडेल र तल विज्ञापन गरेको मोडेल फरक छ। त्यति पनि पढ्न जान्नु हुन्न?

  • Sagar Tuladhar (#)
    September 7th, 2016

    विज्ञापन दियो भन्दैमा नराम्रोलाई राम्रो भन्नु पर्ने हो र ? विज्ञापन भनेको नराम्रो चिजलाई पनि छाँटकाट गरेर राम्रो देखाउँछ, र त्यसमा प्रसार गर्ने संस्थाको आम्दानी बाहेक कुनै सम्बन्ध हुन्दैन होला । चुरोटको विज्ञापन गरेर पनि त्यसलाई हानिकारक छ भनी समाचार दिईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *